Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

पर्सामा पटाका पड्काउँदा एक बालकको मृत्यु, आधा दर्जन भन्दा बढी घाइते 

spot_img
spot_img

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएका ८ वर्षीय बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मधुबनी निवासी रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी रहेका छन् । स्थानीयका अनुसार सोमबार बिहान करिब ८ बजे घरअगाडि पटाका पड्काउने क्रममा कुन्दनको छातीमा आगोले पोलेपछि उनी गम्भीर घाइते भई बेहोस भएका थिए ।

तत्कालै उनलाई उपचारका लागि वीरगंजस्थित तराई अस्पताल लगिएको थियो । तर, उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा रामगुलाम सहनीले बताए ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार बिहान आफ्नै घरअगाडि पटाका पड्काउने क्रममा बालकको छातीमा पटाकाको छर्रा लागेर गम्भीर घाइते भएको र तराई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी प्राप्त भएको बताए ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता मल्लले जानकारी दिए । यसैगरी पडका पडकाउने क्रममा पर्सामा आधा दर्जन भन्दा बढी बालबालिका घाईते समेत भएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट...

मधवलमा विराट कुस्ती प्रतियोगिता सम्पन्न, मौलिक खेलको संरक्षणमा नेता पाण्डेयको जोड

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४, मधवलमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। बिन्दबासिनी उत्तम मेला...

दीपावलीको राति जगरनाथपुरमा आगलागी, पीडितलाई भेटेर राहत दिने अध्यक्ष यादवको प्रतिबद्धता

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा एक परिवारको लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय कमलेश...