Date
बुध, कार्तिक १८, २०८३
Wed, November 4, 2026

मोही नामसारीको काम गरिदिने भन्दै एक लाख घुस लिने नायब सुब्बा पक्राउ

spot_img
spot_img

सर्लाही । जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक नायब सुब्बा पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासबाट खटिएको टोलीले बुधबार बिहान करिब ९ बजे मालपोत कार्यालयको प्रशासन शाखाअन्तर्गत मोही फाँटमा कार्यरत नायब सुब्बा निर्मल तिमिल्सिनालाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार लालबन्दी निवासी तिमिल्सिनाले ईश्वरपुर नगरपालिका–६, बयलबासस्थित जग्गाको मोही नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ मागेका थिए । सोही रकम लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगले जनाएको छ ।

अख्तियारको बर्दिबास कार्यालयका सूचना अधिकारी श्रीप्रकाश पोखरेलले पक्राउको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...

रमेश रिजालले दान गरेको जग्गामा बन्यो जगरनाथपुरको प्रशासनिक भवन, गरे उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार...

पर्सामा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजारलाई जुकाको औषधि खुवाइँदै

वीरगञ्ज । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको...