Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026

कर्मचारी गिरीविरुद्ध आरोपपत्र दायर

spot_img
spot_img

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको फेटा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संयोजक पदमा कार्यरत कर्मचारी ओमप्रकाश गिरीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

कर्मचारी गिरीको प्रमाणपत्र तह र स्नातक तहको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको बेहोराको प्राप्त उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा निजको शैक्षिक योग्यता नक्कली फेला परेपछि विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । कर्मचारी गिरीले फेटा गाउँपालिकामा २०७८ जेठ १ गतेदेखि नेपाल सरकारको राजपत्राङ्कित तृतीय श्रेणी, शाखा अधिकृत सरहको रोजगार संयोजक पदमा नियुक्ति पाएका थिए ।

प्रवक्ता न्यौपानेका अनुसार कर्मचारी गिरीले सो नियुक्ति लिँदा पेस गरेको तीन वर्षे बिएड तहको लब्धाङ्कपत्र त्रिभुवन विश्वविद्यालयबाट प्रमाणीकरण भई आउँदा निजको नभई अन्य व्यक्तिको भएको भनी खुल्न आएकाले शैक्षिक योग्यता ढाँटी÷झुट्टा शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी राष्ट्रसेवकको पद र ओहदा प्राप्त गरेको देखिँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन माग दाबीसहित आरोपपत्र दायर गरिएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आन्दोलनको तयारीमा जुट्न एमाले नेता–कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका...

यौनजन्य हिंसा रोकथामका लागि वीरगन्जमा प्रहरीको सचेतनामूलक र्‍याली

वीरगन्ज । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको ७१औँ स्थापना दिवसको अवसरमा वीरगन्जमा यौनजन्य हिंसा रोकथाम तथा सामाजिक सचेतना अभिवृद्धिका लागि मंगलबार विशेष सचेतनामूलक कार्यक्रम...

जेनजी आन्दोलनका क्रममा बाल सुधार गृहबाट फरार कैदी वीरगन्जबाट पक्राउ

वीरगन्ज । जेनजी आन्दोलनका क्रममा वीरगन्जस्थित बाल सुधार गृहबाट फरार भएका कर्तव्य ज्यान मुद्दामा दोषी ठहर एक कैदी पक्राउ परेका छन्। पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर...