Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

पत्रकार मनोज पटेलको ‘हमही लेके जाएम माई के बहंगिया’ आज साँझ सार्वजनिक हुँदै

spot_img
spot_img

वीरगंज । आस्था, श्रद्धा र लोकसंस्कृतिको महापर्व छठको पावन अवसरमा नेपाल पोष्ट मिडिया प्रा.लि.ले आफ्नो दोस्रो छठ गीत ‘हमही लेके जाएम माई के बहंगिया’ आज साँझ औपचारिक रूपमा सार्वजनिक गर्ने भएको छ।

छठ पर्वको धार्मिक तथा सामाजिक महिमालाई उजागर गर्दै तयार पारिएको यस गीतको सम्पूर्ण छायाङ्कन सम्पन्न भइसकेको छ । भिडियो निर्देशक सन्तोष साहका अनुसार छठको पवित्रता र भावनालाई जीवन्त रूपमा प्रस्तुत गर्न निकै मिहिनेतका साथ वीरगंज तथा यस आसपासका क्षेत्रहरूमा भिडियो छायाङ्कन गरिएको हो। छठको मौलिक परम्परा, पूजा विधिको पवित्रता र अस्ताउँदो तथा उदाउँदो सूर्यलाई दिइने अर्घ्यको आध्यात्मिक भावलाई दृश्यमा उतारिएकाले दर्शक तथा भक्तजनहरूका लागि यो गीत निकै प्रिय बन्ने विश्वास लिइएको निर्देशक साहले बताए ।

गीतकार तथा गायक पत्रकार मनोज पटेलका अनुसार यसअघि रिलिज गरिएको छठ गीत ‘हाली हाली उग हो सुरुज देव’ ले दर्शक तथा सङ्गीतप्रेमीहरूबाट व्यापक प्रशंसा र माया पाएको थियो। सोही सफलतापछि यस वर्षको दिपावली तथा छठ पर्वको शुभकामना स्वरूप लोक परम्परा, सांस्कृतिक महत्त्व र सामाजिक सद्भावलाई समेटेर नयाँ गीत ल्याउन लागिएको पत्रकार पटेलले बताए । गीतको भावको बारेमा जानकारी दिँदै गीतकार तथा गायक पत्रकार पटेलले भने, ‘यो गीतमा रोजगारीका लागि घरभन्दा बाहिर गएका श्रीमानलाई समयमै घर आएर छठ पुजामा सहभागी हुन अनुरोध गरिएको छ ।’

यस गीतमा मनोज पटेल र किरण राजको सुमधुर स्वर रहेको छ भने शब्द रचना मनोज पटेल र सङ्गीत मुन्ना मुस्कानको रहेको छ। भिडियोमा बबिता पटेल, पत्रकार विनोद पटेल, सन्ध्या साह, अमिता पटेल र मनोज पटेलको दमदार अभिनय देख्न सकिनेछ। कृष्णाको भिडियोग्राफी तथा जावेद हवारीको एडिटिङ र मिक्सिङ रहेको यो गीत सोमबार साँझ नेपाल पोष्ट डेलीको अफिसियल युटयुव च्यानलबाट सार्वजनिक हुनेछ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट...

मधवलमा विराट कुस्ती प्रतियोगिता सम्पन्न, मौलिक खेलको संरक्षणमा नेता पाण्डेयको जोड

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४, मधवलमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बिन्दबासिनी उत्तम मेला...

दीपावलीको राति जगरनाथपुरमा आगलागी, पीडितलाई भेटेर राहत दिने अध्यक्ष यादवको प्रतिबद्धता

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा एक परिवारको लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय कमलेश...