Date
बिहि, मंसिर ३, २०८३
Thu, November 19, 2026

भीमफेदी सुमो दुर्घटना : तीनको ज्यान गयो, सात घाइते

spot_img
spot_img

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसेमा बिहीबार बिहान भएको टाटा सुमो दुर्घटनामा मृत्यु भएका तीनै जना र घाइते सातै जनाको पहिचान खुलेको छ ।

दुर्घटनामा रौतहटको चन्द्रनिगाहपुरकी २५ वर्षीया अनुसा लामा, २०/२२ वर्षीया जेशिका भन्ने अस्मिता तिमल्सिना र ५० वर्षीय बमबहादुर वाइबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, दुर्घटनामा सुमो चालक चन्द्रनिगाहपुरका ३३ वर्षीय कालुमान लोप्चनसहित सात जना घाइते भएका छन् । घाइते हुनेमा १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज थिङ, १५ वर्षीया सुमिना थिङ, १६ वर्षीया सिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र १९ वर्षीय वेयहान राना मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले घाइते सातै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार घाइते सबैको अवस्था मध्यम रहेको छ ।

रौतहटको चन्द्रनिगाहपुरबाट काठमाडौं जाँदै गरेको ना.१ ज २१४३ नम्बरको यात्रुवाहक सुमो बिहीबार बिहान करिब ८ः३० बजे भीमफेदी–१ भैंसेस्थित घुम्तीमा अनियन्त्रित भएको थियो ।

अनियन्त्रित सुमो सडकबाट करिब १० मिटर तल भैंसे खोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बारामा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु, श्रीमती घाइते

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ स्थित ४ नम्बर पुलमा ईभीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने उनकी श्रीमती घाइते भएकी छन् । जिल्ला प्रहरी...

चीनमा पदक जित्नेका तीन खेलाडीलाई महानगरबाट सम्मानित

वीरगन्ज । चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगन्जका तीन जना खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मान गरेको छ । चीनको सान्या सहरमा गत सेप्टेम्बर...

जसपा छाडेर रास्वपा र काङ्ग्रेस रोजेका कालिकामाईका दुई वडाध्यक्षको पद गयो

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल त्यागेर अन्य राजनीतिक दलमा प्रवेश गरेका पर्साका दुई वडाध्यक्षसहित १८ जनप्रतिनिधिको निर्वाचित पद रिक्त भएको छ ।...