Date
शुक्र, मंसिर ११, २०८३
Fri, November 27, 2026

गौरमा विद्यार्थीलाई लागुऔषधविरुद्ध सचेतना, स्वस्थ जीवनशैली अपनाउन आग्रह

spot_img
spot_img

गौर । रौतहटको गौर नगरपालिका–५ स्थित आईबीए विद्यालयमा लागुऔषध दुर्व्यसनविरुद्ध सचेतना फैलाउने उद्देश्यले ‘Drug Abuse Prevention Campaign’ तथा ‘Healthy Mission, Healthy Life’ नारासहित विशेष सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा कक्षा ८, ९ र १० का विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा प्रशिक्षक एनबी कुशवाहाले लागुऔषध सेवनको सुरुवात, दुर्व्यसनमा फस्ने अवस्था तथा यसले व्यक्तिको शारीरिक, मानसिक, पारिवारिक र सामाजिक जीवनमा पार्ने नकारात्मक असरबारे विद्यार्थीहरूलाई जानकारी गराएका थिए। उनले लागुऔषधबाट टाढा रहन र सचेत जीवनशैली अपनाउन आग्रह गरे।

अतिथि निलु झाले मानसिक स्वास्थ्य र सकारात्मक सोचको महत्त्वबारे चर्चा गर्दै मानसिक रूपमा स्वस्थ रहन सके दुर्व्यसनबाट टाढा रहन सहज हुने बताइन्। उनले विद्यार्थीहरूलाई सामाजिक बन्न, सकारात्मक सोच राख्न र आफ्नो मानसिक स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन्।

विद्यालयका प्रिन्सिपल सन्तोष पौडेलले लागुऔषधविरुद्धको अभियान घर, परिवार र साथीभाइबाटै सुरु गर्नुपर्ने बताए। आफू मात्र दुर्व्यसनबाट टाढा रहेर नपुग्ने भन्दै वरपरका व्यक्तिलाई समेत सचेत गराउन र आवश्यक सहयोग गर्न विद्यार्थीहरूलाई आग्रह गरे।

कार्यक्रम संयोजक शैलेन्द्र यादवले मधेस प्रदेशलाई नशामुक्त बनाउने अभियानको प्रारम्भिक प्रयासका रूपमा कार्यक्रम आयोजना गरिएको बताए। अभियानको परिणाम सकारात्मक र प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

कार्यक्रममा जेएनजी अभियन्ता सुबोध पासवान, सन्दीप जयसवाल, कुनाल सिंह, भवन गिरिलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले लागुऔषधको असर, दुर्व्यसनबाट बच्ने उपाय तथा स्वस्थ र अनुशासित जीवनशैलीबारे जानकारी हासिल गरेका थिए। सचेतनामूलक सन्देशसहित कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वार्षिकोत्सवमा पूर्वशिक्षक तथा शिक्षाप्रेमी सम्मानित

सेढवा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको...

वीरगंजको क्यासिनोमा प्रहरीकाे छापा, १२ जना पक्राउ

वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो, श्रीमानसहित ३ पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको...