Date
सोम, मंसिर ७, २०८३
Mon, November 23, 2026

कर दिवसकाे अवसरमा वीरगंजमा रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय कर दिवस तथा कर सप्ताह–२०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय वीरगंज, पर्साले आयोजना गरेको रक्तदान कार्यक्रममा ४२ जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेमा एक महिलासमेत रहेकी छन् ।

आन्तरिक राजश्व कार्यालय, वीरगंजकाे प्राङ्गणमा सोमबार आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले जानकारी दिए ।

कार्यालयका प्रमुख कर अधिकृत गजेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अजय कुमार मल्लिक, रमेश कुर्मी, सन्दिप कुमार यादव, बिरेन्द्र प्रसाद चौधरी, विशेश्वर राय, कन्हैया यादव, मिठु कुमार राम, प्रदीप केशरी, संजय कुमार सिंह, प्रेम तिवारी, रामबाबु साह, नितेश कुमार कर्ण, अर्जुन पटेल, रोशन पटेल, सुजित कुमार ठाकुर, जित बहादुर रावल र शेहरन एसमिनलगायतले रक्तदान गरेका थिए ।

“कर न्याय र सुशासनको सुनिश्चितता : समृद्धिमा नागरिक सहभागिता” भन्ने नारासहित सप्ताहव्यापी रूपमा सञ्चालन गरिएको कर दिवससम्बन्धी कार्यक्रमको अन्तिम दिन रक्तदान कार्यक्रम आयोजना गरिएको कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कालिकामाईका ६ समस्या समाधान गर्न प्रशासनमा ज्ञापनपत्र

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–१ का स्थानीयवासीले वडाका विभिन्न समस्या समाधानको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् । स्थानीय सन्देश यादव र...

‘पोषक ब्रिडर फार्म प्रालि’ लाई ‘उत्कृष्ट करदाता–सम्मान’

बारा । आन्तरिक राजस्व कार्यालय सिमराले ‘पोषक ब्रिडर फार्म प्रालि’ लाई उत्कृष्ट करदाताको छनौट गरी सम्मान गरेको छ । ‘१५औँ राष्ट्रिय कर दिवस, २०८३’...

बारामा क्रसर सञ्चालक पटेलमाथि आक्रमण, एक जना घाइते

वीरगंज । बाराको महागढीमाई नगरपालिका–१ स्थित पासाहा पुलनजिक रहेको शुभश्री जगदम्बा वासिङ एण्ड क्रसिङ कम्पनीका सञ्चालक अनिल कुमार पटेलमाथि आक्रमण भएको छ । शनिबार...