Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

१२ लाख हुण्डी रकम सहित दुईजना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले विशेष सूचनाको आधारमा आईतबार १२ लाख हुण्डी रकम सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको पकाहाँ मैनपुर गाउँपालिका २ निवासी २५ बर्षीय सुरेश कुमार बर्णवाल र भारत विहार जिल्ला बेतीया बकुलहर निवासी १९ बर्षीय सत्यम कुमार रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रहरीका अनुसार आईतबार अपरान्ह प्रहरी चौकी परवानीपुर पर्साबाट खटिएको टोलीले सवारी साधन नियमित चेकजाँच गर्ने क्रममा मधेश प्रदेश ०३–०२९ प ४९७४ नम्बरको रातो कालो १५० सिसिको पल्सर मोटरसाईकलमा उनीहरुलाई पक्राउ गरेको हो ।

पर्साका प्रहरी नायब उपरिक्षक किशोर लम्सालका अनुसार पक्राउ परेका बर्णवालको साथबाट कालो रंगको ब्यागभित्र लुकाइ छिपाई राखेको अवस्थामा नेपाली एक हजार दरका सात लाख ७१ हजार र पाँच सय दरका नोट आठ सय ५८ थान अर्थात ४ लाख २९ हजार गरी १२ लाख बरामद भएको हो ।

पक्राउ परेकाहरुलाई हिरासतमा राखेर मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा अदालतबाट तीन दिनको म्याद थप गरेर थप अनुसन्धान कार्य भईरहेको प्रहरी नायब उपरिक्षक लम्सालले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बर्वा छठघाटमा डिजेको आतंक मच्चाउने पाँच जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज । छठघाटमा ठूलो आवाजमा डिजे बजाएर सार्वजनिक स्थलमा अशान्ति मच्चाएको तथा शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा पर्सा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ...

आज छठ पर्वको मुख्य दिन : अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर गरिँदैछ पूजा–आराधना

वीरगञ्ज । लोकआस्थाको महापर्व छठको मुख्य दिन आज देशभरका छठ घाट तथा जलाशयहरूमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा–आराधना गर्दैछन्। चार दिनसम्म मनाइने छठ...

राष्ट्रीय पर्व छठलाई रास्वपाको मूल नेतृत्वले वीरगञ्ज र जनकपुरमा मात्रै सिमित गराउन खोज्यो : अध्यक्ष रन्जु साह

काठमाडौं । आम महिला मोर्चाको अध्यक्ष रन्जु कुमारी साहले रास्वपाको मूल नेतृत्वले विश्वभरि फैलिएको लोकआस्थाको महान राष्ट्रीय पर्व छठलाई जनकपुर र वीरगञ्जमा मात्रै सिमित...