Date
आइत, साउन १०, २०८३
Sun, July 26, 2026

प्रअ सरुवाको विषयमा माईस्थान र त्रिजुद्धमा विवाद, अराजक गतिविधि गर्नेलाई कर्वाही हुन्छ : सरावगी

spot_img
spot_img

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले प्रधानाध्यापकहरुको सरुवा गरेपछि महानगरका दुईवटा विद्यालयको पठनपाठन सहित परीक्षा नै प्रभावित भएको छ । महानगरपालिकाको शिक्षा महाशाखाले वीरगन्ज महानगरका आठवटा माध्यमिक विद्यालयका प्रधानाध्यापाकको सरुवा गरेपछि शिक्षकले सरुवालाई कारण देखाएर पठनपाठन र परीक्षा नै स्थगित गरेका छन् ।

वीरगन्जको माइस्थान स्थित रहेको माइस्थान विद्यापीठ माध्यमिक विद्यालयमा प्रधानाध्यापक विनोद मेहताको सरुवा गरिएको विरोधमा विद्यार्थीहरु आन्दोलित नै भएका छन् । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले मेयर विजय सरावगीका विरुद्ध नाराबाजी गर्दै प्रदर्शन समेत गरेका छन् ।

प्रधानाध्यापक विनोद मेहतालाई महानगरपालिकाले अन्य विद्यालयमा सरुवा गरेको विरोधमा त्यस विद्यालयका शिक्षक पठनपाठन ठप्प पारेर गत शुक्रबारदेखि नै आन्दोलनमा छन् । पठनपाठनको गुणस्तर र भौतिक संचरनाले समेत धरायसी भइसकेको विद्यालयलाई आफनो कार्यकालमा प्रधानाध्यापक मेहताले थुप्रै सुधार गरेर जिल्लाकै उत्कृष्ट विद्यालयका रुपमा पहिचान दिलाउन सफल भएको भन्दै माइस्थान विद्यापिठका शिक्षकले मेहताको सरुवाको विरोध गरेका हुन् ।

सरुवा भएका प्रधानाध्यापक मेहताले पनि मेयर सरावगीले आफू निकटका तीनजना प्रधानाध्यापकलाई राम्रा विद्यालयमा ल्याउनका लागि नियमविपरित सरुवा गरेको बताए ।

यसैगरि वीरगन्जको विर्तामा रहेको त्रिजुद्ध रघुवीरराम महावीर प्रसाद माविमा प्रधानाध्यापकको सरुवाबाट असन्तुष्ट शिक्षकको आन्दोलनका कारण आइतबार उक्त विद्यालयका विधार्थी परीक्षा दिनबाट समेत बन्चित भएका छन् । आइतबार बिहान अन्य विद्यालयमा सरुवा भएका प्रधानाध्यापक नविन मिश्रा र उनका पक्षधर शिक्षकले परीक्षा स्थगित गरिएको भन्दै सूचना टाँसेपछि विधार्थी परीक्षा दिनबाट बन्चित भएका हुन् ।

मिश्रसहितका शिक्षक आफैले आइतबार बिहान परीक्षा दिन पुगेका विधार्थीलाई परीक्षा स्थगीत भएको भन्दै विधार्थीलाई घर जान निर्देशन दिएका थिए । तर सरुवाको पक्षमा रहेका शिक्षकले परीक्षा सन्चालन हुने अडान लिएपछि विद्यालयमा तनाव नै सृजना भएको थियो ।

शिक्षकको उक्साहटमा दुई गुटमा विभाजित भएका विधार्थीले सरुवा भइ अर्कै विद्यालयमा पठाइएका र सरुवा भइ विद्यालयमा आएका प्रध्यानाध्यापकको पक्ष विपक्षमा नाराबाजी गर्दै एकआपसमा हानाहान समेत गरेपछि विद्यालय परिसर झनै तनावग्रस्त बन्न पुगेको थियो ।

विधार्थीबीच झपड भएपछि वडा प्रहरी कार्यालय वीर्ताबाट आएका प्रहरीले स्थिति नियन्त्रणमा लिएको थिए । शिक्षक र विद्यार्थीबीच विवाद भएपछि संघीय समाजवादी फोरम नेपाल, राजपा, कांग्रेसका दर्जनौं नेता कार्यकर्ता पनि विद्यालय परिसरमा छिरेका थिए ।

पछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय कुमार कलवार सहितका केही शिक्षकले छलफलबाट समस्या सामधान गर्ने आश्वासन दिएपछि भने विधार्थी परीक्षा नै नदिइ घर फर्किएका थिए । प्रधानाध्यपकको सरुवा, नियमित प्रक्रिया भएपनि आफ्नो स्वार्थका लागि शिक्षक, शिक्षिकाले राजनीति दलको उक्साहटमा लागेर विधार्थीबीच नै झगडा लगाउने काम गरेका छन् ।

यस विषयमा वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत डाक्टर भीष्म कुमार भुषालले महानगरको शिक्षा महाशाखाले नियम संगत ढंगले विधि पु¥याएर प्रधानाध्यापकको सरुवा गरेको बताए । शिक्षकको सरुवा र बढुवा नियमित प्रक्रिया हो, त्यही नियमित अन्तर्गत महानगरले सरुवा गरेको उनको भनाई छ ।

सरकारको जागिर खाइ सकेपछि म अन्त जान्न, यहि नै बस्छु भनेर कुनै पनि कर्मचारीले भन्न नपाउने बताए । तर महानगरपालिकाकी उपमेयर शान्ति कार्कीले भने बोर्डमा कुनै सरसल्लाह नै नगरी मेयर सरावगीले आफू खुशी प्रधानाध्यापकको सरुवा गरेको आरोप लगाइन् ।

अहिले सबै विद्यालयमा परीक्षा चलिरहेका बेला प्रअहरुको सरुवा गरेर विद्यालयको पठनपाठन प्रभावित भएको भन्दै यो सरुवा नियमसंगत नै नरहेको आरोप लगाउँदै आफू यो सरुवाको विपक्षमा रहेको बताइन् ।

यता मेयर सरावगीले विद्यार्थीहरूलाई उस्काएर हेडमास्टरहरूले गलत संस्कारको विकास गरेको बताएका छन् । उनले विवाद समाधानको लागि महानगरपालिकामा वार्ता भएको बताए । तर सरुवा भएका प्रअहरू सुरुवा गरिएको ठाउँमा नजाने र मेयरले पनि सरुवाको अडान लिएपछि वार्ता सफल भएन ।

महानगरले वीरगंजको माईस्थान विद्यापीठका प्रअ विनोद मेहतालाई सुखचैना माविमा, सुखचैना माविका प्रअ दिनेश चौरसियालाई रेल्वे माविमा, नृसिंह माविका प्रअ हरेन्द्र कुर्मीलाई त्रिजुद्धमा, सुरजीदेवीका प्रअ अनिल वर्णवाललाई नृसिंहमा, त्रिजुद्ध माविका प्रअ नवीन मिश्रलाई सुरजीदेवीमा, रेल्वे माविका प्रअ देवशरण यादवलाई सोलकपुर माविमा, कोन्हिया माविका प्रअ मुतुर्जा हवारीलाई माईस्थानमा तथा रात्रि माविका प्रअ पुरुषोत्तम मिश्रलाई कोन्हिया माविमा सरुवा गरिएको छ ।

यसैगरि आइतबार साँझ नै मेयर विजय सरावगीले पत्रकार सम्मेलन गरि प्रअ सरुवामा कुनै किसिमको कमि कमजोरी नभएको बताए । उनले धेरै दिनदेखि एउटै विद्यालयमा रहेका प्रअलाई नियमपूर्वक सरुवा गरिएको बताए । विद्यार्थीहरुलाई उस्काएर अराजक गतिविधि गर्नेलाई कर्वाही समेत गरिने प्रअ सरावगीले वताए । सरुवा गरिएको आठ विद्यालयका खाता समेत रोका गरिएको उनले जानकारी गराए । शिक्षा माफियाको विरोधमा आफु लागेको उनको भनाई थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको १०औँ पद हस्तान्तरण सम्पन्न, नयाँ नेतृत्वलाई जिम्मेवारी

वीरगञ्ज । रोट्रयाक्ट क्लब अफ वीरगञ्ज मेट्रोपोलिसको रोटरी वर्ष २०२६–२७ का लागि १०औँ पद हस्तान्तरण तथा पदभार ग्रहण कार्यक्रम शनिबार वीरगंजमा सम्पन्न भएको छ। क्लबका...

नारायणी अस्पतालमा बिरामी मृत्यु प्रकरण : छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन आउने

वीरगंज । वीरगंजस्थित नारायणी अस्पतालमा उपचारका क्रममा एक बिरामीको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । वीरगञ्ज महानगरपालिका–२५ निवासी ४५ वर्षीय राजकुमार...

सरकार बदलियो तर देशको सिच्युएशन बदलिएन : प्रभु साह

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले रास्वपा नेतृत्वको सरकारले मुलुकलाई सही तवरले नेतृत्व प्रदान गर्न नसक्दा छोटो समयमा असन्तुष्टि...