Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

spot_img
spot_img

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद चौधरी पराजित भएका छन् ।

केन्द्रीय सदस्यमा मधेसी खुलातर्फ पर्साका अनिल कुमार रुंगटा र अशर्फी साह निर्वाचित भएका छन् । सोही पदमा उम्मेदवारी दिएका पर्साका रामरुप प्रसाद कुर्मी भने पराजित भएका छन् । कुर्मी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

यसैगरी, केन्द्रीय सदस्यको खस आर्य कोटाबाट नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री निर्वाचित भएका छन् । मुस्लिम महिला कोटाबाट जमिला खातुन पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

यता, सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साका नेता सुरेन्द्र प्रसाद चौधरी भने पराजित भएका छन् । थारु कोटाबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिएका चौधरी यसअघि विशेष महाधिवेशनबाट कांग्रेसको केन्द्रीय सदस्य बनेका थिए ।

सहमहामन्त्री मधेशी तर्फ पर्साकै नेता अजय चाैरसिया निर्वाचित भएका छन् । कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री समेत रहेका चाैरसिया सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।

यससँगै कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साले एक पदाधिकारी सहित केन्द्रीय कार्यसमितिमा पांच जना प्रतिनिधि पाएको छ भने सहमहामन्त्री पदका उम्मेदवार चौधरी र केन्द्रीय सदस्यका उम्मेदवार कुर्मीले हार व्यहोरेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले...