Date
बुध, कार्तिक १८, २०८३
Wed, November 4, 2026

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

spot_img
spot_img

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ । विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति तथा अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रमको उद्घाटन सत्र बुधबार वीरगञ्जस्थित विद्यालयको सिनियर विङ अडिटोरियम हलमा सम्पन्न भएको हो ।

उद्घाटन सत्रसँगै कार्यक्रमअन्तर्गत विभिन्न कमिटीका छलफल तथा बहस सत्रसमेत सुरु भएका छन् । तीन दिनसम्म सञ्चालन हुने कार्यक्रममा गौतम माध्यमिक विद्यालय, नेशनल इन्फोटेक कलेज, रोयल एकेडेमी, डीएभी स्कुल तथा काठमाडौंका विभिन्न विद्यालयका गरी करिब १४० जना विद्यार्थी सहभागी भएका छन् ।

कार्यक्रमको उद्घाटन वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले गरेका थिए । उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष गौतमले विद्यार्थी जीवन व्यक्तित्व विकास, ज्ञान आर्जन र नेतृत्व क्षमता अभिवृद्धि गर्ने महत्त्वपूर्ण समय भएको बताए ।

यस्ता शैक्षिक तथा अन्तरक्रियात्मक कार्यक्रमले विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी व्यावहारिक ज्ञान, आत्मविश्वास र आफ्नो विचार स्पष्ट रूपमा प्रस्तुत गर्ने क्षमता विकास गर्न सहयोग पुर्‍याउने उनको भनाइ थियो ।

उनले Model United Nations जस्ता कार्यक्रमले विद्यार्थीलाई विश्वका विभिन्न देशका नीति, अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा समसामयिक विश्वव्यापी समस्याबारे बुझ्ने अवसर प्रदान गर्ने उल्लेख गर्दै बहस, छलफल र संवादमार्फत समस्याको समाधान खोज्ने अभ्यास गर्नुपर्नेमा जोड दिए ।

GSS MUN 6.0 अन्तर्गत अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा केन्द्रित रहेर ६ वटा कमिटी गठन गरिएको छ । कार्यक्रममा सहभागी विद्यार्थीहरूले विभिन्न देशका प्रतिनिधिको भूमिका निर्वाह गर्दै निर्धारित एजेन्डामाथि धारणा राख्ने, प्रश्न उठाउने तथा कूटनीतिक संवादमार्फत समाधानका उपाय खोज्ने अभ्यास गरिरहेका छन् ।

कार्यक्रमअन्तर्गत DISEC कमिटीमा मध्यपूर्व तथा उत्तर अफ्रिका (MENA) क्षेत्रमा देखिएको राजनीतिक तथा सुरक्षा अस्थिरताबारे छलफल भइरहेको छ । FUNSC कमिटीमा ‘रणनीतिक पहिलो प्रहार : प्रतिरोधात्मक सुरक्षा कि आक्रमण?’ भन्ने विषयलाई बहसको एजेन्डा बनाइएको छ ।

त्यस्तै, UN Women कमिटीमा महिला तथा किशोरीहरूको मानव बेचबिखन र यौन शोषण रोकथामका उपायबारे छलफल भइरहेको छ । UNHRC कमिटीमा शान्तिपूर्ण विरोध प्रदर्शन, राज्यको अधिकार र अभिव्यक्ति स्वतन्त्रताबीच सन्तुलन कायम गर्ने तथा राष्ट्रिय सुरक्षाका नाममा असहमतिका आवाज दबाउने प्रवृत्तिलगायतका विषय समेटिएका छन् ।

यसैगरी, ECOFIN कमिटीमा सार्वभौम ऋणका चुनौती सम्बोधन गर्न तथा विश्वव्यापी वित्तीय स्थायित्व प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय सहयोग सुदृढ बनाउने विषयमा छलफल भइरहेको छ । IP (International Press) कमिटीमा भने विभिन्न समसामयिक विषयलाई समेटेर सञ्चारसम्बन्धी अभ्यास सञ्चालन भइरहेको छ ।

यी कमिटीमार्फत विद्यार्थीहरूले अन्तर्राष्ट्रिय राजनीति, सुरक्षा, मानव अधिकार, महिला अधिकार, विश्व अर्थतन्त्र तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने अवसर पाएका छन् ।

विद्यालयका निर्देशक सोनम लामाका अनुसार विद्यार्थीहरूमा नेतृत्व क्षमता, कूटनीतिक सोच, तार्किक अभिव्यक्ति, अन्तर्राष्ट्रिय सम्बन्धको ज्ञान तथा विश्वव्यापी समस्याको समाधान खोज्ने सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

उनले यस्ता कार्यक्रमले विद्यार्थीलाई आफ्नो प्रतिभा, क्षमता र विचार प्रस्तुत गर्ने महत्त्वपूर्ण मञ्च प्रदान गर्नुका साथै आत्मविश्वास, सहकार्य र निर्णय क्षमता विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक गणेश क्षेत्रीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा विशिष्ट अतिथिका रूपमा नेशनल इन्फोटेक कलेजका निर्देशक मनिष सिंह, डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्रा, मधेश मिडिया काउन्सिलका सदस्य निरज पिठाकोटे मगर, देश मधेश डटकमका सञ्चारकर्मी अभिलाष गुप्तालगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी विद्यालयका प्रशासन प्रमुख रमेश शर्मा, सहायक प्रधानाध्यापक ललित कर्ण, सौरज प्रधान, एल्भिन रेन्जर, जुनियर को–अर्डिनेटर सिपेन्द्र गुप्ता, रोयल एकेडेमीका भाइस प्रेसिडेन्ट सुमन श्रेष्ठलगायत शिक्षक, शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा विद्यालयकी म्यानेजिङ डाइरेक्टर परीक्षा पिया लामा र निर्देशक सोनम लामाको विशेष उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरी अतिथि तथा सहभागीहरूलाई स्वागत गरेका थिए ।

विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षलाई विशेष र स्मरणीय बनाउने उद्देश्यले आयोजित GSS MUN 6.0 ले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय स्तरको बहस, अनुसन्धान र कूटनीतिक अभ्यासको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ । यसले विद्यार्थीहरूलाई भविष्यमा जिम्मेवार नेतृत्वदायी भूमिका निर्वाह गर्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गर्ने विद्यालयले विश्वास लिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

मोही नामसारीको काम गरिदिने भन्दै एक लाख घुस लिने नायब सुब्बा पक्राउ

सर्लाही । जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक...

रमेश रिजालले दान गरेको जग्गामा बन्यो जगरनाथपुरको प्रशासनिक भवन, गरे उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार...

पर्सामा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजारलाई जुकाको औषधि खुवाइँदै

वीरगञ्ज । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको...