Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

भारतमा ७६.६६ ग्राम लागुऔषधसहित नेपाली नागरिक पक्राउ

spot_img
spot_img

वीरगन्ज । भारतको आदापुरस्थित श्यामपुर चोकबाट ७६.६६ ग्राम स्म्याकजस्तो देखिने लागुऔषधसहित एक नेपाली नागरिक पक्राउ परेका छन् ।

भारत–नेपाल सीमा क्षेत्रमा लागुऔषध तस्करी नियन्त्रणका लागि सञ्चालन गरिएको संयुक्त अभियानअन्तर्गत सशस्त्र सीमा बल (एसएसबी) र आदापुर प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेपालका फुलवरिया निवासी मनोहर सिंह रहेका छन् । उनी जयराम सिंहका छोरा हुन् ।

प्रहरीका अनुसार सिंहको साथबाट ७६.६६ ग्राम स्म्याकजस्तो देखिने लागुऔषध बरामद भएको छ । पक्राउपछि उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सीमा क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्न भारतीय तथा नेपाली सुरक्षा निकायले निगरानी र अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । जिल्ला प्रहरी...

भीमफेदी सुमो दुर्घटना : तीनको ज्यान गयो, सात घाइते

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ । दुर्घटनामा...

चीनमा पदक जित्नेका तीन खेलाडीलाई महानगरबाट सम्मानित

वीरगन्ज । चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जका तीन जना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । चीनको सान्या सहरमा गत सेप्टेम्बर...