Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

राजसंस्था पुनरस्थापनाको आन्दोलन जारी छ : प्रवक्ता चन्द

spot_img
spot_img

वीरगंज । राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिरा बहादुर चन्दले राजसंस्था पुनरस्थापनाका लागि आन्दोलन जारी रहने बताउनुभएको छ ।

स्व. श्री ५ महाराजधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै प्रवक्ता चन्दले यस्तो बताउनुभएको हो ।

वीरगंज महानगरपालिका वडा नं. १५ प्रतिमाचोकस्थित वीरेन्द्र शालिक प्रांगणमा आयोजित कार्यक्रममा उहाँले जारी आन्दोलनलाई कसैले दायाँ–बायाँ गर्न खोजे ठीक नहुने चेतावनी दिंदै मुलुकको वर्तमान दयनीय अवस्थाबाट उकास्न राजसंस्था पुनरस्थापना र हिन्दु अधिराज्य परिहार्य भएको बताउनुभयो ।

उहाँले स्व. राजा वीरेन्द्रको जीवनीबारे पनि चर्चा गर्दै स्व. राजाबाट जारी भएको संविधान २०४७ अहिलेको अवस्थाबाट मुलुकलाई उकास्न पुनः स्थापित गर्नुको विकल्प नरहेको बताउँदै स्व. श्री ५ वीरेन्द्रप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभयो ।

कार्यक्रममा राष्ट्रिय बजरंग दलका अध्यक्ष राजु जयसवालले स्व. राजा वीरेन्द्रको जीवनीबारे चर्चा गर्दै मुलुकलाई विदेशी दलालहरुको चंगुलबाट उकास्न संविधान २०४७ अर्थात् राजसंस्था र हिन्दु अधिराज्य पुनः स्थापनाको कुनै विकल्प नरहेको दावी गर्नुभयो ।

समाजसेवी पशुपति विक्रम शाहको अध्यक्ष्Fतामा आयोजित कार्यक्रममा राष्ट्रवादी नेताहरुसहित आम जनमानसको सहभागिता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...