Date
शुक्र, मंसिर ११, २०८३
Fri, November 27, 2026

किसानको बुढेसकाल सुरक्षित गर्न पेन्सनको व्यवस्था गर : आजपा नेता कुशवाहा

spot_img
spot_img

वीरगंज । आम जनता पार्टी (आजपा) मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहाले किसानको बुढेसकाल सुरक्षित गर्न सरकारले किसान पेन्सन कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गर्दै कुशवाहाले दिनरात खेतबारीमा पसिना बगाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने किसानको भविष्य सुरक्षित गर्न किसान पेन्सनको व्यवस्था गर्नुपर्ने बताएका हुन् ।

उनले किसानले आफ्नो सम्पूर्ण जीवन कृषि पेसामा समर्पित गरे पनि बुढेसकालमा आर्थिक सुरक्षाको अभाव झेल्नुपर्ने अवस्था दुःखद रहेको उल्लेख गरेका छन् ।

“दिनरात खेतबारीमा पसिना बगाएर देशलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन योगदान गर्ने किसानका लागि किसान पेन्सनको व्यवस्था कहिलेसम्म हुन्छ ?” भन्दै उनले प्रधानमन्त्री शाहसँग प्रश्न गरेका छन् ।

किसानको श्रम, योगदान र समर्पणको उचित सम्मान गर्दै उनीहरूको बुढेसकालमा आर्थिक सुरक्षा सुनिश्चित गर्नु सरकारको दायित्व भएको कुशवाहाको भनाइ छ । उनले किसानको जीवनस्तर सुधार र सामाजिक सुरक्षाका लागि किसान पेन्सन कार्यक्रम तत्काल लागू गर्न सरकारसँग माग गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वार्षिकोत्सवमा पूर्वशिक्षक तथा शिक्षाप्रेमी सम्मानित

सेढवा । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२, औराहाँ पञ्चगावाँस्थित श्री दीपनारायण आदर्श नमुना माध्यमिक विद्यालयले आफ्नो ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ । वार्षिकोत्सवको...

वीरगंजको क्यासिनोमा प्रहरीकाे छापा, १२ जना पक्राउ

वीरगंज । वीरगंजको एक क्यासिनोमा नेपाली नागरिकलाई अनधिकृत रूपमा प्रवेश गराई जुवा खेलाएको आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका...

रौतहटमा जलाउँदै गरेको महिलाको शव प्रहरीले नियन्त्रणमा लियो, श्रीमानसहित ३ पक्राउ

रौतहट । रौतहटको दुर्गा भगवती गाउँपालिका–५ स्थित बागमती नदीको बगरमा जलाउँदै गरिएको एक महिलाको शव प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरेर शव जलाउन खोजिएको...