Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

spot_img
spot_img

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि चार हजार ९९९ मै ३० एमबिपिएसको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ ।

निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकले सुलभ दरको साना इन्टरनेट प्याकेज बन्दको घोषणा गरे पनि नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज कार्यान्वयनमा ल्याएको हो । टेलिकमका अनुसार सो प्याकेजको वार्षिक शुल्क रु चार हजार ९९९ तोकिएको छ ।

टेलिकमले ‘फाइबर टु द होम’अन्तर्गत एनटी फाइबर प्रयोगकर्ता ग्राहकका लागि वाइफाई ६ मा नायँ प्याकेज उपलब्ध गराउने भएको छ । जसअनुसार वार्षिक इन्टरनेट र टेलिफोन प्याकेज जडान गर्दा १०० एमबिपिएसको रु ११ हजार ४९९ र १५० एमबिपिएसको रु १२ हजार ९९९ शुल्क लाग्ने टेलिकमका प्रवक्ता डा कमल लामिछानेले जानकारी दिनुभयो ।

टेलिकमले २०० एमबिपिएसको इन्टरनेट रु १६ हजार ४९९ मा उपलब्ध गराउनेछ । वार्षिक ग्राहकका लागि दैनिक ८०० देखि १००० एमबी मोबाइल डाटासमेत निःशुल्क उपलब्ध हुनेछ । यी प्याकेज जडान गर्ने ग्राहकलाई जडान शुल्क ९रु ५००० नलाग्ने व्यवस्था गरिएको टेलिकमले जनाएको छ । यी सबै अफरहरु आजदेखि लागू हुनेछन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...