बारा । आन्तरिक राजस्व कार्यालय सिमराले ‘पोषक ब्रिडर फार्म प्रालि’ लाई उत्कृष्ट करदाताको छनौट गरी सम्मान गरेको छ । ‘१५औँ राष्ट्रिय कर दिवस, २०८३’ को अवसरमा यहाँ आज आयोजित कार्यक्रममा आन्तरिक राजस्व विभाग, आन्तरिक राजस्व कार्यालय सिमराले सम्मान गरेको हो ।
कार्यालयले आर्थिक वर्ष २०८१/०८२ मा आन्तरिक राजस्व कार्यालय सिमरा कार्यालयको कार्यक्षेत्र अन्तर्गत दर्ता रहेका करदातामध्ये उद्योगतर्फ आयकर दायिखलाको आधारमा उत्कृष्ट करदाताको रुपमा छनोट गरी कदर स्वरुप जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी खनानन्द अधिकारीले रुङ्टा वेलफेयर सोसाइटीका अध्यक्ष तथा उद्योगी सुरेश कुमार रुङ्गताले सम्मान–पत्र हस्तान्तरण गर्नुभयो ।
ब्रिडर फार्म रुङ्टा ग्रुपसँग सम्बन्धित कुखुरापालन तथा हाचरी व्यवसाय हो । परवानीपुर गाउँपालिका–३, बारामा सन् २०१६ मा स्थापना गरिएको सो फार्मले व्यवसाय भनेको चल्ला उत्पादन, कुखुराको खण्डा तथा हाचरी सञ्चालन गर्दै आएको छ ।








