वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
वीरगंजको बोखार चोकस्थित नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसनको कार्यालयमा आयोजित कार्यक्रममा नेपाल मेडिकल एसोसिएसन नारायणीका अध्यक्ष डा. मनोज कुमार गुप्ता प्रमुख अतिथि रहेका थिए भने नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइका अध्यक्ष सौरभ बर्णवालले कार्यक्रमको अध्यक्षता गरेका थिए।
कार्यक्रममा नेपाल मेडिकल एसोसिएसनका सचिव डा. विकास साह, नेपाल केमिस्ट एण्ड ड्रगिस्ट एसोसिएसन मधेस प्रदेशका महासचिव पप्पु झा, एफएएनक्यानका अध्यक्ष शिवाजी यादव, पीईएएन वीरगंजका अध्यक्ष मेहबुब आलम, नेपाल मेडिकल एसोसिएसनका सहसचिव डा. अजय यादव तथा नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष गणेश साहलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
त्यसैगरी, नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसनका वरिष्ठ उपाध्यक्ष विकास कुशवाहा, उपाध्यक्ष अजय पटेल, सहसचिव गौरव पटेल, सुमित बर्णवाल, कोषाध्यक्ष दिपेन्द्र यादव तथा सदस्यहरू श्याम चौहान, हिमांशु गुप्ता, करुन कुमार, राहुल गुप्ता, चन्दन पटेल, निरज श्रीवास्तव, धिरज रौनियार, शुशान्त सिंह र जाहिर आलमलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागीहरूले एकआपसमा दसैँ, दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव, भाइचारा र संस्थागत सहकार्यलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। स्वास्थ्य क्षेत्रसँग आबद्ध संघसंस्था तथा औषधि बिक्री प्रतिनिधिहरूबीच समन्वय र सहकार्य विस्तार गर्न यस्ता कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने धारणा पनि व्यक्त गरिएको थियो।
सहभागीहरूले चाडपर्वले समाजमा एकता, सहिष्णुता र सद्भाव अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्दै सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका थिए।








