Date
बुध, कार्तिक १८, २०८३
Wed, November 4, 2026

पर्सा प्रहरीले नष्ट गर्‍यो सात लाख रुपैयाँ बराबरका पटाका

spot_img
spot_img

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले अवैध रूपमा भित्र्याइएका सात लाख रुपैयाँ बराबरका पटाका तथा विस्फोटक पदार्थ नष्ट गरेको छ।

प्रहरीले बुधबार कार्यालय परिसरमा खाल्डो खनी पानी र माटोले पुरेर विभिन्न प्रकारका पटाका, आतिशबाजी तथा विस्फोटक पदार्थ नष्ट गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले चेकजाँचका क्रममा बरामद गरेका पटाका नष्ट गरिएको हो।

भारतबाट अवैध रूपमा भित्र्याइएका पटाका तथा अन्य विस्फोटक पदार्थ नियन्त्रणमा लिएर प्रहरी अधिकारी, स्थानीय प्रशासनका प्रतिनिधि र सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको मल्लले जानकारी दिए।

चाडपर्वका बेला पटाका तथा विस्फोटक पदार्थको अवैध ओसारपसार र प्रयोगले दुर्घटनाको जोखिम बढाउने भएकाले प्रहरीले यस्ता गतिविधिमाथि निगरानी तथा नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रमेश रिजालले दान गरेको जग्गामा बन्यो जगरनाथपुरको प्रशासनिक भवन, गरे उद्घाटन

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर–४ मा निर्माण सम्पन्न भएको १२ कोठे प्रशासनिक भवनको बुधबार...

पर्सामा ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजारलाई जुकाको औषधि खुवाइँदै

वीरगञ्ज । राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने अभियानअन्तर्गत पर्सा जिल्लामा करिब ८० हजार बालबालिकालाई भिटामिन ‘ए’ र ७२ हजार १०० बालबालिकालाई जुकाको...

केरमेट र रकममा फरक हुँदाहुँदै पूनम आर्ट्सलाई ठेक्का, वीरगञ्ज महानगरमाथि प्रश्न

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले सोलार पोलमा बोर्ड जडानसम्बन्धी ठेक्का प्रक्रियामा त्रुटिपूर्ण कागजात पेस गरेको आरोप लागेका पूनम आर्ट्सलाई ठेक्का दिएको विषय विवादमा परेको छ...