Date
बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
Home Blog Page 1174

वीरगंज पोखरिया सडकमा ई रिक्साको ठक्करले २ जना घाइते

0

पोखरिया, ९ कात्तिक ।
पर्साको पोखरीया बिरगंज सडकखण्डमा आज सवारी दुर्घटना हुदा २ जना घाइते भएका छन । बिन्दवासिनी गाउँपालिकाको गर्दाैल सडकमा ई रिक्साको ठक्करबाट २ जना गम्भीर घाईते भएका हुन । बहुदरमाई नगरपालिका वडा नम्बर ५ बिश्रामपुर निवासी अशोक साह कानु र पोखरीया नगरपालिका वडा नम्बर ९, सेमरवारी वर्वा निवासी अनिल साह कानु घाईते भएका छन ।

बिहान साढे १० बजेको करिबमा मोटरसाईकलमा सवार २ जनाले बा ७३ प ४०९७ नम्बरको मोटरसाईकल सडक किनारमा रोकी कुरा गरिरहेको अवस्थामा ना २ ह ३१७७ नम्बरको टेम्पोले पछाडीबाट ठककर दिदा मोटरसाईकल सहित २ जना करिब ४ फिट तल खेतबारीमा लडेर घाईते भएका हुन ।

घाईतेहरुलाई उचारको लागि ठक्कर दिने ई रिक्साले नै नारायणी उपक्षेत्रिय अस्पताल वीरगंजमा पठाइएको शशस्त्र प्रहरी बहुअवर्वा भाटठाका प्रहरी निरिक्षक मदन धानुकले वताए । घाईते साहको माटरसाईकल प्रहरी चौकी बहुअवर्वा भाटठामा राखिएको प्रहरी चौकी बहुअर्वा भाटठाका असई हरि बस्तोलाले वताए ।

घर आंगन बचत तथा ऋण सहकारी संस्थाको ११औ बार्षिक साधारण सभा सम्पन्न

0

वीरगंज, ८ कात्तिक । घर आंगन बचत तथा ऋण सहकारी संस्था वीरगंजको ११औ बार्षिक साधारण सभा अाज सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष मनोज गुुप्ताको अध्यक्षतामा र सहकारी रजिस्टार बीरगंज महानगरपालिकाको प्रमुख रामदयाल यादवको प्रमुख आथित्यतामाा कार्यक्रम भएको थियो ।

कार्यक्रममा राष्ट्रीय सहकारी बैंकका प्रमुख युवराज त्रिपाठी, नेफ्सकूँनको प्रमुख बृजेश गुप्ता, युवा तथा साना ब्यवसायि स्वरोजगारको सदस्य सुनील रौनियार, जय गणेश साकोसको शम्भू गुप्ता, पत्रकार महासंघपर्साका अध्यक्ष श्याम बंजारा, सीभील बैंक प्रदेश संयोजक दीपक श्रेष्ठ, सीभील बैंक बीरगंजका मैनेजर संतोष गुप्ता, लगायत सम्पूर्ण शेयर सदस्यहरु, साधारण सदस्यहरु सहभागिता रहेको थियो ।

वीरगंजकाे घण्टाघर स्थित रहेको सहकारी संस्थाकाे अाफ्नै कार्यालयमा भएको कार्यक्रमको संचालन मुस्कान बस्नेतले गरेकी थिन । संस्थाको शेयर पुंंजी रू ६० लाख २ हजार, बचत निक्षेप संकलन रू ५९ लाख ५४ हजार ६७, लगानीमा रू ४0 लाख ४५ हजार २ सय ३१ रहेकाे संस्थाका ब्यवस्थापक प्रभाकर गुप्ताले वताए ।

शैक्षिक भ्रमणको मांग गर्दै विद्यार्थीहरु द्वारा वडा कार्यालय र गाउँपालिका कार्यालय घेराउ

0

वीरगंज, ८ कात्तिक ।
श्री सुकई साह माध्यमिक विद्यालयका विद्यार्थीहरु शैक्षिक भ्रमणको लागि रकम मांग गर्दै आन्दोलित भएका छन । कालिकामाई गाउँपालिकाको वडा नं. २ भेडिहारीमा रहेको विद्यालयमा अध्ययनरत कक्षा १० का विद्यार्थीहरु शैक्षिक भ्रमणको लागि रु २ लाख रकम मांग गर्दै आज वडा कार्यालय र गाउँ कार्यपालिकाको कार्यालय घेराउ गरेका हुन ।

कालिकामाई गाउँपालिका वडा नं. २ को वडा कार्यालय, भेडिहारी विद्यार्थीहरुले घेराउ गरेका थिए । वडा कार्यालय घेराउको केहि बेर पछि वडा अध्यक्ष सोनालाल चौरसियाले शैक्षिक भ्रमणको लागि गाउँ कार्यपालिकालाई रु २ लाख रकम उपलब्ध गराइदिन सिफारिस गरेको विद्यार्थीहरुले वताएका छन । त्यस पछि विद्यार्थीहरु गाउँ कार्यपालिका कार्यालय मुडली पुगेका थिए ।

गाउँ कार्यपालिकाको कार्यालय पुग्दा एउटा पनि कर्मचारी नभेटेको विद्यार्थीहरुले वताए । कार्यालयमा भएका कर्मचारीहरु पनि वेपता भएको विद्यार्थीहरुको भनाई थियो । गत बर्ष पनि हामीले खेलकुदको लागि गाउँपालिकाबाट कुनै सहयोग पाएका छैन र यस बर्ष पनि पाठ्यक्रममा अधारित अतिरिक्त क्रियाकलाप प्रयोजनको लागि गाउँपालिकाले केही उपलब्ध नगराएको गुनासो विद्यार्थीहरुको छ ।

यस बिषयमा प्रमुख प्रशासकिय अधिकृत देवनाथ साह संग बुझदा आफु कार्यालयको कामले वीरगंज रहेको र केही कर्मचारीहरु विदामा रहेको वताए । अहिले गाउँ सभा नै नभएका कारण शैक्षिक भ्रमणको लागि बजेट कहांबाट उपलब्ध गराउन सकिने प्रश्न गर्दै साहले पछि उपलब्ध गराउन सकिने वताए ।

वीरगंजमा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिम हुने

0
वीरगंज, ८  कात्तिक । वीरगंजमा रहेको टिच टेक सर्भिसले सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिम २०१८ संचालनमा आउदै छ । वीरगंजको लिंकरोड अवस्थित स्मार्ट कम्प्युटर टेक्नोलोजीको कक्षा कोठामा पहिलो चोटि सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि तालिम संचालनमा आएको टिच टेक सर्भिसका प्रबन्धक शैलेश यादवले जानकारी दिए ।
सफ्टवेर सम्बन्धित क्षमता अभिवृद्धि विन्टर तालिममा आईटी, जाभा, डाटा साईन्स, नेटवरकिंग, क्लाउड कम्पुटिंग, एथिकल हैकिंग, फुट स्टक वेभ, एन्ड्रोईड विथकोर डाटा लगायतको सबै सफ्टवेर सम्बन्धित तालिम दिने यादवले बताए । विन्टर तालिममा सफ्टवेरको अध्ययन प्रत्यक्ष रुपमा हेराउने, सिकाईको प्रमाणपत्र हस्तानान्तरण गर्ने, तालिमबाट माईक्रोसफ्ट तालिम प्रमाणपत्र प्रदान गरीने , एकै साथ ५ जना नाम दर्ता गराए छुट प्रदान गरीने व्यवस्था रहेको यादवले बताए ।
तालिममा बाट दक्ष भए रोजगारीको व्यवस्था समेत प्रदान गरीने यादवले जानकारी दिए । तालिममा माईक्रो सप्ट द्धारा प्रमाणित दक्ष तथा अनुभवी प्राध्यापकले प्रशिक्षण दिने यादवको भनाई छ । सफ्टवेर सम्बन्धित तालिमका ईच्छुक व्यतिmले अंग्रजी बुझने कुनै पनि क्षेत्रका बिद्यार्थीलाई समाबेश गराईने व्यवस्था रहेको छ ।

कोठामा बोलाएर किशोरीमाथि बलात्कार प्रयास, युवक पक्राउ

0

काठमाडौं, ८ कात्तिक । किशोरीलाई आफ्नो कोठामा बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको सोल्टीमोडमा आफू बस्ने भाडाको कोठामा १४ वर्षकी किशोरीलाई बोलाएर बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनुषाको जनकपुर घर भएका २० वर्षका समीर पुलामीलाई पक्राउ गरेको हो ।

उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पारिवारिक चिनजानसमेत रहेको किशोरीलाई युवकले आफ्नो कोठामा बोलाएका थिए ।

तर कोठामा उनले यौन दुर्व्यवहार गरेपछि किशोरीका परिवारले कालिमाटी वृत्तमा उजुरी दिएका थिए । त्यसै आधारमा प्रहरीले युवकलाई पक्राउ गरेको हो । ‘घटना (बलात्कार) भएको छैन, तर केटाको गलत इन्टेन्सन (मनसाय) देखिन्छ’ एक प्रहरी अधिकारीले भने । प्रहरीले युवकविरुद्ध करणी उद्योगसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ । onlinekhabar

छठ पुजाको लागि बनाइएको माटोको कलशा र ढकाना

0

छिपहरमाई गाउँपालिकाको भिस्वामा छठ पुजाको लागि बनाइएको माटोको कलशा र ढकना । तस्बिर : कालिका टाइम्स

सांसद यादव द्वारा जगरनाथपुर पुल र छठघाट सिर्सिया नदीको अवलोकन

0

पुल मर्मतको लागि पहल गर्ने र सिर्सिया नदी सरसफाईको लागि बाताबरण बनाउन प्रजिअलाई सांसद यादवको निर्देशन

वीरगंज, ८ कात्तिक ।
पर्सा निर्वाचन क्षेत्र नं. १ का सांसद प्रदिप यादवले गन्डक नहरको बाटेमा पर्ने जगरनाथपुर पुलको अवस्थाको बारेमा स्थलगत अवलोकन गरेका छन । पुलको अवस्था निरिक्षण तथा अवलोकन गर्दा पुलको अवस्था एकदमै नाजुक र जिर्ण रहेको सांसद यादवले वताए ।

कुनै बेला पनि ठुलो दुर्घटना हुन सकने अवस्था पुलको रहेकोले सम्बन्धित निकायको ध्यान आकर्षण गराइ चाडै मर्मत गर्न पहल गर्ने यादवले वताए । सांसद यादव संगै पुलको अवस्था हेर्न प्रदेश सभा सदस्य जनत अंसारी, वडा अध्यक्ष गयासुदिन मियाँ लगायतका समेत पुगेका थिए ।

यस्तै सांसद यादवले सिर्सिया नदिको छेउमा रहेको जगरनाथपुर गाउँको छठघाट समेत अवलोकन गरेका छन । सिर्सिया नदिको फोहर र दुर्गन्धित पानीको अवस्था हेर्दा छठ पुजा कसरी हुने मलाई चिन्ता भएको सांसद यादवले वताए ।

स्थानियको गुनासो अनुसरार स्थलगत अवलोकन गर्न पुगेका सांस्द यादवले सिर्सिया नदिको अवस्था सुधारको लागि उधोग संचालकहरुलाई तत्कालै बोलाई फोहर पानी रोक्न र प्रदुषण नियन्त्रणको लागि पर्साको प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेललाई निर्देशन समेत दिएको जानकारी गराए ।

स्थानिय प्रशासनले यसमा गर्ने भुमिकामा र हिन्दुहरुको महान पर्व छठ सिर्सिया नदिका वरपरका दर्जन भन्दा बढी गाउँका समस्या समाधान गर्नमा सम्बन्धित सबैले सहयोग गर्न सांसद यादवले आग्रह समेत गरे ।

बारा प्रहरी प्रमुखमा प्रहरी उपरिक्षक सानुराम भट्टराई, शान्ति सुरक्षामा पहिला भन्दा सुधार गर्ने

0

कलैया, ८ कात्तिक ।
जिल्ला प्रहरी कार्यालय बाराको प्रमुखमा प्रहरी उपरिक्षक सानुराम भट्टराई आएका छन । प्रहरी उपरिक्षक भट्टराईले आज जिल्ला प्रहरी कार्यालयमा बाराका पत्रकारहरु संग भेटघाट गर्दै जिल्लाको शान्ति सुरक्षामा फरक ल्याउने वताएका छन ।

सबै आउने नयाँ प्रहरी उपरिक्षकहरुले सुरक्षा व्यवस्था सुधार गर्ने वताए पनि त्यस्ताको त्यस्तै रहने गरेको पत्रकारहरुको गुनासो सुन्दै प्रहरी उपरिक्षक भट्टराईले पहिला भन्दा अब सुधार हुने दावी गरे । प्रहरी कार्यालयमा पुग्ने गरेको उजरी प्रहरी प्रमुख सम्म नपुगी विच मै रहने गरेको र समस्यालाई मिलाउने काम विचौलिया मार्फत हुने गरेको पत्रकारहरुले भट्टराईलाई जानकारी गराएका थिए ।

सरकारकारमा रहेका दलका नेता तथा कार्यकर्ताहरुले पिडितको समस्या समाधान गर्ने भन्दै अगुवाई गर्ने गरेको र प्रहरीबाट सहि अनुसन्धान नभएका कारण केही निर्दोषहरु समेत फस्ने गरेको प्रहरी प्रमुख भट्टराईलाई पत्रकारहरुले जानकारी गराएका थिए ।

पत्रकारहरुको गुनासो सुन्दै प्रहरी प्रमुख भट्टराईले सबै नियम अनुसारको काम गर्ने आग्रह गर्दै सबैलाई समेटी अगाडी बढने वताए । पत्रकार भेटघाट कार्यक्रममा रंजित सिंह राठोरको पनि सहभागिता रहेको थियो ।

कपडा तस्करीको आरोपमा बहुदरमाईका मिश्रिलाल साह पक्राउ

0

वीरगंज, ७ कात्तिक ।  वीरगञ्जबाट प्रहरीले भन्सार छलेर ल्याएको कपडा लगायत विभिन्न समान बरामद गरेको छ । कपडा तस्करीमा संलग्नको आरोपमा बहुदरमाई नगरपालिका ४ बस्ने ४२ बर्षका मिश्रिलाल साहलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

साहको साथबाट डेढ लाख मूल्य बराबरको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यलय, पर्साले जनाएको छ । भारतबाट नेपालतर्फ ल्याउदै गरेको अवस्थामा वीरगञ्ज माहानगरपालिकाको विभिन्न स्थानहरुबाट कपडा, इलेक्ट्रोनिक्सका समानहरु बरामद गरिएको  प्रहरीको भनाई छ ।

प्रहरीले सुतीको साडी २०० पिस , थान कपडा १७ पिस, कुर्ता सुरुवालको १० पिस , बच्चाको कपडा ३५ पिस, बच्चाको लेहंगाँ ५ पिस, स्विच १६० पिस, पंखाको रेगुलेटर १० पिस , बोर्ड फाइवर ४ पिस ,होल्डर ८८ पिस, टुपिट ५२ पिस, लुकिङ ग्लास ३ पिस, हेडलाईट २ पिस, साइडलाइट ४ पिस, ट्रक माथि राख्ने लाइट १० पिस, ˆयाक्स लाइट ६ पिस, गाडीको वाइरिङ तार बरामद गरिएको जनाएको छ ।

गैरकानुनी तवरले विभिन्न सामानहरु भारतबाट नेपालतर्फ तथा नेपालबाट भारततर्फ ओसार पसार कार्य नियन्त्रण गर्ने क्रममा समानहरु बरामद गरिएको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । समानहरु आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जनाएको छ ।

पकहा मैनपुर गापाको लहवावरथकरीमा रक्तदान कार्यक्रम, ४३ जना द्वारा रक्तदान

0

पर्सा, ७ कात्तिक ।
पकहा मैनुरमा गाउँपालिकाको वडा नं. ४, लहावरथकरीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हिन्दुहरुको महान चाडपर्व दिपावली र छठपर्वको अवसरमा खेस्राहा बजारमा भएको खुल्ला रक्तदान कार्यक्रममा ३ महिला सहित ४३ जनाले रक्तदान गरेका छन ।

वडा अध्यक्ष ढेरी प्रसाद यादवको अध्यक्षतामा र नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री सुरेन्द्र चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल, प्रहरी उपरिक्षक रेवती ढकाल, पकहा मैनपुर गाउँपालिकाकी उपाध्यक्ष कुशमी देवी, रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।

पकहा मैनपुर गाउँपालिका वडा नं. ४ को कार्यालय, लहावरथकरीको आयोजनामा भएको रक्तदान कार्यक्रममा राजेश्वर प्रसाद कुर्मी, मनई साह गोढ, दिपक कुमार यादव, आजाद मियाँ, अबदुल हवारी, श्रीलाल कुशवाहा, मुन्ना पटेल, अनिल प्रसाद तेली, सागिर मियाँ, प्रियाँका यादव, पप्पु यादव, सदाम हुसेन, जुमराती मियाँ लगायतकाले रक्तदान गरेका छन ।