वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, सुपरिवेक्षण तथा अनुगमन महाशाखा, नक्सालमा कार्यरत अधिकारीलाई उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फको पुरस्कार प्रदान गरिएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले अधिकारीलाई उक्त पुरस्कार प्रदान गरेका हुन् । प्रहरी कार्यालयको व्यवस्थापन तथा कार्यसम्पादनमा पुर्याएको योगदानको कदरस्वरूप अधिकारीलाई सम्मान गरिएको हो ।
प्रहरी दिवसका अवसरमा नेपाल प्रहरीले विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गर्दै उनीहरूको योगदानको कदर गर्दै आएको छ ।








