Date
सोम, कार्तिक २३, २०८३
Mon, November 9, 2026

मधवलमा विराट कुस्ती प्रतियोगिता सम्पन्न, मौलिक खेलको संरक्षणमा नेता पाण्डेयको जोड

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका–४, मधवलमा शुभ दीपावली तथा छठ पर्वको अवसरमा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।

बिन्दबासिनी उत्तम मेला समिति–२०८३ को आयोजनामा सम्पन्न प्रतियोगिताको उद्घाटन नेकपा एमालेका नेता एवं पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्यका प्रत्यासी रुपेश कुमार पाण्डेयले गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पाण्डेयले नेपाली समाजको मौलिक पहिचान बोकेको कुस्ती खेलको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले यस्ता परम्परागत खेलकुद तथा सांस्कृतिक कार्यक्रमले नयाँ पुस्तालाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानसँग जोड्ने बताए ।

स्थानीय स्तरमा लुकेर रहेका खेल प्रतिभालाई उजागर गर्न कुस्ती प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले खेलकुदको विकासका लागि स्थानीय समुदाय, आयोजक समिति र सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको धारणा राखे।

उनले चाडपर्वलाई मनोरञ्जनमा मात्र सीमित नराखी आपसी सद्भाव, भाइचारा र सामाजिक एकता अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । साथै, स्थानीय युवाहरूको सक्रियता र आयोजक समितिको प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।

उत्तम मेला समिति मधवलका अध्यक्ष निरञ्जन तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आशपुरण प्रसाद तेली, बिन्दबासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारीलगायत स्थानीय अगुवा, समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।

दीपावली तथा छठ पर्वको अवसरमा आयोजित मेलाले स्थानीय क्षेत्रमा उत्साह थप्नुका साथै परम्परागत कुस्ती खेलको संरक्षण र प्रवर्द्धनमा योगदान पुर्‍याएको आयोजकले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जयमंगलापुरमा महिला तथा पुरुष पहलवानको कुस्ती प्रदर्शन

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिका–३ जयमंगलापुरमा दीपावली अर्थात् लक्ष्मीपूजाको भोलिपल्ट लाग्ने परम्परागत मेलाको अवसरमा सोमबार कुस्ती प्रतियोगिता सम्पन्न भएको छ । हरेक वर्ष लक्ष्मीपूजाको भोलिपल्ट...

दीपावलीको राति जगरनाथपुरमा आगलागी, पीडितलाई भेटेर राहत दिने अध्यक्ष यादवको प्रतिबद्धता

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका–१ पिपरडारीमा दीपावलीको राति आगलागी हुँदा एक परिवारको लाखौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । आइतबार राति स्थानीय कमलेश...

पर्सामा पटाका पड्काउँदा एक बालकको मृत्यु, आधा दर्जन भन्दा बढी घाइते 

वीरगंज । पर्साको पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीमा पटाका पड्काउने क्रममा आगोले पोलेर गम्भीर घाइते भएका ८ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मधुबनी...