Date
बुध, कार्तिक २५, २०८३
Wed, November 11, 2026

चितवनमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु, श्रीमान् प्रहरी नियन्त्रणमा

spot_img
spot_img

चितवन । चितवनको भरतपुर महानगरपालिका–४ त्रिचोकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ।

बुधबार बिहान करिब ८ः३० बजे घरायसी विवादका क्रममा ३० वर्षीय सुमन राना मगरले आफ्नी ३२ वर्षीया श्रीमती सपना राना मगरमाथि कुटपिट गरेका थिए। कुटपिटबाट सपनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रहरीका अनुसार श्रीमान्–श्रीमती दुवै स्याङ्जाको चापाकोट गाउँपालिका–६ का स्थायी बासिन्दा हुन्। उनीहरू भरतपुर महानगरपालिका–४ त्रिचोकस्थित रामजी ढकालको घरमा डेरा गरी बस्दै आएका थिए।

घटनापछि प्रहरीले कुटपिटमा संलग्न सुमन राना मगरलाई नियन्त्रणमा लिएको छ। घटनाको कारण र परिस्थितिबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज नाकाबाट खाद्यान्न आयात ६३ प्रतिशतले घट्यो

वीरगञ्ज । मुलुकको प्रमुख व्यापारिक नाका वीरगञ्जबाट खाद्यान्न आयातमा उल्लेख्य गिरावट आएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउनदेखि असोजसम्म) मा...

कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच झडप, ५–६ जना घाइते

कलैया । बाराको कलैया प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्डमै दुई पक्षबीच पुनः झडप हुँदा पाँचदेखि छ जनासम्म घाइते भएका छन् । कलैया उपमहानगरपालिका–७ मा दुई पक्षबीच...

छठका लागि घडीअर्वा पोखरीमा तयारी तीव्र, ८० प्रतिशत काम सम्पन्न

वीरगञ्ज । लोकआस्थाको महापर्व छठ नजिकिएसँगै वीरगञ्जस्थित ऐतिहासिक घडीअर्वा पोखरीको छठघाटमा तयारी तीव्र पारिएको छ। यस वर्ष छठपूजालाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न...