Date
मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026

लागूऔषध कारोबारमा संलग्न ५ जना पक्राउ

spot_img
spot_img

सिरहा । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।  सिरहा प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै खैरे हिरोइन र नगदसहित पक्राउ परेका ५ जनालाई सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार  पक्राउ पर्नेमा लहान नगरपालिका–१२ का ३२ वर्षीय दिनेश कुमार यादव र उनकी बहिनी २६ वर्षीया किरण कुमारी यादव रहेका छन् । यस्तै बरियारपट्टी गाउँपालिका–३ का २० वर्षीय कृष्ण कुमार यादव, १९ वर्षीय निरज राय र सिरहा नगरपालिका–२ का ४५ वर्षीय संजय कारक रहेका छन् ।

उनीहरूको साथबाट लागूऔषध खैरे हिरोइनसहित ७० लाख ५३ हजार ६५५ रुपैयाँ नेपाली र ३५ हजार ७८० भारती रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । 

उनीहरूमाथि अदालतबाट म्याद थप गरी मुद्दा पक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

स्थानीयको विरोधपछि चार वर्षदेखि थुनिएको पानीको निकास खुलाइयो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २५ र २६ अन्तर्गतका अठराहा, सुगौली, बहुअरी, अलौललगायत क्षेत्रको चार वर्षदेखि अवरुद्ध पानी निकास खुलाइएको छ। स्थानीयवासीले विरोध...

मुआब्जा नपाएको भन्दै श्रीसियाका स्थानीयले बुझाए ज्ञापनपत्र

वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ श्रीसियाका स्थानीयवासीले ड्राइपोर्ट निर्माणका क्रममा अधिग्रहण गरिएको जग्गा तथा त्यसमा रहेका भौतिक संरचनाको बाँकी मुआब्जा र क्षतिपूर्ति तत्काल उपलब्ध गराउन...

सिम्रौनगढबाट दुईथान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक पक्राउ

बारा । बाराको सिम्रौनगढबाट सशस्त्र प्रहरीले दुई थान कटुवा पेस्तोल र ५ राउन्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–२ अमृतगञ्जका अन्दाजी...