Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

अपराध र भ्रष्टाचारविरुद्ध नागरिक सचेत हुनुपर्नेमा जोड

spot_img
spot_img

ओमप्रकाश चौधरी/
सेढवा । मुख्यन्यायाधिवक्ता सुरेन्द्र कुमार महतोले समाजमा मौलाउँदै गएका अपराध र भ्रष्टाचारविरुद्ध नागरिक आफैं सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका छन् । पर्साको जिराभवानी गाउँपालिकामा आयोजित ‘समुदायमा मुख्यन्यायाधिवक्ता संवाद कार्यक्रम’मा बोल्दै मुख्यन्यायाधिवक्ता महतोले वर्तमान संविधान र कानून नागरिककै प्रतिनिधित्वमा बनेको स्मरण गराउँदै कानूनभन्दा बाहिर गएर गरिने कुनै पनि कार्य आपराधिक हुने र त्यसलाई कानुनी कारबाहीको दायरामा ल्याउन नागरिक स्वयंले पनि भूमिका खेल्नुपर्ने बताए ।

उनले बालविवाह, दाइजो प्रथा, महिला हिंसा, छुवाछूत, भ्रष्टाचार र घूसप्रथाजस्ता सामाजिक कुरीति र आपराधिक गतिविधिहरू अझै पनि समुदायमा विद्यमान रहेको उल्लेख गर्दै यस्ता घटनालाई लुकाएर राख्नुको सट्टा न्यायालयसम्म पु¥याउनु नागरिकको दायित्व भएको प्रष्ट पारे ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, जनप्रतिनिधि तथा स्थानीय नागरिकहरूले समुदायमा भइरहेका आपराधिक गतिविधिहरूप्रति चासो व्यक्त गर्दै न्यायालयको प्रक्रिया, पहुँच र भूमिकासम्बन्धी विभिन्न जिज्ञासाहरू राखेका थिए । सहभागीहरूलाई न्यायप्रणाली, कानुनी अधिकार र दायित्वबारे जानकारी गराउँदै सरोकारवालाहरूले समृद्ध र न्याययुक्त समाज निर्माणमा सबैको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।

मधेश प्रदेश, जनकपुरधामस्थित मुख्यन्यायाधिवक्ताको कार्यालयको आयोजनामा र जिराभवानी गाउँपालिकाको सहआयोजनामा सम्पन्न उक्त कार्यक्रममा वीरगंज जेसिसको समन्वय रहेको थियो । कार्यक्रममा सहायक न्यायाधिवक्ता मनोहर लम्साल, प्रदेश कानूनी सहायता अधिकृत दिव्या सिंह र उपेन्द्र साह, सहायक रुबी कुमारी मेहता, कम्प्युटर अपरेटर चन्द्रदिय गोइत लगायतको सहजीकरण रहेको थियो ।

मुख्यन्यायाधिवक्ता महतोको अध्यक्षतामा भएको कार्यक्रममा जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरी, वडाध्यक्षहरू रामशरण ख्वास थारु, महादेव महतो थारु, सुरज राय थारु, दारा सिंह राउत लगायतको सहभागिता रहेको थियो ।

जिराभवानी गाउँपालिका वडा नं ३ स्थित विवाह मण्डपमा सम्पन्न कार्यक्रममा बीरगंज जेसिसका अध्यक्ष एवं गाउँपालिकाका बोर्ड सदस्य सरोज चौरसियाले स्वागत मन्तव्य दिएका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...