Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

spot_img
spot_img

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा वीरगञ्ज नाका हुँदै आयात हुने चामल, मकै, धान, माल्टलगायत खाद्यान्नको परिमाण अघिल्लो वर्षको तुलनामा करिब ६३ प्रतिशतले घटेको हो।

वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा चामल, मकै, गहुँ, माल्ट, धान, फापर, कोदो तथा अन्य खाद्यान्न गरी कुल ३ करोड १६ लाख ४० हजार किलो खाद्यान्न आयात भएको छ। जबकि अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ करोड ७० लाख ४७ हजार किलो खाद्यान्न आयात भएको थियो।

भन्सारको तथ्यांकअनुसार चालु आवको पहिलो तीन महिनामा ६७ लाख ७३ हजार ६२९ किलो चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा ९४ लाख १ हजार किलो चामल आयात भएको थियो। चामल आयातको मूल्यसमेत अघिल्लो वर्षको ८९ करोड ८१ लाख रुपैयाँबाट घटेर यस वर्ष ७० करोड रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, पशुपन्छीको दाना तथा खाद्य उद्योगमा प्रयोग हुने मकैको आयातमा पनि ठूलो गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा ३ करोड ३६ लाख १२ हजार ८१० किलो मकै आयात भएकोमा चालु आवमा ६७ लाख ३६ हजार ४३७ किलो मात्रै आयात भएको छ। मकै आयातको मूल्यसमेत १ अर्ब ८० करोड १३ लाख रुपैयाँबाट घटेर ६० करोड ९८ लाख रुपैयाँमा झरेको छ।

धान आयातमा पनि उल्लेख्य कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा ३ करोड ९१ लाख किलो धान आयात भएकोमा चालु आवको सोही अवधिमा ६९ लाख ३५ हजार ४६० किलो मात्रै आयात भएको छ। धान आयातको मूल्य अघिल्लो वर्ष १ अर्ब ४६ करोड २८ लाख रुपैयाँ रहेकोमा यस वर्ष घटेर ३३ करोड ३५ लाख रुपैयाँमा सीमित भएको छ।

यसैगरी, अघिल्लो वर्षको पहिलो तीन महिनामा २५ लाख ९० हजार किलो माल्ट आयात भएकोमा चालु आवमा यसको आयात शून्य रहेको छ। अघिल्लो वर्ष १७ करोड १० लाख रुपैयाँ बराबरको माल्ट आयात भएको थियो।

फापर, कोदो तथा अन्य खाद्यान्नको आयातमा पनि कमी आएको छ। अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनामा २३ लाख ४१ हजार ६५५ किलो आयात भएकोमा चालु आवमा घटेर १६ लाख ४० हजार ५५५ किलोमा सीमित भएको भन्सारको तथ्यांकले देखाएको छ।

यद्यपि, अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासिकमा आयात नभएको गहुँ भने यस वर्ष उल्लेख्य परिमाणमा भित्रिएको छ। चालु आवको पहिलो तीन महिनामा ९५ लाख ५४ हजार किलो गहुँ आयात भएको छ। यसको आयात मूल्य ५० करोड १५ लाख रुपैयाँ रहेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ।

यसरी चामल, मकै, धान, माल्टलगायत खाद्यान्नको आयातमा आएको कमीका कारण वीरगञ्ज नाकाबाट हुने समग्र खाद्यान्न आयात घटेको देखिन्छ। यद्यपि, गहुँको आयात भने यस वर्ष नयाँ रूपमा थपिएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले...

कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच झडप, ५–६ जना घाइते

कलैया । बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् । कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच...

छठका लागि घडीअर्वा पोखरीमा तयारी तीव्र, ८० प्रतिशत काम सम्पन्न

वीरगञ्ज । लोकआस्थाको महापर्व छठ नजिकिएसँगै वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीको छठघाटमा तयारी तीव्र पारिएको छ। यस वर्ष छठपूजालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न...