Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
Home Blog Page 1175

विद्यालयमा गुनासो पेटिकाको आवश्यकता : रामनारायण साह

0

विद्यालयशिक्षा देशको लागि सशक्त जनशक्ति र असल व्यक्तित्व निर्माण गर्ने माध्यमहो । विद्यालय शिक्षा पुरा गरेर बालबालिका देश र समाजको विकासको लागि महत्वपुर्ण योगदान पुर्याउने दक्ष नागरिक बन्ने गर्दछन । बालबालिकाको शिक्षाको अधिकार सुनिश्चितगर्न विद्यालयको महत्वपुर्ण भुमिका रहेको हुन्छ । बालबालिकाले गुणस्तरीय शिक्षा प्राप्त गर्ने र विद्यालयशिक्षा पुरा गर्ने वानगर्ने विषय विद्यालयको शिक्षण सिकाई विधि, दक्षशिक्षकको संख्या, भौतिक संरचना आदिको साथ साथै विद्यालयको वातावरणमा पनि भर पर्दछ ।

विद्यार्थीले भयमुक्त, हिंसामुक्त र सुरक्षितवातावरणमा पढ्न पाएमात्रउसले विद्यालयशिक्षा पुरा गर्न सक्छ ।बालबालिका शारिरीक, मानसिक र संवेगात्मक रुपमा पुर्ण रुपमा विकसित भई नसकेकाकारण दुव्र्यवहार वा हिंसात्मक व्यवहारलाई पहिचानगर्न नसकित्यसको प्रतिकार वा आफ्नो विश्वासिलो व्यक्तिलाई सूचनादिन सकेका हुदैनन । पहिचान गर्न सक्नेले कसरी सूचनादिने, कहाँदिने बारे जानकारी नहुँदा सहेर बसेका हुन्छन र अन्ततःविद्यालय छोडने वाकमआउने गर्दछन जसको परिणाम स्वरुप सिकाई उपलब्धिपनि घटेर जान्छ ।

विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चितगर्न विद्यालयलाई हिंसामुक्त र सुरक्षित बनाउनु अपरिहार्य देखिन्छ । विद्यालयमावाविद्यालयआउदाँजादा लैंगिंक हिंसा, भेदभाव, शारिरीकतथामानसिक दण्ड सजाय र बुलिंग जस्ता घटनाले विद्यार्थीको सिकाईमानिकै नराम्रो असर गर्ने गर्दछ । विद्यार्थीहरु जिस्काउने, जातीय भेदभाव, लैंगिक भेदभाव, झै झगडा, कुटपिट, हेपाई, नराम्रो छुवाई, दण्डसजाय आदिबाट प्रभावित हुन सक्छन ।

यस्ता घटनामा विद्यार्थी, शिक्षक, वा समुदायका सदस्य पिडक रहेका हुन्छन । पीडित विद्यार्थी डर, लाजआदिकारणले प्राधानाध्यापक, शिक्षकवाअभिभावकलाई सूचनादिनवागुनासो गर्न चाहेकाहुदैनन । विद्यालयमा हिंसाका प्रचलन न्युन गर्न शिक्षक, विद्यार्थी र अभिभावकले अहिंसात्मक व्यवहार अपनाउनुको साथै सूचना संयन्त्र र सम्बोधनवा सहयोग संयन्त्र निर्माण गर्नुपर्दछ ।कुनै पनि हिंसाका घटना व्यवस्थापनगर्नकालागिपहिलाघटना पहिचान हुनुपर्छ अनि मात्र त्यसको समाधानवा व्यवस्थापन गर्न सकिन्छ ।

हिंसाका पीडित विद्यार्थीले सहज रुपमा सूचना दिन वा गुनासो गर्न पाउने वातावरण निर्माण गर्नु विद्यालयको कर्तव्य हो ।विद्यार्थीले सहज रुपमाआफ्नो गुनासावा समस्याहरुको सूचनादिनपाउने गरी नेपाल सरकार शिक्षामन्त्रालयशिक्षाविभागले गुनासो सुनुवाई कार्यविधि २०७३ जारी गर्यो जसमा प्रत्येक माध्यमिक विद्यालयमा एउटा गुनासो पेटिका राख्नुपर्ने प्रावधान छ । यही कार्य विधिलाई परिमार्जन गरी अर्को गुनासो सुनुवाई कार्यविधि २०७४ पनि जारी गरिएको छ ।

यो पेटिका सबैले देख्ने, विद्यार्थीको पहुँचमा र सुरक्षित स्थानमा विद्यालय परिसरमा झुण्डयाईएको हुन्छ । विद्यार्थीले हिंसाका घटनाका साथसाथै गुणस्तरीय शिक्षा, भौतिक संरचना, खेलकुद आदि सम्बन्धी सूचना, सुझाव वा गुनासो राख्न पाउछन । तीगुनासा, सूचनावा सुझावहरुलाई सम्बोधनगर्न गुनासो सुनुवाई समिति रहेको हुन्छ र त्यसले ती समस्याहरु समाधान गर्ने गर्दछ ।

विद्यालयको वातावरण पनिभयमुक्त, हिंसामुक्त र सुरक्षितबनाउनगुनासो पेटिका भुमिका खेलेको छ जसले विद्यालयलाई बालमैत्रीबनाउनपनि सहयोग पुर्याउने छ ।बालबालिकाहरु माथिको जोखिम न्युनिकरण गर्नु, प्रभावित बालबालिकाहरुमा पुनः सुनौलो भविष्य र सम्मानजनक जीवनको आशा जगाउनु, तिनीहरुको लागि सुरक्षित वातावरण निर्माण गर्नु र बालअधिकारको पुर्ण सदुपयोग र अनुभुतिगर्न दिनु सबै सरोकारवालाहरुको जिम्मेवारी हो ।

विभिन्न अन्तर्राष्ट्रिय दस्तावेज तथा राष्ट्रिय ऐन कानुनहरुमा बालबालिका माथि कुनै पनि किसिमको दुव्र्यवहार गर्न नपार्ईने उल्लेख छ । संयुक्त राष्ट्रसंघको बालअधिकार महासन्धि १९८९ ले बालबालिकाउचितस्याहार पाउनुपर्ने तथा हिंसा, दुव्र्यवहार र बेवास्ताबाट सुरक्षित रहनुपर्ने भनेको छ ।

यसैगरी दिगो विकास लक्ष्यले गुणस्तरीय र समावेशीशिक्षाको साथै लैंगिक समानता र सबैको न्याय सम्मपहुँचहुनुपर्ने भनेकोछ भने नेपालको संविधान २०७२ ले बालबालिका माथि दुव्र्यवहार, उपेक्षा वा शारीरिक, मानसिक, यौनजन्य वा अन्य कुनै प्रकारको शोषण गर्न नपाईने तथाघर, विद्यालय वा अन्य जुनसुकै स्थान र अवस्थामा शारीरिक, मानसिक वा अन्य कुनै किसिमको यातनादिन पाइने छैन भनेको छ ।

बाल्यकालको महत्वपुर्ण समय विद्यालयमाबित्ने हुनाले बालबालिका विद्यालयमा पनि सुरक्षित भई विभिन्न किसिमका दुव्र्यवहार, हिंसा आदिबाट जोगिन सक्यो भने मात्रउनीहरु आफ्नो बालअधिकारको अनुभुति गर्न पाउछन र आफ्नो पुर्ण क्षमतामा विकसितहुन सक्छन यसमा गुनासो पेटिकाको महत्वपुर्ण योगदानहुन सक्छ ।

नेपाल सरकारको महत्वकांक्षी विद्यालय क्षेत्र विकास योजनाको समता अन्तर्गतको रणनीतिमा “विद्यालयमा हुने लैंगिक हिंसाको अन्त्य गरी विद्यालयहरूमा छात्रा सहभागिता वृद्धि गर्न लैंगिक शिक्षा, लैंगिक सम्पर्क बिन्दुको सञ्जालको सुदृढीकरण लगायतका प्रावधानबाट लैंगिक संवेदनशील सिकाइ वातावरण र जिल्ला तथा विद्यालयमा आधारित सहयोग संयन्त्र सुनिश्चित गर्ने”उल्लेख भएकाले पनि गुनासो पेटिकाको महत्व बढन जान्छ ।

गुनासो सुनुवाई कार्यविधि २०७३ अनुसार पर्सा जिल्लाकोे ५० वटा विद्यालयमा सामाजिक संस्थाजिल्ला समन्वय समिति पर्साको सहजीकरणमा तथा तत्कालिन जिल्ला शिक्षा कार्यालयको समन्वयमा गुनासो पेटिका राखिएको छ जसको असर एकदमै राम्रो देखिएको छ । विद्यार्थीहरुले जिस्काउने, झैझगडा, कुटपिट, नराम्रो छुवाई, नाम परिवर्तन गरेर बोलाएको, बुलिङ्ग लगायत अन्य बालसंरक्षणका सवालहरु बारे आफ्नो गुनासो वा समस्या गुनासो पेटिकामा राख्ने गरेका छन ।

पेटिकामा शिक्षक समयमा नआउने, घण्टी खाली रहने, शिक्षकले पढाएको नबुझने, खेलकुद सामग्रीको अभाव, सरसफाई, चर्पी, धारा, कम्पाउन्ड आदि सम्बन्धमापनिगुनासाहरु राख्ने गरेका छन । विद्यार्थीहरुले आफ्नो नाम उल्लेख नगरीकन पनि समस्या वा गुनासो राख्ने गरेका छन र गुनासो सुनुवाई समितिले गुनासो राख्ने बालबालिकाको गोपनीयता, सम्मान र सुरक्षालाई ध्यानमा राख्दैआवश्यक समाधानवा सम्बोधनगर्ने गर्छ । समितिले समाधानगर्न नसकेकागुनासाहरु सम्बन्धित निकायमा सिफारिस समेत गर्ने गर्दछ ।

शिक्षा मन्त्रालय शिक्षा विभागले जारी गरेको नयाँ गुनासो सुनुवाई कार्यविधि २०७४ ले स्थानीयतहले यस कार्यविधि स्वीकृत वाअनुमोदन गरेको मितिबाट सम्बन्धित स्थानीयतहमालागू हुने भनेको छ । यस अनुसार स्थानीय तह भित्रका स्वीकृति वा अनुमति प्राप्त सम्पुर्ण विद्यालयमा यो लागु हुन सक्छ। यो कार्यविधि शिक्षा विभागको वेभसाईटमा उपलब्ध छ ।

स्थानीय सरकार संचालन ऐनको दफा ११ को ज को नं.१० मा उल्लेखित‘ विद्यालयको गुणस्तर अभिवृद्धि’लाई मध्यनजर गर्दै बालबालिकाको हितको लागि स्थानीयतहले यो कार्य विधिलाई अनुमोदन गर्नु पर्ने आवश्यकता देखिन्छ । स्थानीयतहका सम्पुर्ण  विद्यालयमा गुनासो पेटिका स्थापना भई यसको कार्यान्वयन भएमा पकै पनि विद्यालयबाट लैंगिक हिंसा, दण्ड सजाय, बुलिंग जस्ता घटनाहरु न्युनिकरण हुनेछ र बालबालिका भयरहित, हिंसारहित, सुरक्षित वातावरणमा पढन र आफ्नो बालअधिकारको पुर्ण अनुभुतिगर्न पाउनेछन ।

रामनारायण साह
कार्यक्रम संयोजक
सा.स.जि.स.स.पर्सा

भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरु उद्धार

0

काठमाडौं, ७ कात्तिक । भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारी अनुसार भारतका बिभिन्न स्थानसम्म पुर्‍याएको थियो ।

मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् । अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्‍याउँछन् ।

केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् । गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका छन् । जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ । त्यसबाफत केदारनाथले एक जना महिला बराबर एक हजार रुपैयाँ उनीहरुलाई दिने गरेको प्रहरीसमक्ष बताएका छन् ।

यो समूहले इन्दिरापुरम र दिल्लीको बसन्तकुञ्जको एक फ्ल्याटमा बसेर आवश्यक कागजपत्र लगायतका सबै प्रक्रिया पूरा गर्ने गरेको समाचारमा उल्लेख छ ।

पाेखरियामा मध्य रातमा अागलगी

0

पाेखरिया, ७ कात्तिक । पोखरिया नगरपालिकाको वडा नं. ६, श्रीसियामा गए राति अागलगी भएकाे छ । अागलगीमा परि स्थानिय मोजाहिर मियाँँकाेे घर जलेर नष्ट भएकाे प्रहरीले जनाएको छ ।

विजुलीको सर्ट लागेर आगलगी भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी नायब निरीक्षक प्रहलाद प्रसाद केशरीले वताए । राती १२ बजेको करिबमा भएको आगलगी स्थानिय, प्रहरी र पोखरिया नगरपालिकाको दमकलको सहयोगमा नियन्त्रणमा आएको थियो ।

बाईपास दैनिकका प्रकाशक दारुका माथि तेजाब प्रहार

0

बीरगंज ६ कार्तिक ।
बाईपास दैनिकका प्रकाशक तथा प्रबन्ध निर्देशक धिरेन्द्र कुमार दारुका माथि आज सांझ तेजाब प्रहार भएको छ । वीरगंज महानगरपालिका वडा नम्बर १० स्थित बाईपास दैनिकको कार्यालय तथा दारुका निवासमा प्रवेश गरी  मनिता सिंहले दारुका माथि सांझ तेजाब प्रहार गरेकी थिईन ।

तेजाब प्रहारबाट दारुकाको शरिरको अघिल्लो तथा पछाडीको भागमा जलेको छ । दारुकाको अवस्था खतरा मुक्त रहेको जनाईएको छ । यता तेजा प्रहार गर्ने महिला लाई निजको डेराबाटै जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको महिला प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

प्रदेश नंं. २ का मुख्य मन्त्रीलाई प्रचण्डको चेतावनी : ‘ओभरटेक’ गरे दुर्घटना हुन्छ

0

जनकपुरधाम, ६ कात्तिक । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संघीय सरकारलाई ‘ओभरटेक’ गरे मुलुकमा दुर्घटना हुने बताएका छन् । प्रदेश २ को सरकारले संघीय ऐन आउनु अघि प्रदेश प्रहरी ऐन ल्याएर मुलुकमा दुर्घटनाको निम्ता गरेको बताउँदै दाहालले भने, ‘मुख्यमन्त्रीजी ओभरटेक गर्न थाल्नुभयो भने दुर्घटनाको खतरा हुन्छ । दुर्घटना न निम्त्याउनुस्, तपाईंको मागप्रति म गम्भीर छु ।’

जनकपुरमा मंगलबार आयोजित नेकपाकाे शुभकामना आदानप्रदान तथा प्रदेश नं. २ काे पार्टी कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष दाहालले प्रदेश प्रहरी ऐनले राष्ट्रिय चर्चा पाएको बताए।

संविधानमा पहिले संघीय सरकारले प्रहरी ऐन ल्याउने भए पनि प्रदेश सरकारले पहिले प्रदेश प्रहरी ऐन ल्याए मुलुकमा दुर्घटना हुन सक्ने उनले सचेत गराए । ‘संघीयपछि त्यसअन्तर्गत प्रदेशले प्रहरी ऐन बनाउने प्रावधान छ’, दाहालले भने ‘मौलिक अधिकारसम्बन्धी जरुरी ऐन पारित गर्नुपरेकोले संघीय प्रहरी ऐन ल्याउन केही ढिलो भएको छ। ढिलो भयो भन्दैमा उछिनापाछिन गरी ओभरटेक गर्न मिल्दैन। ओभरटेक गरे दुर्घटना हुन्छ। ’

नेकपा अध्यक्ष दाहालले अलग मधेस बनाउन खोजिए मधेसीले धोखा पाउने बताए । ‘काठमाडौंबाट मधेस अलग गरी मधेसीको माग पूरा हुँदैन’ दाहालले भने, ‘विखण्डनले मधेसको माग पूरा हुँदैन ।’ विखण्डनले डाकाहरुको माग मात्र पूरा हुने उनले टिप्पणी गरे। विखण्डनले शत्रुको माग पूरा हुन्छ मित्रको माग पुरा हुँदैन उनले भने।

प्रभु साहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेल, शिक्षा मन्त्री गिरी राजमणी पोखरेल, भौतिक पूर्वाधार तथायातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नंं. २ का मुख्य मन्त्री लालबाबु राउत गद्दी लगायतको सहभागिता रहेको थियो ।

शसस्त्र प्रहरी द्वारा अबैध सामान तथा बलेरो जिप बरामद

0
शसस्त्र प्रहरीले बरामत गरेको कपडा, हार्डवयर र किराना सामान । तस्बिर : जाकिर हुसेन

वीरगंज, ५ कात्तिक ।
शसस्त्र प्रहरीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको रु ३ लाख २७ हजार बराबरको कपडा, हार्डवयर र किराना सामान बरामत गरेको छ । शसस्त्र प्रहरी गुल्मबाट प्रहरी नायब उपरिक्षक तिलक बहादुर खड्काको कमाण्डमा खटिएको गाडी मोबाईल डियुटी टोलीले वीरगंज १६, रजतजयन्ती इलाकाबाट चेकजाच गर्ने क्रममा दुइटा मोटरसाइकल बोकी ल्याउदै गरेको सामान बरामत गरेको हो ।

बि.आर. २२ आई. सि. २२६२ हिरो हुण्डा र बा. १६ प. ९९७३ नम्बरको मोटरसाइकलमा लोड गरि पैठारी गरी ल्याउदै गरेको सामान विहान ७ बजेको समयमा बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ । बरामत गरिएको सामान भन्सार कार्यालय वीरगंज बुझाएको प्रहरी नायब उपरिक्षक खड्काले वताए ।

यस्तै शसस्त्र प्रहरीले भारतिय नम्बरको एक थान बलेरो जिप समेत बरामद गरेको छ । बि.आर.९ जि. ४५४६ नम्बरको बलेरो जिप आज विहान ९ बजे वीरगंज १६, भन्सार मुल गेट एरियाबाट बरामत गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

मिति २०७५/५/२६ गते देखि मिति २०७५/५/२७ गते २ दिनको नेपाल प्रबेश प्रज्ञापनपत्र लिई उक्त अवधि देखि मिति २०७५/७/६ गते सम्म ४० दिन अबैध रुपमा नेपाल बसी भारत तर्फ जादै गर्दा उक्त स्थानमा गाडी मानिस भागेको अवस्थामा रु २० लाख बराबरको बलेरो जिप बरामत गरि भन्सार कार्यालय वीरगंज बुझाइएको खड्काले वताए ।

रौतहटमा मेला हेर्न गएकी किशोरीको सामूहिक बलात्कार

0

रौतहट, ६ कात्तिक ।  दशैंको अवसरमा मेला हेर्न गएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । गुजरा नगरपालिकाको मनर्वा टोलमा मेला हेर्न गएकी १७ वर्षकी किशोरी बलात्कृत भएको प्रहरीले जनाएको छ ।

पीडित युवतीले सोमबार साँझ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् । राति मेला हेर्न जाँदा आफूलाई छिमेकी युवकले मोटरसाइकलमा राखेर घर पुर्‍याइदिने भन्दै नहरको डिलमा पुर्‍याएको र तीन जनाले बलात्कार गरेको उनले प्रहरीसामू बताएकी छन् ।

त्यही समूहले आफूलाई जंगलतर्फ लग्ने क्रममा भागेको उनले बताइन् । घटनामा संलग्न रहेका तीनै जना फरार छन् । घटनामा संलग्नहरुको खोजी भइरहेको र पीडित किशोरीको स्वास्थ्य परीक्षण गराइएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

पाेखरियामा आयोजित कुश्ती प्रतीयोगिता सम्पन्न

0

पोखरिया, ५ कात्तिक ।
पर्साकाे पाेखरियामा साेमबार कुश्ती प्रतीयोगिता सम्पन्न भएको छ । नवदुर्गा पूजा समिति पोखरियाद्वारा आयोजित प्रतियोगिता श्री रामदेव कलवार मावि परिसरमा भएको थियाे ।

प्रतियोगिता उद्घाटन प्रदेशसभा सदस्य मंजुर आलम र पोखरिया नगरका मेयर दीपनारायण रौनियारले संयुक्त रूपमा गरेका थिए । कार्यक्रममा पूर्व सांसद प्रद्युम्न चौहान, रामेश्वर रौनियार, उपमेयर सलमा खातुन, प्रमुख प्रशासकिय अधिकृत नथु साह, वडा अध्यक्ष लक्ष्मण ठाकुर लगायतको सहभागिता थियो ।

प्रतीयोगिताको फाइनल राउन्डमा भारतको पडौनाका बच्चन पहलवानले बनारसका मन्जित पहलवानलाई पराजित गरेका थिए । विजेता बच्चन पहलवानलाई पोखरियाका नागरिक अगुवा नौशाद आलमले १२ हजार नगद पुरस्कार प्रदान गरिएको स्थानिय दिनानाथ साहले वताए  ।

कालिकामाई गाउँपालिकाको वोर्ड बैठकमा जनप्रतिनिधिहरु विच हात हालाहाल

0

वीरगंज, ५ कात्तिक ।
कालिकामाई गाउँ कार्यपालिको बैठकमा आज हातपात भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को गाउँ सभा सम्बन्धमा बसेको बैठकममा दुई पक्ष बिच भनाभन हुदा हातपात समेत भएको हो ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडा अध्यक्ष संजय पटेल पक्ष विच हात हलाहाल भएको वताइएको छ ।

महिला सदस्यका श्रिमानलाई बैठकमा नवस्न अध्यक्ष नथुनि प्रसाद पक्षले अाग्रह गर्दा पनि नमानेपछि गाउँ कार्यपालिका सदस्य रञ्जिता देवि पासवानका पति कमलेश कुमार पासवान र वडा नं १ का वडा अध्यक्ष शिवनाथ प्रसाद कुर्मि विच हातपात भएकाे बैठक स्रोतले जनाएको छ ।

त्यस पक्षी तनाव पुर्ण बनेको बैठक स्थलमा गाउँपालिका अध्यक्ष कुशवाहा पक्षका वडा नं. १ का अध्यक्ष शिवनाथ राउत कुर्मी र वडा नं. ३ का अध्यक्ष संजय पटेल विच हात हलाहाल समेत भएकाे बुझिएको छ ।

दुई जनप्रतिनिधि बिच हात हलाहाल भए पक्षी बैठक स्थल गाउँ कार्यपालिकाको कार्यालय मुडली केही बेर तनाव पुर्ण बनेको थियो । सामान्य हातपात पछि मारपिट हुने ठुलाे झगडाकाे रूप लिने अवस्था सृजना भएको स्थानियहरुस्थानियहरुले बताए ।

नेपाल संघिय समाजवादी पार्टीबाट निर्वाचित अध्यक्ष कुशवाहाको पक्षमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य गरी ६ जना रहेका छन भने संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित ७ जना गाउँ कार्यपालिका सदस्य एक पक्षमा रहेका छन ।

यस भन्दा पहिला पनि यहि विषयमा छ्लफल गर्न ४ पटक बोर्ड बैठक बसिसकेको छ तर विवाद कै कारण कुनै पनि निर्णय हुन सकेको छैन ।

जगरनाथपुरमा एकल महिलाको घरमा आगलगी, एक दर्जन पशु चौपया जलेर नष्ट

0

वीरगंज, ५ कात्तिक ।
पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नं. २, पाण्डेपुरमा आइतबार राती आगलगी भएको छ । लामखुट्टे धपाउन बालिएको आगो सल्केर भएको आगलगीमा स्थानिय एकल महिला रमावती देवीको घर पूर्ण रुपले जलेर नष्ट भएको छ ।

आगलगीमा परी एक दर्जन जति पशु चौपया जलेको प्रहरीले जनाएको छ । राती २ बजेको करिबमा भएको आगलगीमा परी भैसी २ ओटा, बाख्रा १ ओटा, खसी २ ओटा र कुखरा ५ वटा जलेको प्रहरी चौकी पाडेपुरका प्रहरी सहायक निरिक्षक बिशुनदेव यादवले वताए ।

यस्तै घरमा रहेको धान, चामल, कपडालता पनि जलेर नष्ट भएको पिडितले वताएका छन । आगलगीमा परी करिब दुई लाख ५० हजार बराबारको क्षति भएको प्रहरीले जनाएको छ ।