Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

कालिकामाईकाे एम्बुलेन्स दुर्घटना, चालक चाैरसिया घाइते

spot_img
spot_img
वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाकाे एम्बुलेन्स दुर्घटना भएकाे छ । वीरगंजकाे नारायणी अस्पतालमा बिरामी पुर्याएर फर्कने क्रममा प्रदेश २–०३–००१ झ ०००३ नम्बरको एम्बुलेन्स शनिबार राति दुर्घटनामा परेको हाे ।
एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स चालक कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीका ३५ बर्षिय पृथ्वी चौरसिया घाइते भएका छन् । घाइते चालक चाैरसिया उपचार वीरगंजस्थित निलकण्ठ हस्पिटलमा भइरहेकाे छ ।
चालक चाैरसियाका अनुसार ‍गाडीको ब्रेक फेल भएर दुर्घटना भएकाे हाे । ब्रेक फेल भएपछि सडक छेउमा रहेकाे रुखमा गाडी ठोक्किँदा दुर्घटना भएको उनकाे भनाई छ ।
घाइते चालककाे हातकाे औंला भाच्नुेकाे छ भने अन्य भागमा पनि चोटपटक लागेको छ। घटनास्थलमा तत्काल उद्धार कार्य गरी उनलाई उपचारका लागि अस्पताल पठाइएकाे थियाे । दुर्घटनामा परेकाे एम्बुलेन्समा पनि क्षति पुगेकाे छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...