Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

spot_img
spot_img

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ ।

हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट आयोजना हुँदै आएको मेलामा यस वर्ष पनि वडा समितिको आयोजनामा कुस्ती प्रतियोगिता सञ्चालन गरिएको हो । प्रतियोगितामा नेपाल र भारतका चर्चित महिला तथा पुरुष पहलवानहरूको सहभागिता रहेको थियो ।

स्थानीय मौलिक खेलकुद तथा कुस्ती परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित प्रतियोगिता हेर्न स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।

वडा अध्यक्ष दीपेन्द्र कुमार सिंहको अध्यक्षतामा सम्पन्न प्रतियोगितामा मेला समितिका अध्यक्ष सिकन्दर साह कानु, गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता, नेपाली कांग्रेस पर्साका सहसचिव एवं गाउँपालिका अध्यक्षका प्रत्यासी नवीन कुमार सिंह, वडा सचिव राजकिशोर प्रसाद चौरसिया, कार्यपालिका सदस्य भगिया देवी लगायतको विशेष  उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मधवलमा विराट कुस्ती प्रतियोगिता सम्पन्न, मौलिक खेलको संरक्षणमा नेता पाण्डेयको जोड

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४, मधवलमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बिन्दबासिनी उत्तम मेला...

दीपावलीको राति जगरनाथपुरमा आगलागी, पीडितलाई भेटेर राहत दिने अध्यक्ष यादवको प्रतिबद्धता

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा एक परिवारको लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय कमलेश...

पर्सामा पटाका पड्काउँदा एक बालकको मृत्यु, आधा दर्जन भन्दा बढी घाइते 

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएका ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुबनी...