Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार कैदी वीरगन्जबाट पक्राउ

spot_img
spot_img

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दामा दोषी ठहर एक कैदी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, कालिका मन्दिर निवासी २२ वर्षीय परिवर्तित नाम वीरेन्द्रनगर (L) रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनलाई कात्तिक ३० गते राति करिब १ः३० बजे वीरगन्ज महानगरपालिका–४ स्थित मालपोत चोकबाट नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार भएका थिए। उनीविरुद्ध सुर्खेत जिल्ला अदालतबाट अप्राकृतिक मैथुन र बाँके जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १२ वर्ष ६ महिना कैद तथा २५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो।

पक्राउ परेका कैदीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन्।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै...