Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
Home Blog Page 157

पर्सा–३ मा रुपेश पाण्डे: सुशासन र विकासको बलियो विकल्प

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार रुपेश पाण्डे जनताको स्पष्ट एजेन्डा, सुशासनप्रतिको दृढ अडान र विकासको ठोस खाकासहित चुनावी मैदानमा उत्रिएका छन्। “सुशासन र विकास, एमालेको पहिचान” भन्ने नारा अब केवल नारा नभई जनअपेक्षाको प्रतिबिम्ब बन्न थालेको छ।

लामो समयदेखि अस्थिरता, अवसरवाद र खोक्रा भाषणबाट आजित मतदाता अब परिणाम चाहन्छन्। यही चाहनालाई बुझेर एमालेले पर्सा–३ बाट रुपेश पाण्डेजस्ता स्पष्ट दृष्टिकोण, स्वच्छ छवि र संगठनात्मक क्षमतावाला उम्मेदवार प्रस्तुत गरेको छ।

पाण्डेले चुनावी अभियानका क्रममा भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता, स्थानीय विकास प्राथमिकता, युवा रोजगारी, पूर्वाधार विस्तार र जनताको दैनिक समस्यामा प्रत्यक्ष हस्तक्षेप गर्ने प्रतिबद्धता दोहोर्‍याएका छन्। उनका कार्यक्रमहरूमा देखिएको जनसहभागिता र उत्साहले पर्सा–३ मा एमालेप्रति विश्वास बलियो बन्दै गएको संकेत दिएको छ।

राजनीति सत्ता र सौदाबाजीको माध्यम नभई सेवा र जिम्मेवारीको माध्यम हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा उतार्न सक्ने उम्मेदवारको खोजीमा रहेका मतदाताका लागि रुपेश पाण्डे आज विश्वसनीय विकल्प बनेका छन्।

पर्सा–३ मा पाण्डेको पक्षमा जनसमर्थन सुनामीझैँ बढ्दै गएको छ। निरन्तर चलिरहेको घरदैलो कार्यक्रम र मतदाता भेटघाटले पाण्डेलाई जनताको घर–घरमा मात्र नभई मन–मनमा पनि स्थापित गरिसकेको छ। गाउँ, टोल र बस्तीमा पुगेका मतदाताले एउटै कुरा स्पष्ट रूपमा भन्न थालेका छन्—पर्सा–३ मा रुपेश पाण्डेको विकल्प छैन।

यस यथार्थले बिपक्षीहरू आत्तिएका छन् र षड्यन्त्रमा लागेका छन्। तर, एमाले उम्मेदवार पाण्डेविरुद्ध रचिएका हरेक षड्यन्त्र जनताकै विवेकले असफल बनेको देखिन्छ। समग्रमा, पर्सा–३ मा रुपेश पाण्डे सुशासन र विकासको बलियो विकल्पका रूपमा स्थापित हुँदै गएका छन्।

वीरगंजमा खानेपानीको समस्या हुँदा, तत्काल समाधान गरे : प्रदीप यादव

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले वीरगंजमा खानेपानीको समस्या देखिएपश्चात तत्काल प्रभावकारी पहल गरेको बताएका छन्।

वीरगंज–३० टेढा राम वनमा मंगलबार आयोजित एमालेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै पूर्व खानेपानी मन्त्रीसमेत रहेका यादवले यस क्षेत्रका जनताको हरेक सुखदुखमा आफू सधैं जनताको माझमा रहेर काम गरेको स्मरण गराए।

उक्त अवसरमा यादवले बताए, “जुन समयमा वीरगंजमा खानेपानीको हाहाकार थियो, म संयोगले त्यतिबेला खानेपानी मन्त्री थिएँ। समस्या थाहा पाउँदा २४ घण्टाभित्रै मैले टोल–गल्लीमा डीप बोरिङ गाड्ने काम सुरु गराएँ र घर–घरमा पानी खुवाउन व्यवस्था मिलाएँ।”

एमाले उम्मेदवार यादवले अहिले वीरगंजका कुनै पनि टोलमा खानेपानीको समस्या नरहेको पनि स्पष्ट पार्दै, दीर्घकालीन समाधानका लागि मन्त्रालयमार्फत ४ सय ५० करोड रुपैयाँ बजेट वीरगंज महानगरपालिकामा पठाइएको र आयोजनाको टेन्डर निकालेर काम सुरु भइसकेको जानकारी दिए । उनले भने, “यो आयोजना तीन वर्षभित्र सम्पन्न हुन्छ। त्यसपछि वीरगंजमा कहिल्यै पनि खानेपानीको समस्या हुँदैन।”

त्यसैगरी कोरोनाको महामारीका बेला जनताको सुरक्षा र स्वास्थ्यका लागि आफूले आफ्नो ज्यान समेत जोखिममा राखेर काम गरेको स्मरण गर्दै यादवले संविधानको रक्षा र मधेसका अधिकार जोगाउन आफूले उम्मेदवारी दिएको बताए। उनले भने, “मधेसी, महिला, दलित र थारु समुदायका अधिकार सुरक्षित रहुन एमालेको जित आवश्यक छ। यदि हामीले जितेनौं भने मधेसका अधिकार संकटमा पर्न सक्छन्। त्यसैले मलाई जिताएर पठाउनुस्, म मधेसको अधिकार जोगाउनेछु।”

यादवले संविधान संशोधनको आवश्यकतामा जोड दिँदै बाँकी रहेका मधेसका अधिकार सम्बोधन गर्न एमालेलाई जिताउनु आवश्यक रहेको बताए।

स्थानीय मतदातासँगको संवादमार्फत यादवले आफ्नो अनुभव, सेवा र अधिकार रक्षाप्रतिको प्रतिबद्धता जनाउँदै आगामी निर्वाचनमा जनताको साथ मागेका छन्।

पर्सागढी–६ र ७ मा अशोक टेमानीको घरदैलो, स्थानीय समस्यालाई केन्द्रमा राखेर जनसंवाद

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिकाका वडा नम्बर ६ र ७ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार टेमानीले स्थानीयवासीसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै क्षेत्रका यथार्थ समस्या बुझ्ने प्रयास गरेका छन्। कृषि मुख्य पेशा भए पनि आधुनिक सिँचाइ प्रणाली, कृषि प्रविधि र बजार पहुँचको अभावका कारण किसानहरूले अपेक्षित आम्दानी गर्न नसकिरहेको अवस्था स्थानीयले टेमानीसमक्ष राखेका थिए।

त्यसैगरी स्वास्थ्य चौकीहरूमा औषधि तथा जनशक्ति अभाव, विद्यालयहरूमा भौतिक संरचना, शिक्षक र गुणस्तरीय शिक्षाको कमी, साथै वर्षायाममा सडक हिलाम्मे भई यातायात अवरुद्ध हुने समस्याले सेवा केन्द्रसम्म पुग्न कठिनाइ भइरहेको जनगुनासो रहेको छ।

यी सबै समस्यालाई केन्द्रमा राख्दै उम्मेदवार टेमानीले घरदैलो अभियानलाई तीव्र बनाएका छन्। जनतासँगको संवादका क्रममा उनले “समस्या कागजमा होइन, जनताको जीवनमा देखिनुपर्छ” भन्ने धारणा राख्दै स्थानीयका गुनासा ध्यानपूर्वक सुन्ने, तथ्य संकलन गर्ने र समाधानका सम्भावित उपायबारे छलफल गर्दै आएका छन्।

टेमानीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि तथा रोजगारी सिर्जनालाई आफ्नो प्रमुख एजेन्डा बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। स्थानीयवासीका अनुसार उम्मेदवार टेमानीको सरल शैली, प्रत्यक्ष संवाद र समस्या समाधानमुखी दृष्टिकोणले जनतामा नयाँ आशा जागेको छ।

स्थानीयको उल्लेख्य सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत जसपा नेपालले पर्सा–२ मा स्थानीय आवश्यकता र जनजीवनसँग जोडिएका मुद्दालाई केन्द्रमा राखेर चुनावी अभियानलाई अघि बढाइरहेको देखिन्छ।

पर्सा–१ मा सिए अजय चौरसियाको घरदैलो, इमानदार र जबाफदेही नेतृत्वका लागि अपिल

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सिए अजय चौरसियाले वीरगंज महानगरपालिकाको वडा नम्बर २१ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उम्मेदवार चौरसियाले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै पर्सा जिल्ला मात्र नभई समग्र मुलुकको निर्माणका लागि असल, इमानदार र जिम्मेवार नेतृत्वको पहिचान गरी मतदान गर्न आग्रह गरे।

उनले नेकपा सुरुदेखि नै जनताका समस्या र मुद्दालाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि जनताको स्वार्थलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। देशमा व्याप्त भ्रष्टाचार, बेथिति र कुशासन अन्त्यका लागि पढेलेखेको, जानकार र जबाफदेही नेतृत्व अपरिहार्य रहेको उनको भनाइ थियो।

चौरसियाले आफ्नो निर्वाचन क्षेत्रमा शिक्षित, अनुभवी र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेकोमा जोड दिँदै यसअघि निर्वाचित प्रतिनिधिहरूले गरेको कामको मूल्याङ्कन गर्दै यस पटक क्षेत्र र यहाँका जनताको भविष्य, समृद्धि र विकासलाई केन्द्रमा राखेर मतदान गर्नुपर्ने बताए।

जनतासँगको संवादका क्रममा उम्मेदवार चौरसियाले भने, “देश डुब्नुको कारण पैसा होइन, हिसाब नबुझ्ने नेतृत्व हो। आम जनताले तिरेको करबाट बनेको प्रत्येक पैसा जनताकै हितका लागि खर्च हुनुपर्छ र त्यसको स्पष्ट हिसाब हुनुपर्छ।”

कार्यक्रमका क्रममा उनले आगामी निर्वाचनमा नेकपाको तारा छापमा मतदान गर्न आग्रह गर्दै पारदर्शी, जबाफदेही र विकासमुखी नेतृत्वका लागि आफूलाई अवसर दिन मतदातासमक्ष अपिल गरे।

स्थानीयवासीको उल्लेख्य सहभागितासहित सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत नेकपाले जनतासँग प्रत्यक्ष संवाद गर्दै सुशासन र जिम्मेवार नेतृत्वलाई केन्द्रमा राखेर चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको छ।

घरदैलाे कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य बालगाेपाल थापा सहित स्थानिय नेता तथा कार्यकर्ताकाे सहभागिता रहेकाे थियाे ।

समावेशी नेतृत्वको सन्देश, रमेश रिजालप्रति मुस्लिम समुदाय पनि आकर्षित

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर ४ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको आकर्षण र जनसमर्थन बढ्दै गएको देखिएको छ। घरदैलो अभियानका क्रममा मुस्लिम समुदायले उम्मेदवार रिजाललाई आत्मीय स्वागत गर्दै समर्थन जनाइरहेका छन्।

मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको जगरनाथपुर गाउँपालिकाका वडा नम्बर १ र २ अन्तर्गत पर्ने पाँडेपुर र पिडारीमा आयोजित घरदैलो कार्यक्रममा स्थानीय मुस्लिम समुदायले उम्मेदवार रिजाललाई स्वागत गर्दै आगामी निर्वाचनमा साथ दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यस्तै पर्सा–४ का अन्य विभिन्न स्थानमा पनि मुस्लिम समुदायका मतदाताहरूले उम्मेदवार रिजालप्रति सकारात्मक धारणा व्यक्त गरेको देखिएको छ । पूर्व मन्त्री तथा निर्वतमान सांसदसमेत रहेका रिजालको सरल स्वभाव, मिलनसार व्यक्तित्व र जनतासँगको निकटताले सबै समुदायमा भरोसा बढाएको स्थानीयको भनाइ छ।

स्थानीय मुस्लिम समुदायका अगुवाहरूका अनुसार उम्मेदवार रिजाल जनताको समस्या बुझ्ने, सबै समुदायलाई समान सम्मान गर्ने र समावेशी विकासको पक्षमा उभिने नेता भएकाले उनीप्रति विश्वास बढ्दै गएको हो। “उहाँले सधैं सबै समुदायलाई बराबरी रूपमा हेर्नुहुन्छ,” एक स्थानीय अगुवाले भने, “त्यसैले हाम्रो समर्थन स्वाभाविक हो।”

घरदैलो तथा जनसम्पर्क कार्यक्रममार्फत रमेश रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन्। विभिन्न समुदायको सक्रिय सहभागिताले पर्सा–४ मा उनको चुनावी अभियान थप बलियो बन्दै गएको देखिन्छ।

पर्सा–४ मा रमेश रिजालप्रति मुस्लिम समुदायसहित विभिन्न वर्ग र समुदायको बढ्दो समर्थनले आगामी निर्वाचनको माहोललाई थप रोचक र प्रतिस्पर्धात्मक बनाएको छ।

पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादवको अभियान तीव्र, जनसमर्थन मजबुत

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा (एमाले) की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवप्रति मतदाताको समर्थन र विश्वास दिनप्रतिदिन बलियो बन्दै गएको देखिएको छ । घरदैलो अभियान, वडा स्तरीय भेला तथा प्रत्यक्ष जनसंवादमार्फत यादवले उठाएका जनसरोकारका मुद्दाले स्थानीय मतदातालाई आकर्षित गरेको छ।

मंगलबार वीरगंज–१ छपकैयामा आयोजित वडा स्तरीय भेलालाई सम्बोधन गर्दै उम्मेदवार यादवले महिला, युवा र सम्पूर्ण जनसमुदायको सक्रिय सहभागिताबिनासम्म पर्साको दिगो विकास सम्भव नहुने बताइन् । उनले शिक्षा, स्वास्थ्य, सडक पूर्वाधार, कृषिजन्य विकास तथा सामाजिक सुरक्षालाई आफ्नो प्रमुख प्राथमिकताका क्षेत्रका रूपमा अघि सारेकी छन् ।

युवालाई राजनीति र समाज निर्माणमा सक्रिय बनाउनु आवश्यक रहेको उल्लेख गर्दै यादवले महिलाले आफ्ना आवाज र सहभागिताबाट नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने स्पष्ट पारिन्। “राजनीति सेवा हो, सत्ता होइन,” भन्ने एमालेको सिद्धान्तअनुसार आफू जनताको सेवकका रूपमा काम गर्ने प्रतिबद्धता उनले दोहोर्‍याइन् । उनले आगामी फागुन २१ गते हुने निर्वाचनमा आफूलाई मतदान गर्न मतदातासमक्ष आग्रह पनि गरिन्।

स्थानीयका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता एमालेका मूल एजेन्डालाई व्यवहारिक रूपमा प्रस्तुत गर्दै निरन्तर जनतामाझ उपस्थित भइरहेकाले रिमा यादवप्रति भरोसा थप मजबुत बन्दै गएको हो। उनका भनाइ केवल चुनावी भाषणमा सीमित नरही समाधानमुखी देखिएकाले मतदातामा नयाँ आशा पलाएको स्थानीयहरूको भनाइ छ।

कार्यक्रममा नेकपा (एमाले) का केन्द्रिय सदस्य विजय सरावगी, एमाले मधेस प्रदेशका उपाध्यक्ष एवं समानुपातिक उम्मेदवार बिचारी यादव, युवा नेता मुकेश द्विवेदी लगायतका नेताहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। सो अवसरमा विभिन्न दल परित्याग गरी सयौं जना एमालेमा प्रवेश गरेका थिए।

नवप्रवेशीहरूलाई प्रमुख अतिथि विजय सरावगी, उपाध्यक्ष बिचारी यादव तथा उम्मेदवार रिमा यादवले फूलमाला लगाएर पार्टीमा स्वागत गरे । नेताहरूले पार्टीको मूल्य, मान्यता र सिद्धान्तअनुसार जनताको सेवामा लाग्न उनीहरूलाई प्रेरित गरेका थिए।

कार्यक्रममा सहभागी मतदाताहरूले उम्मेदवार यादवको स्पष्ट योजना, जनमुखी सोच तथा युवा–महिला सशक्तिकरणप्रतिको दृष्टिकोणले आफ्नो विश्वास अझ दृढ भएको प्रतिक्रिया दिएका छन् । कार्यक्रमको सहजीकरण वीरगंज महानगरपालिकाका कार्यवाहक अध्यक्ष लियाकत अलीले गरेका थिए।

पर्सागढी–४ मा सुशील कानुको घरदैलो, रोजगारी र सुशासनको प्रतिबद्धता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज पर्सागढी नगरपालिका–४ अन्तर्गत हर्दिया हरदाशपुरस्थित धानुक टोलमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार कानुले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै आफ्ना चुनावी एजेन्डा प्रस्तुत गरे। प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपश्चात नीतिगत रूपमा काम गर्दै पर्सा जिल्लाको समग्र विकासका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे।

कानुले पर्सा जिल्लामा शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार क्षेत्रमा देखिएका समस्याहरूको समाधान नीतिगत सुधारमार्फत गरिने बताए। विशेषगरी वैदेशिक लगानी भित्र्याई जिल्लाभित्र रोजगारीका अवसर सिर्जना गर्ने, युवालाई स्वरोजगारतर्फ आकर्षित गर्ने र आर्थिक गतिविधि विस्तार गर्ने आफ्नो प्राथमिकता रहेको उनको भनाइ थियो।

त्यसैगरी शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सुधार आवश्यक रहेको उल्लेख गर्दै पहुँचयोग्य र प्रभावकारी सेवा सुनिश्चित गर्न पहल गरिने उनले बताए। पर्सागढी क्षेत्रमा उत्पादन हुने तरकारी तथा अन्य कृषिजन्य उत्पादनलाई वीरगञ्जसहित देशका विभिन्न बजारसम्म सहज रूपमा पुर्‍याउने व्यवस्था मिलाउने विषय पनि आफ्नो प्राथमिकतामा रहेको कानुले जानकारी दिए।

घरदैलोका क्रममा स्थानीयवासीहरूले आफ्ना समस्या, आवश्यकता र अपेक्षाहरू उम्मेदवारसमक्ष राखेका थिए। सो अवसरमा कानुले जनताका सुझावलाई आफ्नो चुनावी घोषणापत्र तथा भावी कार्यदिशामा समेट्ने प्रतिबद्धता जनाए।

स्थानीयवासीको उल्लेख्य सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रममार्फत रास्वपाले विकास, सुशासन र अवसर सिर्जनालाई केन्द्रमा राख्दै जनतासँग प्रत्यक्ष संवादमार्फत चुनावी अभियानलाई तीव्र बनाउँदै लगेको छ।

भौराटारमा रास्वपा घरदैलो : कृषक, युवापुस्ता र महिलाका सवाल प्राथमिकता

0

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बहुदरमाई नगरपालिका वडा नं. ६ भौराटारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सुशील साह कानुको घरदैलो कार्यक्रम सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचन लक्षित उक्त कार्यक्रममा जेन्जी युवाहरूको उल्लेख्य सहभागिता देखिएको थियो।

घरदैलोका क्रममा स्थानीय कृषकहरूले तरकारी खेतीका लागि सिँचाइको उचित व्यवस्था, समयमा मल उपलब्ध गराउने व्यवस्था र तरकारी भण्डारणका लागि ‘शीत भण्डार’ आवश्यक रहेको विषय उठाएका थिए। यसप्रति प्रतिक्रिया दिँदै रास्वपाका उम्मेदवारले कानुनले निर्वाचित भए स्थानीय स्तरमै सिँचाइ, मल आपूर्ति र कृषि पूर्वाधारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

साथै, जेन्जी युवाहरूका लागि उच्च शिक्षा र कृषि शिक्षा स्थानीय स्तरमै उपलब्ध गराउने, बेरोजगार महिला तथा युवालाई प्राविधिक सीप तालिम प्रदान गरी रोजगारी सिर्जना गर्ने विषयलाई प्राथमिकतामा राखिने उम्मेदवारले बताएका छन्। स्थानीय महिलाहरूका लागि पशुपालनसम्बन्धी उच्च सीप तालिम र स्वरोजगारको व्यवस्था गरिने पनि जनाइएको छ।

रास्वपाका अनुसार, वर्षाको पानी र नदीको कारण भोग्दै आएको क्षतिको समाधान गरिने, मल अभाव अन्त्य गरिने र समग्रमा समृद्ध समाज निर्माणतर्फ पहल गरिने बताइएको छ।

अखिल नेपाल महिला संघद्वारा प्रदीप यादवको विजय अभियान, महिलाहरू सक्रिय

0

वीरगंज । अखिल नेपाल महिला संघ पर्साको भेला सोमबार वीरगंजमा सम्पन्न भएको छ। भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने अभियानअन्तर्गत आयोजना गरिएको हो ।

भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घर पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरे । संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि नेकपा एमालेको विजय आवश्यक रहेको बताइन् ।

उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन् ।

भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए । उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरे।

अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर एमालेका उम्मेदवार यादवलाई जिताउन अभियान सञ्चालन गर्ने जानकारी दिइन्। भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प व्यक्त गरे।

वीरगंज–२५ मा मनोज चौधरीको घरदैलो अभियान, मतदातासँग प्रत्यक्ष संवाद

0

वीरगंज । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पर्सा क्षेत्र नं. २ का उम्मेदवार मनोज चौधरीले सोमबार पनि घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन्।

उम्मेदवार चौधरीले वीरगंज महानगरपालिका वडा नं. २५, श्रीरिसिया क्षेत्रका मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या र जनजीवनसँग जोडिएका आवश्यकताबारे छलफल गरेका छन् । उनले घरदैलो अभियानलाई जनतासँग नजिक पुग्ने अवसरको रूपमा प्रयोग गर्दै आगामी निर्वाचनमा विश्वास र समर्थन जुटाउने लक्ष्य रहेको बताएका छन् ।

घरदैलो कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य नगेन्द्र चौधरी, रामचन्द्र साह, बृजलाल पासवान, केन्द्रिय सल्लाहकार समिति सदस्य रामश्रय राम, नेता रामेश्वर मण्डल, दिपेन्द्र सिह पटेल लगायतका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

यस अभियानमार्फत उम्मेदवार चौधरीले मतदातासँग प्रत्यक्ष संवाद र समस्याको अवलोकन गर्दै क्षेत्रको विकास र समृद्धिका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।