Date
बिहि, कार्तिक १९, २०८३
Thu, November 5, 2026

रास्वपा पर्सा–४ को शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न

spot_img
spot_img

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा निर्वाचन क्षेत्र नं. ४ को आयोजनामा बिहीबार दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

छिपहरमाई गाउँपालिका–५, भिस्वामा आयोजित कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले एकआपसमा दीपावली तथा छठ पर्वको शुभकामना साटासाट गर्दै आपसी सद्भाव, एकता र भाइचाराको सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य एवं रास्वपा पर्साका सभापति हरि पन्तले पर्वहरूले समाजमा आपसी सद्भाव, एकता र सामाजिक सम्बन्धलाई थप मजबुत बनाउने बताए । उनले जनतासँगको सम्बन्धलाई निरन्तर सुदृढ गर्दै संगठनात्मक गतिविधिलाई पनि सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

रास्वपा पर्सा निर्वाचन क्षेत्र नं. ४ का सभापति जितेन्द्र मिश्राको सभापतित्वमा सम्पन्न कार्यक्रममा, जिल्ला सचिव सुदिस प्रजापति, जिल्ला कोषाध्यक्ष तुलसा पौडेल, जिराभवानी गाउँपालिका सभापति रामाकान्त चौधरी, ठोरी गाउँपालिका सभापति माधव बस्नेत, धोबनी गाउँपालिका उपसभापति राजु पटेललगायत नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

त्यसैगरी स्थानीय नेता रामाशंकर साह, धने श्रेष्ठ, संजय राय थारु, योगेन्द्र चौरसिया, प्रदीप पटेललगायत विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य रामाशंकर साहले राखेका थिए भने कृष्ण पासवानले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रमकाे ब्यानरमा पर्सा क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य टेक बहादुर शाक्यकाे पनि तस्बिर राखिएकाे देखिएपनि उनकाे उपस्थिती देखिएन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको...

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...

मोही नामसारीको काम गरिदिने भन्दै एक लाख घुस लिने नायब सुब्बा पक्राउ

सर्लाही । जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक...