Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

वीरगंजमा ‘बेबी एन्ड ममा’ शप सञ्चालनमा, विजय सरावगीले गरे उद्घाटन

spot_img
spot_img

वीरगंज । वीरगंजमा महानगरपालिकाको घण्टाघर नजिकै आर्मी ब्यारेकको छेउमा बालबालिकाका कपडा तथा महिलाका सामग्री उपलब्ध गराउने उद्देश्यले ‘बेबी एन्ड ममा’ नामक नयाँ शप सञ्चालनमा आएको छ । शपको उद्घाटन शुक्रबार वीरगंज महानगरपालिकाका पूर्व नगरप्रमुख विजयकुमार सरावगीले रिबन काटेर गर्नुभएको हो ।

शपका सञ्चालक तथा प्रोप्राइटर ज्योति सोहनी रहनुभएको छ । शपमा बालबालिकाका लागि विभिन्न प्रकारका गुणस्तरीय कपडा तथा महिलाका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध हुने सञ्चालकले जनाएका छन् ।

स्थानीय ग्राहकलाई बालबालिका तथा महिलाका सामग्री सहज रूपमा उपलब्ध गराउने उद्देश्यले शप सञ्चालनमा ल्याइएको हो । घण्टाघर क्षेत्रमा नयाँ व्यवसाय सुरु भएसँगै स्थानीय बजारमा व्यावसायिक गतिविधि विस्तार हुनुका साथै ग्राहकले खरिदका लागि थप विकल्प पाउने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा युवा अभियन्ता कविराज पटेल, सञ्चारकर्मी निरज पिटको टिम मगरलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित व्यक्तिहरूले नयाँ व्यवसायको सफलताको शुभकामना दिँदै आगामी दिनमा व्यवसायले थप प्रगति गर्ने विश्वास व्यक्त गरेका थिए ।

वीरगंजकाे घण्टाघर क्षेत्रमा सञ्चालनमा आएको ‘बेबी एन्ड ममा’ ले बालबालिका तथा महिलाका सामग्री खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै आफ्नो सेवा सुरु गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जिराभवानीमा समावेशी शिक्षाको समीक्षा, चुनौती समाधान गर्न जनप्रतिनिधिको प्रतिबद्धता

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा शुक्रबार समावेशी शिक्षा तथा परियोजनाबाट प्राप्त उपलब्धिहरूको समीक्षा र सिकाइ आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । युरोपियन युनियनको आर्थिक सहयोग...

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...