Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

spot_img
spot_img

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज प्रकरणलाई लिएर विवाद देखिएको छ।

धनुषाको हंसपुर नगरपालिका–८ निवासी यादवले परिवारकी एक महिला सदस्य हराएको भन्दै प्रहरीमा खोजतलासका लागि निवेदन दिएका थिए। तर, अनुसन्धानका क्रममा ती महिलाले काठमाडौं जिल्ला अदालतबाट विवाहको नाता कायम गराइसकेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २७ वर्षीया महिलाले २३ वर्षीय युवकसँग आफ्नै इच्छाले विवाह गरेको बताएकी थिइन्। उनले आफ्नो विवाहसम्बन्धी प्रमाणसमेत प्रस्तुत गरेको प्रहरीले जनाएको छ।

यसै घटनालाई लिएर यादवले सार्वजनिक कार्यक्रममा प्रहरी प्रशासनविरुद्ध अपमानजनक तथा आधारहीन टिप्पणी गरेको भन्दै एसपी खड्काले आपत्ति जनाएका छन्।

एसपी खड्काले प्रेस विज्ञप्ति जारी गर्दै आफूमाथि लगाइएका आरोप प्रमाणित गर्न चुनौती दिएका छन्। उनले सामाजिक सञ्जालमा अपुष्ट तथा भ्रामक सामग्री फैलाएर प्रहरी संगठनको प्रतिष्ठामा आँच नपुर्‍याउनसमेत आग्रह गरेका छन्।

प्रहरीले घटनालाई तथ्य र प्रमाणका आधारमा बुझ्न आग्रह गर्दै विवाहसम्बन्धी विषयमा सम्बन्धित व्यक्तिको इच्छा र उपलब्ध प्रमाणलाई आधार मान्नुपर्ने जनाएको छ।

यद्यपि, प्रहरीको पछिल्लो विज्ञप्तिप्रति रास्वपा धनुषाका सभापति यादवको प्रतिक्रिया सार्वजनिक भइसकेको छैन।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...