Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026
Home Blog Page 318

पशु कार्यालय संचालन रहेकाे भवन भत्काउन नदिने स्थानियमाथि प्रहरी ज्यादती

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका-२ गदियानी स्थित संचालनमा रहेको पशु उपशाखाको भवन प्रहरीले डोजर लगाएर भत्काएको छ । शनिबार एकाविहानै इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक राजन ढकाल नेतृत्वको टोली भवन भत्काउने क्रममा स्थानीयले प्रतिकार गर्दा झडप भएको थियो ।

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीले त्यहाँ स्थित घरघरमा प्रवेश गरेर महिला, वृद्धवृद्धाहरुलाई अन्धाधुन्ध लाठी प्रहार गरेको स्थानीयहरुको आरोप छ । प्रहरीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीय गाउँबासीहरुले रोक्न खोज्दा प्रहरीसँग झडप भएको थियो । झडपको क्रममा प्रहरीले स्थानीयबासीमाथि लाठी चार्ज गर्दा २ जना घाइते समेत भएका थिए ।

गाउँपालिका कार्यालयसंग समन्वय नगरी शनिबार बिहान अचानक डोजर लिएर आएको प्रहरीले गुण्डागर्दी शैलीमा भवन भत्काइदिएको क्लबका सचिव उमाशंकर साहले वताए । उनका अनुसार भवन भत्काउन डोजरसहित आएको प्रहरीलाई गाउँका स्थानीय महिला, पुरुष, बृद्धबृद्धाले प्रतिकार गर्न खोज्दा प्रहरीले अन्धाधुन्द लाठी प्रहार गर्नुको साथै घरघरमै पसेर प्रहरीले महिलालाई कुटपिट गरेको थियो ।

पुरुष प्रहरीले घरघरमै पसेर महिलाहरुलाई कुटपिट गरेको जानकारी पाउनासाथ कालिका टाइम्सका प्रबन्ध निर्देशक एवं रेडियो पोखरियाका अध्यक्ष छठु साह घटनास्थल पुगेर भिडियो बनाउन खोज्दा प्रहरी उनीमाथि नै जाइलागेको थियो । प्रहरीले गुण्डागर्दी शैलीमा सञ्चारकर्मी साहलाई पक्राउ गर्नु साथै दुर्ब्यवहार समेत गरेकाे थियाे ।

त्यतिमात्रै नभई इन्सपेक्टर ढकाल कै निर्देशनमा प्रहरीले सञ्चारकर्मी साहलाई अमानवीय तरिकाबाट लक्षारपक्षार गर्दै पक्राउ गर्नुकाे साथै दिनभरी नियन्त्रणमा लिएर छाडेकाे थियाे । साे क्रममा पत्रकार साहकाे माेबाइल समेत फुटेकाे छ भने उहाँकाे हाथ चाेट लागेर घाइते हुनु भएकाे छ । प्रहरीले पत्रकार साहमाथि गरेकाे दुर्ब्यवहारकाे भिडियाे अहिले समाजिक संजालमा भाइरल बनाइएकाे छ ।

इन्स्पेक्टर ढकालले वडाध्यक्ष एवं विपक्षी दलका नेताहरुको प्रभावमा परि साहमाथि निर्मम तरिकाले रिसिबी साधेको स्थानीयहरुको भनाई छ । १५ बर्ष अघि गदीयानीस्थित सार्वजनिक पोखरीको डिलमा तत्कालीन सात दलको निणर्यमा स्थानिय गैर सरकारी संस्था ब्रिलिएन्ट युवा क्लबले आफ्नाे कार्यालय संचालनका लागि एक तल्ले भवन बनाएको थियो ।

भवन निर्माण भएलगत्तै स्थानीय राजुल सहनीले सार्वजनिक जग्गामा भवन निर्माण गर्ने ब्रिलिएन्ट युवा क्लबविरुद्ध पर्सा जिल्ल अदालतमा मुद्दा दिएका थिए । उक्त मुद्दामा जिल्ला अदालतले क्लबको पक्षमा फैसला गरेपछि फैसला विरुद्ध सहनीले तत्कालीन पुननरावेदन अदालत हेटौंडामा पुनरावेदन गरेका थिए । पुनरावेदन अदालतले भने जिल्ला अदालतको फैसला उल्ट्याँउदै सहनीको पक्षमा फैसला गरेपछि क्लब सर्वोच्च अदालतमा पुगेको थियो । तर सर्वोच्च अदालतले भने पुनरावेदन अदालतको फैसलालाई सदर गर्दै सार्वजनिक पोखरीको जग्गामा बनाइएको उक्त भवन भत्काएर सार्वजनिक कायम गर्न फैसला गरेको थियो ।

त्यसपछि क्लबले उक्त भवन गाउँपालिकालाई जिम्मा लगाएको थियो । क्लबले जिम्मा लगाएपछि गाउँपालिकाले पालिकास्तरीय निणर्य गरेर उक्त भवनमा कृषि तथा पशु उपशाखाकाे कार्यालय संचालनमा ल्याएकाे थियो । यसका साथै गाउँपालिका अध्यक्ष वशिष्ठ गुप्ताले भवन पालिकाको स्वामित्वमा आइसकेकाले पालिकाले आफ्नो संरक्षणमा राखेर पशु तथा कृषि उपशाखा कार्यालय संचालनमा ल्याएको जानकारी सहितको निवेदन पर्सा जिल्ला अदालतमा दिएका थिए । तर शनिबार ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक ढकाल नेतृत्वको टोलीले डोजर लगाएर भवन भत्काउने क्रममा स्थानीयले प्रतिवाद गरेपछि प्रहरीसँग झडप भएको हो । 

प्रहरीले सिडियाे कार्यालयकाे निर्देशन भन्दै भवन भत्काउन आफुहरु पुगेकाे वताएकाे थियाे । प्रहरीसंग भवन भत्काउन अदालत वा सिडियाे कार्यालयकाे पत्र माग्दा देखाउन मानेकाे थियाे । पर्सा जिल्ला अदालतले स्थानिय तहकाे समन्वयमा साे भवन बारे निर्णय लिन जिल्ला प्रशासन कार्यालयलाई पत्रचार गरेपनि पर्साका सिडियाे दिनेश सागर भुषालकाे एकल निर्देशनमा भवन भत्काउन खाेज्दा विवाद भएकाे हाे ।

गाउँपालिका अध्यक्ष बशिष्ठ गुप्ताले भने पालिकासँग कुनै समन्वय नै नगरी जिल्ला प्रशासन कार्यालयले प्रहरी पठाएर जबरजस्ती भवन भत्काएको बताए । उनले गाउँपालिकाको स्वामित्वमा रहेको भवन भत्काउनु पूर्व पालिकामा कुनै पनि निकायबाट पत्रसमेत नआएको र आधिकारीक रुपमा खबर पनि नगरिएको बताए ।

पशु कार्यालय संचालनमै रहेको अवस्थमा प्रहरीले डोजर लगाएर भवन भत्काउँदा भवनभित्र रहेका फर्निचर, उकरण, औषधी लगायतका गरि करिब १० लाख रुपैयाँको क्षति भएको छ । शुक्रबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले आफूलाई बोलाएर छलफल गर्ने क्रममा आफूले उक्त भवन नभत्काउन आग्रह पनि गरेको भन्दै गुप्ताले छलफलमा सिडिओ साबले अदालतको फैसला कार्यान्वयन गर्नपर्छ भनेपछि पालिकासँग समन्वय गरेर मात्रै अगाडि बढ्न आग्रह गर्दा पनि शनिबार बिहान आफूलाई जानकारी नै नदिई अचानक प्रहरी र डोजर पठाएर भवन भत्काउन लगाएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी भुसालले भने आफूले अदालतको फैसला कार्यान्वयन गर्न मात्रै लगाएको बताए । सार्वजनिक पोखरीको जग्गा पूर्ववत् अवस्थामै कायम गराउनु भन्ने सर्वोच्च अदालतको फैसला आएको र सर्वोच्चको उक्त फैसला कार्यान्वयन गराउन शनिबार प्रहरी र डोजर पठाएर भवन भत्काइएको बताए । उनका अनुसार पालिका अध्यक्षलाई बोलाएर छलफल गरि सर्वोच्च अदालतको निणर्यमा बाधक नबन्नु भन्दा पुनरविचार गर्नुहोला भनेर गएको बताए । तर प्राप्त जानकारी अनुसार सिडियाे भुषालले राजनीतिक दबावमा आएर एकल निर्णय लिएकाे बुझिएकाे छ । उनले गृह मन्त्रालयकाे निर्देशन अनुसार भवन भत्काउनु परेकाे वताएका छन् ।

यस्तो छ भेरी अस्पताल भ्रष्टाचारको नालिबेली : हाकिमको आशिर्वाद पछि भ्रस्टाचार र ब्रह्मालुट

नकुल खत्री/

नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा औषधिजन्य लगायत स्वास्थ्य सामाग्री र फर्निेचरको सामान खरिद गर्दा कर्मचारीहरुले ‘सेटिङ’ मिलाएर आर्थिक अनियमितता गरेको पाइएको छ ।

फार्मसी शाखामा कार्यरत कर्मचारीहरु फार्मेसी प्रमुख (सातौं तह) पदम अर्याल, फार्मेसी सुपरभाइजर निरीक्षक (छैठौं तह) अभिनाष गुप्ता र फार्मेसी सुपरभाइजर दिनेश नेपालीले सबै ‘‘सेटिङ’ मिलाएर अस्पतालको करोडौं रकम हिनामिना गरेको खुलासा भएको हो ।

उनीहरुले खरिद नै नगरको सामानको बिल बनाउने गरेको र खरिद गरेको सामाग्रीहरु पनि तोकिएको मापदण्ड भन्दा निम्नस्तरको हुने गरेको बताइन्छ ।

यस आर्थिक वर्षमा खरिद गरेको ६ करोड मूल्य बराबरको औषधि लगायतका स्वास्थ्य तथा फर्निचरका सामाग्रीमा ठूलो रकम अनियमितता भएको स्रोत बताउँछ ।

यही असार मसान्तमा भुक्तानी गर्ने गरी भएको सो खरिद प्रक्रियामा यी तीन कर्मचारीका साथै मेडिकल सुपरिटेन्डेन्ट पवनजंग रायमाझी र लेखा अधिकृत नारायण लम्साल समेत जोडिएको बुझिएको छ ।

हाकिमको आशिर्वाद र राम्रा साथ पाएपछि उनीहरुले राष्ट्रको ढुकुटीमा ब्रह्मालुट नै मच्चाएका छन् ।
खरिद प्रक्रियाको कानूनी मार्गलाई लत्याउँदै उनीहरुले स्वइच्छाचारी रुपमा ६ करोड रुपैयाको औषधिजन्य सामाग्री र १ करोडको फर्निचर खरिद गरेका छन् । सो क्रममा उनीहरुले सामान खरिद गर्दा ६० प्रतिशत सामान आफन्तको फर्मबाट खरिद गरेको पाइएको छ ।

सरकारी कर्मचारी समेत रहेकी गुप्ताको पत्नी र दाजु सुधिर गुप्ताले सञ्चालन गरेको ३ वटा सर्जकिल फर्म श्रीराम सर्जकिल, राम मेडसिन र एसएस ग्रुप नेपालगञ्जमा सञ्चिालित छन् ।
त्यसैगरी मष्टिी फर्मा प्राली, डाइनामकि टेक्नोलङ्कि, वमिशिा मेडसिनि डष्ट्रिब्यिूटर्स, आरोग्य सर्जकिल, हाम्रो सर्जकिल हाउस र प्राससि मेडसिनिलगायतका फर्ममध्ये अधकिांशमा नेपाली र गुप्ताको शेयर रहेको बुझएिको छ । त्यसैले उनीहरुले यही फर्महरुबाट औषधि र सर्जकिल सामग्री अस्पताललाई खरदि गरेको देखन्छि ।
करोड रुपैयाँ माथिको कुनै पनि सामग्री खरिद गर्दा राष्ट्रिय स्तरको पत्रपत्रिकामा र कार्यालयको वेभसाइटमा टेण्डर प्रकृया मार्फत गर्नुपर्नेमा त्यसो समेत नगरेको स्रोतले बतायो ।

त्यसैगरी उनीहरुले अस्पताल विकास समितिलाई समेत कुनै जानकारी नगरी गोप्य तरिकाले आर्थिक अपचलन गर्ने नियतले काम गरेको पाइएको हो ।

अस्पतालमा यतिठूलो अनियमितता हुँदा समेत अस्पतालका मे.सु. रायमाझी मौन समर्थनमा रहनु र लेखा अधिकृत लम्सालले अवैध तरिकाले भएको खरिद प्रक्रियालाई सदर गर्दै जानुले आम जनमानसमा आशंका उब्जिएको छ ।

किन भने सर्जिकल सामान र औषधि खरिद गर्दा मेसु र लेखाअधिकृतको अनिवार्य राय आवश्यक पर्छ भने उनीहरुको सहमति बिना औषधिजन्य सामग्री खरिद गर्न सकिदैन ।
यस कारण खरिद प्रक्रियामा मेसु र लेखा अधिकृतको संलग्नताको पनि पुष्टि गर्दछ ।

सरकारी जिन्सी तथा सामाग्रीहरु खरिदा गर्दा आर्थिक कार्यविधि ऐन र खरिद ऐन बमोजिम गर्नु पर्ने व्यवस्था रहेको छ । सो व्यवस्थालाई लत्याएर स्वइच्छाचारी रुपले खरिद गरी कुनै पनि प्रकारको अनियमितता गर्ने छुट कसैलाई पनि नभएको हुँदा यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका अधिकार प्राप्त निकायबाट छानबिन गरी दोषि उपर कडा कारवाही गर्नु पर्ने माग यस क्षत्रका जनताले गरेका छन् ।

चितवनका सरकारी अस्पतालको स्वास्थ्य मन्त्री यादवद्वारा अनुगमन

वीरगंज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले चितवनका सरकारी अस्पतालको अनुगमन गरेका छन् ।
शुक्रबार चितवन पुगेका मन्त्री यादवले भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, केन्द्रीय अस्पतालको रुपमा भरतपुर अस्पतालको सेवा प्रवाहको अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा मन्त्री यादवले दुबै अस्पतालमा उपचार गराइरहेका बिरामी, कुरुवासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी, अन्य स्वास्थ्यकर्मी र अस्पताल सञ्चालक समितिका पदाधिकारीहरूसँग छलफल गरेका छन् । ‘छलफलका क्रममा अस्पताललाई सेवा प्रवाहका क्रममा आइरहेको विभिन्न समस्याका बारेमा बुझेँ । अस्पतालमा उपकरण, जनशक्ति र बजेट अभावमा कारण पनि समस्या आइरहेको पाएँ । त्यस्तै फार्मेसीमा पनि पर्याप्त औषधि उपलब्ध नरहेको देखियो,’ उनले भने ।

मन्त्री यादवले नेपालसहित भारतसमेतबाट आउने क्यान्सर रोगीहरूको उपचारको केन्द्रका रूपमा स्थापित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई पूर्ण रूपले सबल बनाउनका निमित्त आवश्यक जनशक्ति थप्नेदेखि उपकरण खरिदका लागि बजेटको व्यवस्थापन गर्न आफू प्रतिबद्ध रहेको बताए । त्यस्तै औषधि अभावको समस्यालाई तत्कालै समाधान गर्न अस्पताल प्रशासनलाई निर्देशन दिएको उनले जानकारी दिए ।

भरतपुर अस्पतालमा नर्सिङ कक्षामा अध्ययनरत विद्यार्थीहरूले भोग्नुपरेको समस्याका बारेमा जानकारी लिएको भन्दै मन्त्री यादवले सीमित स्रोतका बाबजुद पनि अस्पतालले दिइरहेको सेवा प्रशंसनीय रहेको बताए । ‘यस अस्पतालको सेवा प्रवाहका क्रममा जनशक्ति र जग्गा अभावमा कारण आएका चुनौतीहरूलाई सम्बोधन गर्न म कटिबद्ध छु,’ उनले भने ।

अस्पताललाई यसै वर्षदेखि एमबीबीए, एमडीएमएसलगायत कक्षा सञ्चालन गर्न र तत्कालै हुनसक्ने कामहरूको थालनी गर्न मन्त्रालयका सचिव लगायतका कर्मचारीहरूलाई निर्देशन दिएको उनले जानकारी दिए ।

बारामा गाेली प्रहार गरि क्याम्पस प्रमुख कुशवाहाकाे हत्या

कलैया । बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जनाकाे ज्यान गएकाे छ । आदर्शकोतवाल गाउँपालिका वडा नं. २ निवासी ४५ बर्षिय हरिभुषण कुशवाहाकाे उपचारकाे क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । 

रामराजा मोहन विक्रम साह बहुमुखी क्याम्पस कलैयाका प्रमुख समेत रहेका कुशवाहामाथि शुक्रबार सांझ अज्ञात समुहले गोली प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक दधिराम न्याैपानेले वताए ।

गाेली लागेर गम्भिर घाइते भएका कुशवाहाकाे वीरगंजस्थित नेपाल मेडिसिटी बयाेधा अस्पताल उपचारकाे लागि लगिएकाे थियाे । ढाड र पिठयुमा गोली लागि गम्भिर घाइते कुशवाहाको उपचारकाे क्रममा मृत्यु भएकाे अस्पतालले जनाएकाे छ ।

क्याम्पस प्रमुख कुशवाहको थप उपचारकाे लागि काठमाडाैं लग्ने तयारी गरिएकाे थियाे । घटनामा संलग्न रहेकाे अशंकामा प्रहरी एक जनालाई नियन्त्रणमा समेत लिएकाे थियाे । शंकास्पद एक जनालाई नियन्त्रणमा लिएर घटना बारे अनुसन्धान भइरहेकाे बारा प्रहरीका प्रवक्ता डिएसपी न्याैपानेले वताए । 

यस अघि पनि बारामा अज्ञात समुहकाे गाेली प्रहारबाट एक जना प्रिन्सपलकाे मृत्यु भएकाे थियाे ।

पाेखरियामा आगलागी, एउटा घर जल्याे

पाेखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ४ मा बिहिबार राती आगलागी भएकाे छ । राति २ बजेको समयमा भएकाे आगलागीमा स्थानिय इम्तियाज आलमको फुसको घर पूर्ण रुपले जलेर नष्ट भएकाे प्रहरीले जनाएकाे छ ।

आगलागीमा घरमा रहेकाे एउटा भैंसी र १६ वटा खसीबाख्रापनि जलेर मरेको इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ । आगलागीले करिब रु ५ लाख बराबरको क्षति भएकाे वडाध्यक्ष लक्षमण साह कानूले जानकारी दिए ।

बिधुतको नांगो तार हावाले एक आपसमा लडेर फुसको छाना भएकाे घरमा आगलागी भएकाे स्थानियले वताएका छन् ।

 आलमकाे घरगोठमा लागेको आगो पोखरिया नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीकाे सहयाेगमा नियन्त्रणमा आएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक राजन दहालले बताए ।

विश्व रक्तदाता दिवसमा रक्तदान गर्ने, गराउने १५५ ब्यक्ति र संस्था सम्मानित

वीरगंज । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार ब्लड डोनर्स एशोसिएसन नेपाल  पर्साले १५६ संस्था र व्ययक्तिलाई सम्मान गरेकाे छ ।

वीरगंजस्थित हाेटेल मकालुमा भएको कार्यक्रममा ५० पोका भन्दा बढी रगत संकलन गर्ने ८१ वटा संस्था, निशुल्क रगत उपलब्ध गराउने रेडक्रससंग सम्झाैता गर्ने १७ ब्यक्ति र संस्थालाई सम्मान गरिएकाे ब्लड डाेनर्स एसाेसिएशन पर्साका सचिव अरबिन्द सिंहले वताए । साथै आकस्मिक रक्तदान गर्ने र गराउने ५५ जना व्यक्तिहरु पनि सम्मानपत्र सहित सम्मान गरिएकाे उनले वताए ।

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि नेपाल रेडक्रस सोसाईटी पर्सा शाखाका सभापति विरेन्द्रराज कडेल सहितका बिशिष्ट अतिथीहरुले सम्मानित संस्था र व्यक्तिहरूलाई सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै रेडक्रस पर्साका सभापति कडेलले याे बर्ष ५० हजार पाेका रगत संकलन गर्ने लक्ष्य रहेकाे वताए । उनले मधेश प्रदेशमा अरु कहीं रगत नपाए वीरगंज रक्त संचार केन्द्र आउन बतावरण बनाउन हाम्राे याेजना रहेकाे सुनाए ।

सभापति कडेलले रक्त संचार केन्द्र वीरगंजलाई प्रादेशिक रक्त संचार केन्द्र बनाउने प्रक्रिया अगाडी बढेकाे वताए । साथै रक्त संचार केन्द्रकाे भवन निर्माणकाे काम पनि अगाडी बढेकाे वताउँदै उनले आधुनिक किसिमकाे सुविधा सम्पन्न रक्त संचार केन्द्रकाे भवन निर्माण हुने जानकारी गराए ।  

ब्लड डोनर्स एशोसिएसन पर्सा शाखाका अध्यक्ष शत्रुधन नेपालको अध्यक्षतामा भएकाे कार्यक्रममा नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट डाक्टर खालिद हसन, प्रसौनी गाउँपालिकाका अध्यक्ष विनोद जयसवाल, पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेल, बहुदरमाई नगरपालिकाकी उपप्रमुख सुष्मा कुश्वाहा, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिति रहेको थियो । संस्थाका सचिव अरविन्द सिंहले सहजीकरण गरेको कार्यक्रममा स्वागत संस्थाकी सदस्य रोशनी श्रेष्ठले गरिकी थिइन ।

रडियाे वीरगंज परिसरमा भएकाे कार्यक्रममा ४२ जनाद्वारा रक्तदान

वीरगंज । विश्व रक्तदाता दिवसको अवसरमा शुक्रबार रेडियो वीरगंज परिसरमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

भारतीय महावाणिज्यदुतावास वीरगंज, नेपाल रेडक्रस सोसाइटी पर्सा, रेडियो वीरगंज ९९ मेगाहर्ज, वीरगंज साइकल क्लब तथा ग्रिनसिटी समुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा भएकाे कार्यक्रममा ५ महिलासहित ४२ जनाले रक्तदान गरेकाे रेडियाे वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले जानकारी दिए ।

कार्यक्रममा हरिशंकर शर्मा, रन्जन यादव, दिपेन्द्र प्रजापती, जाेगिन्द्र शर्मा, दिनेश कुमार, चन्दन श्रीवास्तव, राम कुमार महताे, भेग कुमार कार्की, जयनाथ प्रसाद यादव, रन्जन कुमार साह तेली, जयनाथ प्रसाद यादव, सपना अग्रवाल, प्रेम पटेल, सन्दिप अग्रवाल, रन्जु देवी, पिन्की पाण्डे, राहुल सर्राफ, रेनु देवी चाैरसिया, कृष्णा कुमार लगायतले रक्तदान गरेकाे उनले वताए ।

पछिल्लो समय प्रचण्ड गर्मीसँगै वीरगंजका अस्पतालमा रगत अभाव हुँदा बिरामीको उपचारसमेत प्रभावित हुन थालेपछि रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रमकाे आयाेजना टिभी वीरगंज एवम् मधेशदृष्टि दैनिकका अध्यक्ष समेत रहेका साहले वताए ।

गर्मीमा रक्तदान गर्नु हुँदैन भन्ने भ्रम रहेको भन्दै रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रम गरिएकाे उनले बताए । रक्तदान कार्यक्रमले अस्पतालमा देखिएको रगतको अभावलाई कम गर्ने अध्यक्ष साहले विश्वास व्यक्त गरे ।

रक्तदान गर्नु व्यक्ति स्वयंम र अरुको लागि पनि जीवन रक्षाको विषय हुने ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए । नेपाल रेडक्रस सोसाइटीले घुम्ती सेवाको आयोजना गरी हरेक टोल–टोलमा रक्तदान अभियान थाल्ने हो भने रगतको अभावलाई पूर्ति गर्न सक्ने अध्यक्ष खेतानको भनाई थियो ।

नियम विपरित पशु ढुवानी हुँदै : एनिमल नेपाल

वीरगंज । पशु कल्याणको लागि काम गरिरहेका एनिमल नेपाल नामक सँस्थाले बिहीबार वीरगंजमा पत्रकारसंग अन्तरक्रिया कार्यक्रम गरेको छ ।

भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव हुन नदिने, भौतिक तथा शीत, तापजन्य असुविधाबाट सुरक्षित गर्ने, पीडा, घउचोट र रोग व्याधिबाट सुरक्षित राख्ने, सामान्य व्यबहार अभिव्यक्त गरी बाँच्न पाउने अवस्था सुनिश्चित गर्ने पशु कल्याणकाे आधारभुत पक्ष भएकाे एनिमल नेपालका पर्सा र बारा फिल्ड सुपरभाईजर धर्मेन्द्र साहले वताए ।

अण्डा उत्पादन गर्ने कुखुराहरुको पालन गरी व्यवसाय सञ्चालन गर्दै आएका कुखुरापालन व्यवसायी वा उत्पादकलाई पिंजडामुक्त खोरबारे सचेतना अभिबृद्धि गराई, शसक्तिकरण गरी पिंजडामुक्त कुखुरापालन व्यवसायका लागि प्रोत्साहन गर्न अभियानकाे उद्देश्य भएकाे एनिमल नेपालका फिल्ड अफिसर शत्रुधन पटेलले वताए ।

यसका साथै सर्वसाधारण तथा उपभोक्ताहरु बिच छलफल, अन्तरक्रिया, भेटघाट, परामर्श गरी पिंजडामुक्त खोरमा पालिएका कुखुराहरुबाट प्राप्त अण्डाको उपभोगबारे सचेतना फैलाउने, अण्डा उत्पादन गर्ने कुखुराको कल्याणको बारेमा सचेतना जगाउने पनि अभियानकाे उद्देश्य रहेकाे उनले वताए ।

पर्सा र बारा जिल्लामा रहेका पशु बजारबाट जिउदो पशुहरु ढुवानी गर्दा उनीहरुलाई क्रुर तरिकाले ढुवानी गर्ने गरिएको एनिमल नेपालका अर्का फिल्ड अफिसर सिताराम पटेलले वताए । उनले ढुवानी गर्दा परवानीपुर र बाराको जितपुर बजारमा हचुवा भर चेकजाँच गरि पशुहरुलाई काठमाडौंसम्म ढुवानी गर्ने गरिएको बताए ।

उनले पशु सेवा ऐन २०५५ तथा सोको नियमावली २०५६ पशु ढुवानी मापदण्ड २०६४ अनुसार एउटा ट्रकमा बढी २० वटासम्म पशु ढुवानी गर्न सकिने भएपनि २४ वटा ठुलो पाडापडीहरुलाई कोचेर ढुवानी गर्ने गरिएको बताए । बढीमा आठ घण्टा ढुवानी गरेपछि पशुलाई ओरालेर दाना पानी खुवाउनुपर्ने भएपनि ब्यापारी तथा ढुवानीकर्ताहरुले त्यस्तो नगर्ने गरेकाे पटेलले वताए ।

वीरगंजस्थित मधुशाला रेसुरेन्टमा भएकाे कार्यक्रममा ३ दर्जन भन्दा बढी वीरगंजका संचारकर्मीहरुकाे सहभागिता रहेकाे थियाे ।

डोंगफेंग ईभी भ्यानको अधिकारिक विक्रेता अब मधेश प्रदेशमा

वीरगंज । मधेश प्रदेशको अधिकारिक बिक्रेता नारायणी अटोकर्प प्रा.ली.ले डोंगफेंग इलेक्ट्रिक (ईभी) भ्यानको अग्रिम बुकिङ खुलाएको छ । मधेश प्रदेशको जुनसुकै शहरबाट बूकींग गर्न सकिने बारे नारायणी अटोकर्पका सञ्चालक रजत बजाजले बताए ।

उनका अनुसार नेपालमा त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटरकर्पद्वारा आयात गरिएको डोंगफेंग (ईभी) चीनका शीर्ष तीन कार निर्माताहरू मध्ये एक हो र यो विश्वव्यापी रूपमा ५० देशमा सञ्चालनमा छ । नारायणी अटोकर्पले अहिले ११ सिट र १४ सिट डोंगफेंग इलेक्ट्रिक यात्री भ्यानहरू साथै ४.५ र ५.३ घन मिटर कार्गो भ्यानहरू बिक्री र वितरण गर्ने बारे अर्का संचालक रवि केयालले बताए ।

उनका अनुसार ११ सिटको ईभी माइक्रोमा ५० किलोवाट मोटर र ४२ किलोवाट घण्टा लिथियम-आयन ब्याट्री छ जसले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । यसैगरी, १४ सिटको ईभी माइक्रोमा ८० किलोवाट मोटर छ र यसको ५० किलोवाट घण्टा लिथियम-आयन ब्याट्रीले पूर्ण चार्जमा ३०० किलोमिटरको रेन्ज दिन्छ । सबै डोंगफेंग इलेक्ट्रिक भ्यानहरू क्याट ब्याट्रीहरूसंग फिट छन् ।

डोंगफेंगका सवारीसाधनहरू उच्च प्रदर्शन, वातावरणमैत्री र कम सञ्चालन खर्चका लागि विश्वभरि प्रसिद्ध छन् । यी भ्यानहरूले व्यवसायिक उद्देश्यका साथै व्यक्तिगत यात्राका लागि पनि उपयुक्त रहेकाे जनाइएकाे छ । नारायणी अटोकर्पका अनुसार, यी इलेक्ट्रिक भ्यानहरूको मर्मत खर्च पनि कम हुनेछ, जसले गर्दा प्रयोगकर्ताहरूलाई दीर्घकालीन लाभ हुने कम्पनीकाे भनाई छ ।

अग्रिम बुकिङ गर्ने ग्राहकहरूलाई विशेष छुट र अफरहरू पनि उपलब्ध गराइने नारायणी अटोकर्पले जनाएको छ । साथै, मधेश प्रदेशमा ग्राहकहरूको सुविधाका लागि परीक्षण ड्राइभको व्यवस्था समेत गरिनेछ । यो नयाँ सुरुवातले मधेश प्रदेशका बासिन्दाहरूलाई आधुनिक र वातावरणमैत्री यातायातका साधनहरू उपलब्ध गराउने लक्ष्य राखेको अर्का संचालक जयन्त चौधरीले बताए ।

वीरगंजबाट खैराे हिराेईन सहित भारतिय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट लागु औषध खैरो हिरोईन सहित एक जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा भारत बिहार राज्य मोतिहारी जिल्ला पोष्ट अदापुर ग्राम लालछपरा निवासी ३० बर्षिय मोहमद नेजामुदिन सिद्दकी रहेका छन् ।

बिशेष सूचनाकाे आधारमा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१५ बसपार्क स्थित सडकखण्डबाट सिद्दकीलाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक भारतीले वताए ।

उनका अनुसारका बिहिबार विहान १०:०० बजेको समयमा खटिएको प्रहरी टोलीले बिआर ०५ एवाई १३४६ नम्बरको टाटा टाइगाे चार पाङग्रे गाडीलाई रोकी जाँच गर्ने क्रममा उक्त गाडीको चालक छेउको सिट कभरको खल्तीमा लुकाइ छिपाई सेतो प्लाष्टिकको झोलाभित्र लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ १०२ ग्राम फेला परेको थियाे ।

त्यसपछि उक्त लागु औषध र उल्लेखित नम्बरको गाडी सहित सिद्दकीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ थप अनुसन्धान कार्य भैरहेको प्रवक्ता भारतीले जानकारी दिए ।