Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

spot_img
spot_img

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

मंगलबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ केन्द्रीय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नहुने भन्दै परिस्थिति आवश्यक परे तत्काल आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउन सक्ने बताएका हुन्।

उनले आतंकपूर्ण वातावरण र विभिन्न गतिविधिका कारण पार्टी केही पछाडि धकेलिएको भए पनि सधैँ एउटै प्रकारको आतंक कायम नरहने बताए। आत्मविश्वास र उच्च मनोबलका साथ अगाडि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले चुनावमार्फत पार्टीलाई कमजोर बनाउन खोज्ने शक्तिलाई आगामी निर्वाचनमा पराजित गर्ने गरी अघि बढ्नुपर्ने धारणा राखे।

अध्यक्ष ओलीले सर्वोच्च अदालतको व्याख्या र आदेशप्रति असन्तुष्टि व्यक्त गर्दै प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लामो समयसम्म फैसला हुन नसकेको टिप्पणी गरे। अन्य मुद्दामा छिटो फैसला गर्ने अदालतले यस विषयमा ढिलाइ गरेको उनको भनाइ थियो।

समयमै न्याय नपाउनु र ढिलो न्याय पाउनु उस्तै भएको उल्लेख गर्दै ओलीले अदालतका विषयमा धेरै बोल्दा आफूमाथि मानहानिको मुद्दा लाग्न सक्ने भन्दै थप टिप्पणी नगर्ने बताए।

उनले जस्तोसुकै परिस्थिति आए पनि एमाले पुनः उठ्ने, पुनर्गठन हुने र सशक्त रूपमा अघि बढ्ने दाबी गरे। आगामी दिनमा जनताको घरदैलोमा पुगेर किसान तथा नागरिकसँग संवाद गर्न र पार्टीलाई अझ बलियो बनाउन उनले नेता–कार्यकर्तालाई निर्देशन दिए।

एमालेलाई देशको निर्णायक राजनीतिक तथा लोकतान्त्रिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता तथा कार्यकर्ता सक्रिय भएर लाग्नुपर्ने ओलीको भनाइ थियो।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार कैदी वीरगन्जबाट पक्राउ

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दामा दोषी ठहर एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर...

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै...