Date
शनि, कार्तिक २१, २०८३
Sat, November 7, 2026

पर्सा जिल्ला अदालतमा सेवाग्राहीमैत्री सुधारदेखि भौतिक पूर्वाधार विकाससम्मका काम

spot_img
spot_img

वीरगंज । पर्सा जिल्ला अदालतमा संस्थागत विकास, भौतिक पूर्वाधार सुधार तथा सेवाग्राहीमैत्री न्याय प्रशासनलाई प्राथमिकता दिँदै विभिन्न सुधारका कामहरू अघि बढाइएको छ ।

अदालतका रजिस्ट्रार तथा श्रेस्तेदार प्रभाकर कुमार मल्लिकको पहल र समन्वयमा सेवाग्राहीलाई सहज, सरल र सुविधायुक्त वातावरणमा न्यायिक सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न संरचनागत तथा व्यवस्थापकीय सुधार गरिएको हो ।

अदालतमा न्यायको मूर्ति स्थापना, महिला तथा पुरुष सेवाग्राहीका लागि छुट्टाछुट्टै शौचालय निर्माण तथा न्यायाधीशको च्याम्बरमा शौचालयको व्यवस्था गरिएको छ । त्यसैगरी, सेवाग्राही महिलाको सुविधालाई ध्यानमा राख्दै स्तनपान कक्षसमेत स्थापना गरिएको छ ।

भौतिक पूर्वाधार सुधारअन्तर्गत सबै इजलासमा एसी जडान गरिएको छ भने अदालत भवनको रंगरोगन तथा सौन्दर्यीकरण गरिएको छ । अदालत परिसरमा रहेको खाली स्थानलाई उपयोग गर्दै कम्प्युटर अपरेटर कक्षको व्यवस्था गरिएको छ ।

त्यस्तै, अदालतमा जफत भएका दुईवटा सवारीसाधन कार्यालयकै नाममा दर्ता गराउने प्रक्रिया अघि बढाइएको छ । अदालतको भौतिक पूर्वाधार थप व्यवस्थित बनाउन एक कठ्ठा जग्गा प्राप्तिसम्बन्धी कार्यसमेत अघि बढाइएको अदालतका रजिस्ट्रार तथा श्रेस्तेदार मल्लिकले जानकारी दिए ।

यी सुधारका कामले अदालतमा आउने सेवाग्राही, न्यायाधीश तथा कर्मचारीलाई सहज वातावरण उपलब्ध गराउनुका साथै न्यायिक सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

न्यायाधीश, कर्मचारी तथा कानुन व्यवसायीहरूसँग समन्वय र सहकार्य गर्दै मुस्कानसहितको न्याय सेवा, संस्थागत विकास र सेवाग्राहीको सन्तुष्टिलाई प्राथमिकतामा राखेर काम गरिरहेको श्रेस्तेदार मल्लिकले जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

तिहारको रौनकसँगै नेशनल मेडिकल कलेजमा रंगोली प्रतियोगिता

वीरगंज । तिहार २०८३ को अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ । कलेजको...

सुन्तलाको भन्सार कागजातमा प्रतिबन्धित केरा ढुवानी, वीरगञ्ज भन्सारको जाँचपास प्रणालीमाथि प्रश्न

वीरगञ्ज । सुन्तलाको भन्सार प्रज्ञापनपत्र बनाएर प्रतिबन्धित केरा नेपाल भित्र्याइएको घटना सार्वजनिक भएपछि वीरगञ्ज भन्सार कार्यालयको जाँचपास प्रणाली र भौतिक परीक्षण प्रक्रियामाथि गम्भीर प्रश्न...

वीरगञ्ज बाल सुधार गृहमा बालकमाथि हिंसा, औँला काटिएको परिवारको दाबी

वीरगञ्ज । पर्साको वीरगञ्जस्थित बाल सुधार गृहमा एक बालकको औँला काटिएको घटना सार्वजनिक भएको छ। घटनामा प्रहरी र सुधार गृहमा रहेका अन्य बालकको संलग्नता...