Date
शनि, मंसिर १२, २०८३
Sat, November 28, 2026

वीरगंजका प्रमुख प्रशासकीय अधिकृत बोहोराको बिदाई

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर बोहोराको सरुवा भएपछि शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ ।

महानगर प्रमुख राजेशमान सिंहले खादा तथा माला ओढाएर बोहोरालाई बिदाइ गर्नुभएको हो । कार्यक्रममा महानगर प्रमुख सिंहले बोहोराको आगामी कार्यकालको उत्तरोत्तर प्रगतिको कामना गर्दै महानगरपालिकामा कार्यरत रहँदा पुर्‍याउनुभएको सहयोग, सहकार्य र योगदानप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

बोहोरा छ महिनामै वीरगंज महानगरपालिकाबाट सरुवा हुनुभएको हो । बोहोरालाई गत जेठ ११ गते भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट सरुवा गरी वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पठाइएको थियो ।

मन्त्रिपरिषद्को २०८३ मंसिर ५ गतेको बैठकले उहाँलाई वीरगंजबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो । उहाँको स्थानमा अर्थ मन्त्रालयमा कार्यरत सहसचिव निर्मल ढकाललाई वीरगंज महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाएको छ ।

बिदाइ कार्यक्रममा बोहोराले मधेस प्रदेशको एकमात्र महानगरपालिकामा आएर काम गर्ने अवसर पाउनु आफ्नो लागि सुखद अनुभव रहेको बताउनुभयो । उहाँले वीरगंज काठमाडौं महानगरपालिकापछि आन्तरिक आम्दानीको ठूलो सम्भावना बोकेको महानगरपालिका भएको उल्लेख गर्दै यहाँ सम्भावनासँगै विकास र समृद्धिका प्रशस्त अवसर रहेको बताउनुभयो ।

महानगरपालिकाले पछिल्लो समय विभिन्न क्षेत्रमा तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै उहाँले महानगर प्रमुख राजेशमान सिंहसँगै रहेर अझै लामो समय काम गर्ने इच्छा हुँदाहुँदै पनि सरुवा भएर जानुपर्ने अवस्था आएको बताउनुभयो ।

‘कर्मचारी भएपछि सरकारले खटाएको ठाउँमा गएर जिम्मेवारी निर्वाह गर्नुपर्छ। वीरगंजमा अझै केही समय रहेर महानगर प्रमुखज्यूसँगै काम गर्ने इच्छा थियो, तर सरकारको निर्णयअनुसार जानुपर्ने भयो,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा फेरि सँगै काम गर्ने अवसर मिल्यो भने सहकार्य गर्न सधैँ तयार छु।’

उहाँले वीरगंज महानगरपालिकामा बिताएको समय, जनप्रतिनिधि तथा कर्मचारीहरूसँगको सहकार्य र यहाँबाट प्राप्त आत्मीयतालाई सधैँ स्मरण गरिरहने बताउनुभयो।
बोहोराको सम्मानमा महानगरपालिकाले आयोजना गरेको ‘फेरि भेटौँला’ कार्यक्रममा सहभागी कर्मचारीहरूले उहाँसँगको कार्यकालका अनुभव र सहकार्यलाई स्मरण गर्दै आगामी कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए।

महानगरपालिकाका प्रशासन महाशाखा प्रमुख कीर्तिराज सुवेदीले बिदाइ कार्यक्रम भावुक र अविस्मरणीय रहेको उल्लेख गर्दै बोहोराले कार्यकालका क्रममा पुर्‍याउनुभएको योगदान, सहकार्य, मार्गदर्शन र आत्मीयताप्रति आभार व्यक्त गर्नुभएको छ।

उहाँले सरुवा सेवा प्रवाहको नियमित प्रक्रिया भए पनि कार्यकालमा बनेका आत्मीय सम्बन्ध र सम्झनाहरू सधैँ रहिरहने उल्लेख गर्दै बोहोराको आगामी कार्यकाल सफल, सुखद र उपलब्धिमूलक रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वार्षिकोत्सवमा पूर्वशिक्षक तथा शिक्षाप्रेमी सम्मानित

सेढवा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको...

वीरगंजको क्यासिनोमा प्रहरीकाे छापा, १२ जना पक्राउ

वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो, श्रीमानसहित ३ पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको...