Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

spot_img
spot_img

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ ।

यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै रातिको समयमा हुन सक्ने सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले स्थानीय प्रशासन र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले उक्त निर्णय कार्यान्वयनमा ल्याएका हुन् ।

निर्णयअनुसार दिवा सेवाका सवारीसाधन निर्धारित समयभित्रै प्रस्थान गर्नुपर्नेछ। रातिको समयमा लामो दूरीको यात्रा गर्नुपर्ने यात्रुहरूलाई रात्रि बस सेवामार्फत यात्रा गर्न यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी कार्यालय पर्सा तथा यातायात व्यवसायीहरूले आग्रह गरेका छन् ।

२०८३ साल वैशाख २४ गते बिहीबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको जिल्लामा सवारी आवागमन तथा यात्रु सुरक्षासम्बन्धी बैठकले गरेको निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकाय, यातायात व्यवसायी तथा यात्रुहरूलाई अनुरोध गरिएको छ ।

निर्णय कार्यान्वयनमा आएपछि बस व्यवसायीहरू जगन्नाथ साह, अफताब आलम र सन्तोष साहलगायतले यसको स्वागत गरेका छन्। उनीहरूले यात्रु सुरक्षालाई प्राथमिकता दिँदै गरिएको व्यवस्थाले सुरक्षित यातायात सञ्चालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। यात्रुहरूले पनि निर्णयप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् ।

दिवा सेवाका सवारीसाधन निर्धारित समयभित्रै प्रस्थान गर्ने व्यवस्था प्रभावकारी बनेमा यात्रुहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुग्न सहज हुने र रातिको समयमा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

निर्णयको प्रभावकारी कार्यान्वयनका लागि बसपार्क तथा सवारीसाधन प्रस्थान हुने स्थानमा निगरानी बढाउनुपर्ने आवश्यकता पनि औँल्याइएको छ। साथै, यात्रुहरूलाई यात्रा गर्नुअघि सम्बन्धित काउन्टरबाट सवारी छुट्ने समयबारे जानकारी लिन आग्रह गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...