Date
बुध, कार्तिक १८, २०८३
Wed, November 4, 2026

रमेश रिजालले दान गरेको जग्गामा बन्यो जगरनाथपुरको प्रशासनिक भवन, गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार एक समारोहबीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश रिजालले उद्घाटन गरेका हुन् ।

भवन निर्माणका लागि पूर्वमन्त्री रिजालले नै १२ कठ्ठा जग्गा दान गरेका थिए । पर्सा निर्वाचन क्षेत्र नम्बर–४ का पूर्व सांसदसमेत रहेका रिजालले गाउँपालिकालाई उपलब्ध गराएको उक्त जग्गा २०८१ फागुन १ गतेको निर्णयअनुसार गाउँपालिकाको नाममा कायम भएपछि भवन निर्माण प्रक्रिया अघि बढेको थियो ।

गाउँपालिकाको २ करोड ३५ लाख रुपैयाँ, जिल्ला समन्वय समितिको ३५ लाख रुपैयाँ र प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्रीको संसदीय विकास कोषबाट ६४ लाख रुपैयाँ गरी कुल ३ करोड ३४ लाख रुपैयाँको लागतमा भवन निर्माण सम्पन्न भएको हाे ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष श्रीकान्तप्रसाद यादवले यसअघि मदरसाको भवनबाट सञ्चालन हुँदै आएको गाउँपालिकाको प्रशासनिक कामकाज अब आफ्नै भवनबाट हुने बताए । आफ्नै १२ कोठे प्रशासनिक भवन निर्माण भएपछि सेवाग्राहीलाई सेवा प्रवाह गर्न सहज हुने उनको भनाइ थियो ।

अध्यक्ष यादवले आफूले गरेको प्रतिबद्धताअनुसार गाउँपालिकाको आफ्नै प्रशासनिक भवन निर्माण गर्न सफल भएको उल्लेख गर्दै आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि विभिन्न काम गरिएको बताए । कार्यक्रममा सहभागी अन्य वक्ताहरुले पनि अध्यक्ष यादवकाे कार्यकाल राम्राे काम भएकाे भन्दै प्रशंसा समेत गरेका थिए ।

गाउँपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वमन्त्री एवं प्रदेशसभा सदस्य जनार्दन सिंह क्षेत्री, वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, उपाध्यक्ष ममता महतो, जिराभवानी गाउँपालिकाकी उपाध्यक्ष रेखा चौधरी, जगरनाथपुर गाउँपालिकाकी उपाध्यक्ष बबिता सिंह क्षेत्री, प्रमुख प्रशासकीय अधिकृत सुनिल केशरी, पूर्व प्रदेशसभा सदस्य प्रह्लाद गिरी तथा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षक रुपनारायण साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...

मोही नामसारीको काम गरिदिने भन्दै एक लाख घुस लिने नायब सुब्बा पक्राउ

सर्लाही । जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक...

पर्सामा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजारलाई जुकाको औषधि खुवाइँदै

वीरगञ्ज । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको...