Date
बिहि, कार्तिक २६, २०८३
Thu, November 12, 2026

वीरगंज कारागारबाट एक कैदी फरार, खोजी तथा अनुसन्धान सुरु

spot_img
spot_img

वीरगंज । वीरगंज कारागारबाट बिहीबार बिहान एक जना कैदी फरार भएका छन् । फरार हुनेमा पर्साको पोखरिया नगरपालिका–४, सतरियाका ३० वर्षीय सुनिल साह तुरहा रहेका छन् ।

कारागारमा कैद भुक्तान गरिरहेका साह बिहीबार बिहान ८ः४० बजे फरार भएको प्रहरीले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पनि कैदी फरार भएको पुष्टि गरेका छन् । उनका अनुसार बिहान ८ः४० बजे एक जना कैदी फरार भएको सूचना प्राप्त भएको हो ।

‘बिहान ८ः४० बजे एक जना कैदी फरार भएको खबर आएको छ,’ प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘उनी कसरी फरार भए भन्नेबारे खोजी तथा अनुसन्धान भइरहेको छ ।’

कैदी फरार हुनुको कारण र घटनाको वास्तविक अवस्थाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

महुवनमा रास्वपाको कार्यकर्ता भेटघाट तथा छलफल, स्थानीय निर्वाचनबारे पनि चर्चा

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ। पर्सा निर्वाचन क्षेत्र नं. १...

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा...