Date
बुध, असार ४, २०८२
Wed, June 18, 2025

सुर्योदयको बार्षिकोत्सवमा आयोजित रजत जयन्ती समाहरोह सम्पन्न

पर्सा । सुर्योदय युवा क्लब, बागेश्वरी तित्रौना, पर्साको २५ औं बार्षिक सधारण सभा तथा रजत जयन्ती समाहरोह शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष लोकनारायण प्रसाद यादवको अध्यक्षतामा भएको समाहरोहको उदघाटन प्रदेश सांसद अशिया देवी थारुइनले गरेकी थिइन ।

- Advertisement -

२०५१ सालमा स्थापना भई निरन्तर समाजिक कार्य गर्दै आएको गैर सरकारी संस्था सुर्योदयले २४ औं बर्ष पुरा गरी २५ औं वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती समाहरोहको आयोजना गरेको थियो । समाहरोहमा सांस्कृत कार्यक्रम समेत भएको थियो ।

पर्सागढी नगरपालिकाको वडा नं. ६ स्थित रहेको संस्थाको प्राङ्गणमा भएको कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य अशोक गुप्ता, गैसस महासंघ नेपाल पर्साका अध्यक्ष छठु साह, वडा अध्यक्ष रामजी साह, काशी राउत, किशुनदेव प्रसाद यादव, किशोरी राउत अहिर लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमको संचालन संस्थाका कार्यक्रम संयोजक दिपेन गिरी राज कडेलले गरेका थिए भने स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष गोमा देवी सिंहले गरेकी थिइन । सधारण सभाको उदघा सत्रमा संस्थाको आर्थिक बर्ष २०७४/०७५ को आय व्यय रु ९९ लाख ७१ हजार ४ सय ६७ बराबरको आर्थिक प्रतिवेदन संस्थका सचिव पानलाल साहले प्रस्तुत गरेका थिए ।

सोही समाहरोहमा सुर्योदय बचत तथा ऋण सहकारी संस्थाको २३ औं सधारण सभाको उदघाटन समेत गरिएको थियो । उदघाटन सत्र तथा रजतजयन्ती समाहरोह मै ढिलो भएका कारण शनिबार सधारण सभाको बन्द सत्र हुन सकेन र मंगलबार बन्द सत्र हुने संस्थाका गिरी राज कडलले वताए ।

ताजा अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नबिल बैंककर्मी सन्तोष साहद्वारा सडक दुर्घटनाबाट दुई युवाको साहसी उद्धार

बारा | नबिल बैंक लिमिटेडमा कार्यरत कर्मचारी सन्तोष कुमार साहले बाराको नितनपुरमा भएको एक गम्भीर सडक दुर्घटनामा घाइते भएका दुई युवाको साहसी र तत्काल...

संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न माग

काठमाडौं । मधेशी अधिकृत समाज, नेपालले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई संसदमा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०८१ मा मधेशी...

वडाअध्यक्ष स्वर्णकारद्वारा रक्तसञ्चार केन्द्र वीरगंजलाई एसी हस्तान्तरण

वीरगंज । नेपाल रेडक्रस सोसाइटी पर्सा जिल्ला शाखाअन्तर्गत सञ्चालनमा रहेको रक्तसञ्चार केन्द्र, वीरगञ्जलाई वडानम्बर ३ का वडाध्यक्ष बैजुलाल स्वर्णकार नेतृत्वको वडा समितिले एसी (एयर...