Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

spot_img
spot_img

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय एकटाङ्गाका प्रहरी नायब निरीक्षक (सई) मनोज यादव र प्रहरी चौकी मनवाका प्रहरी सहायक निरीक्षक (असई) ऋषीराज भट्टराईको संयुक्त टोलीले काठ र गाडीसहित चालकलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पर्साको छतिवनटाडी र बढनियारस्थित राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा सालको गोलिया काठ कटान गरी राति करिब २ बजे फर्निचर उद्योगतर्फ लैजाँदै गरेको अवस्थामा पर्सागढी नगरपालिका–२, गोडपसराबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले ना. ५ त १२५४ नम्बरको पिकअप गाडीमा लोड गरिएको सात थान सालको गोलिया काठ बरामद गरेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा पर्सागढी नगरपालिका–२, छतिवनटाडी निवासी पिकअप चालक केदार चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका चालक, पिकअप गाडी र बरामद काठलाई हाल इलाका प्रहरी कार्यालय एकटाङ्गामा राखिएको छ। आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनीहरूलाई डिभिजन वन कार्यालय पर्सामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...

वीरगञ्ज सुक्खा बन्दरगाह र आईसीपीको पूर्वाधार विकास समितिद्वारा अनुगमन

वीरगञ्ज । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेल र बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले वीरगञ्जस्थित सुक्खा बन्दरगाह र एकीकृत...

छोरीको कोर्ट म्यारिज प्रकरणमा रास्वपा धनुषाका सभापति र एसपीबीच विवाद

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धनुषाका सभापति लक्ष्मेश्वर यादव र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रुपेश खड्काबीच छोरीको कोर्ट म्यारिज...