Date
बिहि, कार्तिक १९, २०८३
Thu, November 5, 2026

अब बारामा हुलाकमार्फत घरमै आइपुग्ने भयो नेपाल टेलिकमको सिमकार्ड

spot_img
spot_img

वीरगंज । जिल्ला हुलाक कार्यालय बाराले नेपाल टेलिकमको सिमकार्ड सेवाग्राहीको घरमै पुर्‍याउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार कार्यालयले बिहीबारदेखि जिल्लामा सिमकार्ड वितरण सेवा सुरु गरेको हो ।

हुलाक सेवामार्फत सेवाग्राहीलाई घरदैलोमै सेवा पुर्‍याउने उद्देश्यले नेपाल टेलिकमको सिमकार्ड वितरण सुरु गरिएको जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक पटेलले जानकारी दिए ।

सेवा सुरु भएसँगै सिम्रौनगढ नगरपालिका–१ निवासी नेहा कुमारी ठाकुरलाई हुलाक सेवामार्फत नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ ।

हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको अधिकृत पटेलले बताए ।

उनका अनुसार यस व्यवस्थाअन्तर्गत नेपाल टेलिकमका सिमकार्ड वितरण गर्नुका साथै राहदानी, शैक्षिक प्रमाणपत्र तथा अन्य महत्त्वपूर्ण कागजात र सामग्रीसमेत हुलाक सेवामार्फत सम्बन्धित सेवाग्राहीको घरदैलोसम्म पुर्‍याउन सकिनेछ ।

यस सेवाले सेवाग्राहीको समय र खर्च बचत गर्नुका साथै सार्वजनिक सेवालाई थप नागरिकमैत्री, प्रभावकारी र पहुँचयोग्य बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

गौतम माविको स्वर्ण जयन्तीमा तीनदिने GSS MUN 6.0 सुरु, १४० विद्यार्थी सहभागी

वीरगंज । गौतम माध्यमिक विद्यालयको ५०औँ स्वर्ण जयन्ती वर्षको विशेष अवसरमा आयोजित तीनदिने ‘GSS Model United Nations (GSS MUN 6.0)’ कार्यक्रम सुरु भएको छ...

मोही नामसारीको काम गरिदिने भन्दै एक लाख घुस लिने नायब सुब्बा पक्राउ

सर्लाही । जग्गा नामसारी तथा मोही बाँडफाँटसम्बन्धी काम सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका एक...

रमेश रिजालले दान गरेको जग्गामा बन्यो जगरनाथपुरको प्रशासनिक भवन, गरे उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार...