Date
बिहि, कार्तिक १३, २०८३
Thu, October 29, 2026

रेडक्रस उप शाखा पोखरियाको सभापतिमा पुन कुर्मी, पत्रकार बानियाँ सम्मानित

spot_img
spot_img

पर्सा । नेपाल रेडक्रस सोसाइटी उप शाखा पोखरियाको सभापतिमा पुन भगवान प्रसाद कुर्मी सर्ब सहमत चयन भएका छन । उप शाखा पोखरियाको शनिबार सम्पन्न २९ औं अधिबेशनले कुर्मीको सभापतित्वमा ९ सदस्यि समिति चयन गरेको हो । जुन समितिमा विनोद गिरी, राजेश्वर रौनियार, पर्वत ठाकुर, हिमाञ्चल साह, विजय कुर्मी, चन्द भुषण प्रसाद, प्रयाज्ञ महतो, गोरख साह रहेका छन । यस्तै मनोनित सदस्यमा सुभ्रदा थापा सर्बसहमत चयन भएकी छिन ।

श्री जिल्ला उचांगल रामदेव कलवार मा.वि. पोखरियामा भएको अधिबेशनको उदघाटन सत्रमा आर्थिक बर्ष २०७४/०७५ को रु १७ लाख ६८ हजार ६ सय ४० बराबरको आय व्यय प्रस्तुत गरिएको थियो । समाहरोहमा पूर्व सांसद प्रधुमन चौहान, रामेश्वर रौनियार, पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियार, नेपाल रेडक्रस सोसाइटी प्रदेश नं. २ का संयोजक फुलमहमद मियाँ, पर्सा शाखाका मन्त्री बिरेन्द्र राज कडेल, कोषाध्यक्ष महन्थ यादव, उप सभापति भागवती चौधरी लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा पत्रकार लालबाबु बानियाँलाई सम्मान समेत गरिएको थियो । पर्साको ग्रामिण भेगमा क्रियाशिल भई पत्रकारिता गर्दै आएका बानियाँले रेडक्रस उप शाखा पोखरियालाई सहयोग गरेको भन्दै दोसल्ला ओढाई प्रमाण पत्रले सम्मान गरिएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...