Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

कालिकामाई गाउँपालिकाको वोर्ड बैठकमा जनप्रतिनिधिहरु विच हात हालाहाल

spot_img
spot_img

वीरगंज, ५ कात्तिक ।
कालिकामाई गाउँ कार्यपालिको बैठकमा आज हातपात भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७५/०७६ को गाउँ सभा सम्बन्धमा बसेको बैठकममा दुई पक्ष बिच भनाभन हुदा हातपात समेत भएको हो ।

गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा र वडा अध्यक्ष संजय पटेल पक्ष विच हात हलाहाल भएको वताइएको छ ।

महिला सदस्यका श्रिमानलाई बैठकमा नवस्न अध्यक्ष नथुनि प्रसाद पक्षले अाग्रह गर्दा पनि नमानेपछि गाउँ कार्यपालिका सदस्य रञ्जिता देवि पासवानका पति कमलेश कुमार पासवान र वडा नं १ का वडा अध्यक्ष शिवनाथ प्रसाद कुर्मि विच हातपात भएकाे बैठक स्रोतले जनाएको छ ।

त्यस पक्षी तनाव पुर्ण बनेको बैठक स्थलमा गाउँपालिका अध्यक्ष कुशवाहा पक्षका वडा नं. १ का अध्यक्ष शिवनाथ राउत कुर्मी र वडा नं. ३ का अध्यक्ष संजय पटेल विच हात हलाहाल समेत भएकाे बुझिएको छ ।

दुई जनप्रतिनिधि बिच हात हलाहाल भए पक्षी बैठक स्थल गाउँ कार्यपालिकाको कार्यालय मुडली केही बेर तनाव पुर्ण बनेको थियो । सामान्य हातपात पछि मारपिट हुने ठुलाे झगडाकाे रूप लिने अवस्था सृजना भएको स्थानियहरुस्थानियहरुले बताए ।

नेपाल संघिय समाजवादी पार्टीबाट निर्वाचित अध्यक्ष कुशवाहाको पक्षमा नेपाली कांग्रेसबाट निर्वाचित गाउँ कार्यपालिका सदस्य गरी ६ जना रहेका छन भने संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित ७ जना गाउँ कार्यपालिका सदस्य एक पक्षमा रहेका छन ।

यस भन्दा पहिला पनि यहि विषयमा छ्लफल गर्न ४ पटक बोर्ड बैठक बसिसकेको छ तर विवाद कै कारण कुनै पनि निर्णय हुन सकेको छैन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गाउँगाउँमा सामूहिक नवरात्र व्रत गर्नेको संख्या बढ्दै

वीरगंज । पर्सा र बाराका गाउँगाउँमा सामूहिक रूपमा नवरात्र व्रत तथा पूजा गर्ने भक्तजनको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षयता गाउँमा सामूहिक...

गहवामाई चुनरी यात्रा भव्य रुपमा सम्पन्न

वीरगञ्ज । विश्व हिन्दू परिषद् नेपालको आयोजनामा यस वर्ष पनि वीरगंजमा गहवामाई चुनरी यात्रा भव्य रूपमा सम्पन्न भएको छ । बडादशैंको पहिलो दिन घटस्थापनाको...

नारायणी वाङ्गमय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम

वीरगंज । नारायणी वाङ्गमय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन...