Date
शुक्र, मंसिर ११, २०८३
Fri, November 27, 2026

वार्षिकोत्सवमा पूर्वशिक्षक तथा शिक्षाप्रेमी सम्मानित

spot_img
spot_img

सेढवा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने पूर्वशिक्षक तथा शिक्षाप्रेमीहरूलाई सम्मान गरिएको छ ।

वि.सं. २०२८ सालमा स्थापना भएको विद्यालयले ‘हाम्रो विद्यालय, हाम्रो पहिचान ! हाम्रो गौरव, हाम्रो स्वाभिमान !!’ भन्ने मूल नाराका साथ वार्षिकोत्सव तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गया प्रसाद थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका दाता तथा पूर्वमन्त्री मोहनलाल चौधरी प्रमुख अतिथिका रूपमा सहभागी थिए । विद्यालयको शैक्षिक उन्नति, विकास र प्रगतिमा योगदान पुर्‍याएका पूर्वशिक्षक तथा शिक्षाप्रेमीहरूलाई सम्मान गर्दै विद्यालयले उनीहरूको योगदानको कदर गरेको हो ।

वि.सं. २०२८ सालमा स्थापना भएको विद्यालयले ५५ वर्षको शैक्षिक यात्रा पूरा गर्दै स्थानीय क्षेत्रमा शिक्षाको पहुँच विस्तार तथा गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको क्यासिनोमा प्रहरीकाे छापा, १२ जना पक्राउ

वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो, श्रीमानसहित ३ पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको...

राष्ट्रिय खेलकुदमा मधेशको पहिलो पदक, हरिनारायण साहले जिते कांस्य

वीरगंज । कर्णाली प्रदेशमा जारी १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेश प्रदेशले पहिलो पदक जितेको छ । शारीरिक सुगठनअन्तर्गत क्लासिक बडीबिल्डिङको मेन्स क्लासिकल ओपन विधामा...