Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

अमात्यको स्वास्थ्य अवस्थाबारे बुझ्दै देउवाले गरे राजनीतिक छलफल

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानसभा सदस्य तथा नेपाली कांग्रेस पर्साका पूर्वसभापति राजेन्द्रबहादुर अमात्यको निवासमा पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।

देउवाले अमात्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको कांग्रेस वीरगंज महानगर समितिका सभापति मनाेज साहले जानकारी दिए ।

सो अवसरमा पर्सा जिल्ला तथा समग्र मधेश प्रदेशको समसामयिक राजनीतिक अवस्था, पार्टीको संगठन सुदृढीकरण र भावी राजनीतिक दिशाका विषयमा समेत छलफल भएको थियो ।

भेटघाटमा अमात्यका परिवारका सदस्यहरूका साथै नेपाली कांग्रेसको १५औँ महाधिवेशन तयारी समिति, पर्साका संयोजक विजय कर्ण, वरिष्ठ नेता शम्भु चौहान तथा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य विश्वनाथ खनाललगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार कैदी वीरगन्जबाट पक्राउ

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दामा दोषी ठहर एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर...