Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

पत्रकार सिंहमाथि आक्रमण, दोषीलाई कारबाही गर्न प्रेस चौतारीको माग

spot_img
spot_img

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ भेडियाहीमा दैनिक जागरण पत्रिकाका सम्पादक एवं प्रेस चौतारी नेपाल पर्साका सदस्य राजन कुमार सिंहमाथि कुटपिट भएको घटनाप्रति प्रेस चौतारी नेपाल पर्साले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष निरञ्जन मिश्रद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८३ साल कात्तिक ३० गते राति करिब ९ः३० बजे भेडियाही गाउँदेखि हनुमान चोक नजिकै सिंहमाथि केही व्यक्तिले एक्कासि आक्रमण गरी कुटपिट गरेका थिए ।
विज्ञप्तिमा भुलन भन्ने प्रितम कुमार शर्राफ, नरेश भन्ने चन्दन कुमार शर्राफ, गणेश भन्ने रवि कुमार शर्राफ, उमेश भन्ने राजन शर्राफ र रास कुमार शर्राफले संयुक्त रूपमा सिंहमाथि आक्रमण गरेको उल्लेख गरिएको छ ।

व्यक्तिगत रिसइबीका कारण भएको भनिएको उक्त घटनाको सत्यतथ्य छानबिन गरी संलग्न दोषीलाई प्रचलित ऐन कानुनबमोजिम कारबाही गर्न प्रेस चौतारी नेपाल पर्साले सम्बन्धित निकायसँग माग गरेको छ ।

पत्रकारमाथि भएको आक्रमणको घटनालाई गम्भीर रूपमा लिँदै निष्पक्ष अनुसन्धान र दोषीमाथि कानुनी कारबाही हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालविवाह रोक्न पटेर्वा सुगौलीमा विवाहपूर्व उमेर प्रमाणीकरण अनिवार्य

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा बालविवाह रोकथामका लागि लागू गरिएको विवाहपूर्व उमेर प्रमाणीकरण तथा सिफारिस प्रणालीको प्रभावकारी कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

भारतमा ७६.६६ ग्राम लागुऔषधसहित नेपाली नागरिक पक्राउ

वीरगन्ज । भारतको आदापुरस्थित श्यामपुर चोकबाट ७६.६६ ग्राम स्म्याकजस्तो देखिने लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन् । भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि...

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । जिल्ला प्रहरी...