Date
सोम, अशोज १९, २०८३
Mon, October 5, 2026

भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरु उद्धार

spot_img
spot_img

काठमाडौं, ७ कात्तिक । भारतका बिभिन्न स्थानबाट ३७ नेपाली महिलाहरुलाई उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा ३७ नेपाली महिलाहरुको उद्धार गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ ।

मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारी अनुसार भारतका बिभिन्न स्थानसम्म पुर्‍याएको थियो ।

मानव तस्करीको यो सञ्जालमा तीन जना मुख्य व्यक्ति संलग्न रहेको समाचारमा उल्लेख छ । समाचारमा लेखिएअनुसार दुबईमा बस्ने अनिल नेपाली, नेपालमा रहेका गणेश तथा दिल्ली र गाजिवाद क्षेत्रमा बस्दै आएका केदारनाथ मानव तस्करी गर्ने मुख्य व्यक्ति हुन् । अनिलले दुबईबाट गणेशसमक्ष नेपाली महिलाहरुको माग पठाउँछन् । गणेशले महिलाहरुलाई जम्मा गर्दछन् र बसमार्फत केदारनाथसम्म पुर्‍याउँछन् ।

केदारनाथलाई पक्राउसमेत गरिसकिएको गाजिवादका एसएसपी वैभव कृष्णले बताएका छन् । गणेशसँगै उनका दुई सहयोगी रोमियो जोशी र ज्ञानेन्द्र गिरि पनि पक्राउ परेका छन् । जोशी र गिरीले केदारनाथ भन्ने व्यक्तिको सम्पर्कमा आएका महिलाहरुलाई इन्दिरापुरममा बस्ने व्यवस्था मिलाउने गरेको आरोप छ । त्यसबाफत केदारनाथले एक जना महिला बराबर एक हजार रुपैयाँ उनीहरुलाई दिने गरेको प्रहरीसमक्ष बताएका छन् ।

यो समूहले इन्दिरापुरम र दिल्लीको बसन्तकुञ्जको एक फ्ल्याटमा बसेर आवश्यक कागजपत्र लगायतका सबै प्रक्रिया पूरा गर्ने गरेको समाचारमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी तालिम सम्पन्न

वीरगंज । कार्बन लाभ बाँडफाँट तथा लगानी योजना तयारीसम्बन्धी एकदिने तालिम सोमबार वीरगंजमा सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता तथा सम्बन्धित सरोकारवालालाई कार्बन...

सवारी दुर्घटनामा एकको मृत्यु, १० जना घाइते

चितवन । चितवनको कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो आपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने १० जना घाइते भएका...

आजपाको केन्द्रीय बैठक : अन्तरिम संविधान र सरकारको मागसहित जनआन्दोलन अघि बढाउने निर्णय

काठमाडौं । आम जनता पार्टी (आजपा)ले मुलुकमा देखिएको राजनीतिक संकटको निकासका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठनको पहल गर्ने निर्णय गरेको छ । पार्टी...