Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

कालिकामाईका ६ समस्या समाधान गर्न प्रशासनमा ज्ञापनपत्र

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१ का स्थानीयवासीले वडाका विभिन्न समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

स्थानीय सन्देश यादव र श्यामप्रसाद कुशवाहाले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै गाउँपालिकामा देखिएका जनसरोकारका विभिन्न समस्या समाधानका लागि पहल गरिदिन माग गरेका हुन् ।

ज्ञापनपत्रमा कालिकामाई गाउँपालिकाको कार्यालयमा भएको आगजनी घटनाको निष्पक्ष र पारदर्शी छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग गरिएको छ । घटनामा पालिकाका पदाधिकारीले प्रमाण नष्ट गर्ने उद्देश्यले वा राजनीतिक प्रतिशोधका कारण अन्य पक्षबाट आगजनी गराइएको हुन सक्ने आशंका व्यक्त गर्दै संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन उनीहरूले माग गरेका छन् ।

त्यसैगरी, पार्टी परित्यागका कारण वडा नं. १ का वडाध्यक्ष पदमुक्त भएपछि वडा कार्यालयबाट प्रदान गरिने दैनिक सेवा प्रभावित भएको भन्दै नागरिकलाई सहज सेवा उपलब्ध गराउने वैकल्पिक व्यवस्था तत्काल गर्न माग गरिएको छ ।

ज्ञापनपत्रमा वडा नं. १ अन्तर्गत रविदास, टिनडोबिया र मुडलीका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायसँग पहल गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, मुडली, तिनडोबिया र रविदासका किसानलाई सिँचाइमा सहजता प्रदान गर्न गाउँको पूर्व तथा उत्तर–दक्षिणतर्फ बग्ने नहरको समयमै सरसफाइ र व्यवस्थापन गर्न माग गरिएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत गाउँपालिकामा रासायनिक मलको आपूर्ति बढाई प्रत्येक कोटामा ४२० बोराको सट्टा ६ हजार बोरा मल उपलब्ध गराउनुपर्ने मागसमेत गरिएको छ ।

यसैगरी, गाउँपालिकाका विद्यालयमा शिक्षक अभाव रहेको भन्दै तीन वर्षअघि अर्थात् २०८० पुस १६ गते प्रकाशित स्वयंसेवक शिक्षक तथा कर्मचारी पदपूर्तिसम्बन्धी सूचना कार्यान्वयन गरी माध्यमिक र निम्न माध्यमिक तहमा आवश्यक शिक्षक नियुक्त गर्न माग गरिएको छ ।

ज्ञापनपत्र बुझाउनेहरूले उल्लिखित मागहरूमा आवश्यक छानबिन गरी सम्बन्धित निकायमा पत्राचार गर्न र समस्या समाधानका लागि तत्काल पहल गर्न प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कर दिवसकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगंज, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन्...

‘पोषक ब्रिडर फार्म प्रालि’ लाई ‘उत्कृष्ट करदाता–सम्मान’

बारा । आन्तरिक राजस्व कार्यालय सिमराले ‘पोषक ब्रिडर फार्म प्रालि’ लाई उत्कृष्ट करदाताको छनौट गरी सम्मान गरेको छ । ‘१५औँ राष्ट्रिय कर दिवस, २०८३’...

बारामा क्रसर सञ्चालक पटेलमाथि आक्रमण, एक जना घाइते

वीरगंज । बाराको महागढीमाई नगरपालिका–१ स्थित पासाहा पुलनजिक रहेको शुभश्री जगदम्बा वासिङ एण्ड क्रसिङ कम्पनीका सञ्चालक अनिल कुमार पटेलमाथि आक्रमण भएको छ । शनिबार...